उम्मेदवारीका लागि कार्यकर्ता काठमाडौंमा

सम्पादक
असाेज ७, २०७०

१. राजनीतिक पार्टीहरूको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा र शीष नेताहरूको घरमा राजनीतिक कार्यकर्ता हप्तौंदेखि धाइरहेको समाचार बराबर आउने गरेका छन्। ती कार्यकर्ता आगामी संविधानसभाको निर्वाचनमा आफनो उम्मेदवारी सुनिश्चित गर्न राजधानी गएका हुन्। त्यसरी जाने कार्यकर्तामा काङ्ग्रेस, एमाले र एकीकृत माओवादीका अत्यधिक रहेका छन्।

२. त्यसरी त्यहाँ कार्यकर्ता आफै मात्र गएका होइनन्, आफनो उम्मेदवारीको लागि बल दिन सक्ने अरु कार्यकर्ता पनि उनीहरूले लगेका छन्। त्यसैले पनि काठमाडौंका कतिपय होटल लज भरिभराउ भएका छन्। चुनाव नजिक आएको बेलामा जिल्लामा चुनावको प्रचार गर्नुको साटो काठमाडौंमा धर्ना बस्नुलाई अस्वभाविक मानिएको छ।

३.     जिल्लाका कतिपय निर्वाचन क्षेत्रले निर्धारित सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न नसकेका कारणले पनि राजधानीमा कार्यकर्ताको चाप बढेको हो। कतिपय क्षेत्रमा आफू उम्मेदवार हुनुभन्दा आफनो नाम पनि चर्चामा आओस् भनेर पनि निवेदन हालेका थिए। त्यसरी पनि उम्मेदवार हुनेको सङ्ख्या बढ्न गएको हो।

४. पार्टीहरूले एक डेढ महिना पहिले जिल्ला र क्षेत्रमा कुन नेता र कार्यकर्ताको प्रभाव के कस्तो छ, सम्भावित विजयी उम्मेदवार को हुन सक्छ र आफनो पार्टीको निकटतम प्रतिद्वन्द्वी को-को हुन सक्छन्, आदि कुरा बुझ्न नेताहरू खटाएका थिए। त्यसरी खटाइएका नेताहरूले आफनो रिपोर्ट पार्टीका बुझाइसकेका छन्।

५. नेताहरूले अरु पनि विभिन्न स्रोतबाट स्थितिको आँकलन गरेको हुनुपर्दछ। जिल्ला र अञ्चल तहबाट पनि आ-आफनो विचार केद्रमा पठाएको अवस्था छ। तैपनि नेताहरूलाई आखिरीमा प्रभाव पार्न सकिन्छ कि भनेर कार्यकर्ता त्यसरी राजधानीमा धर्ना दिए जसरी बसेका हुन्।

६.     त्यसरी कार्यकर्ता धर्ना बस्नु कार्यकर्ता र नेताहरूबीच फासला भएको देखाउनु हो भने अकोर्तिर नेताहरूको निर्णयमा आफू विश्वस्त नहुनु पनि हो। आफना नेताले जे गर्दछन् ठीक गर्दछन् भन्न नसक्नु एउटा विडम्बना हो। फेरि आफना उम्मेदवारीका लागि धर्ना बसेका कार्यकर्ता उम्मेदवार नपाएर र्फकेपछि तिनीहरूले के कति इमान्दारितापूर्वक चुनाव प्रचार गर्लान्, त्यो पनि सोचनीय छ।

७. कार्यकर्ताहरूको त्यस्तो स्थितिले के देखाउँछ भने उम्मेदवारी पाउने एक जना उच्च मनोबल र उत्साही भएर जिल्ला र्फकने तर अरुहरू निराश भएझैं केही हराएझैं र केही गुमाएझैं गरी जिल्ला फकर्ंदा त्यसको मनोवैज्ञानिक असर चुनावमा र चुनाव प्रसारमा पर्नु स्वभाविक हो। त्यसको असर सि·ो पार्टीका पनि सक्दछ। त्यसकारण नेताहरूले त्यस्तो अवाञ्छित असर पार्टीका, पार्टीको चुनाव प्रचार-प्रसारमा नपरोस् भनी बेलैमा ख्याल राख्न सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width