उपलब्धि बिनाको बैठक

सम्पादक
फागुन ३, २०७९

नेपाल र भारतका परराष्ट्र सचिव स्तरीय वार्ता सोमबार काठमाडौंमा बस्यो । बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए भने भारतीय प्रतिनिधि मण्डलको नेतृत्व त्यहाँका विदेश सचिव विनयमोहन क्वात्राले गरेका थिए । सचिव क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत भएर रहेका थिए । उनलाई नेपालबारे धेरै कुरा जानकारी छ । त्यो थाहा भएकोले उनको कार्यकालमा नेपालका धेरै चाहना र इच्छा पूरा गर्ने अपेक्षा गरिएको थियो । तर नेपालले अपेक्षा गरेअनुसार यो बैठकमा त्यस्तो कुनै संकेत देखिएन । उनको नेपाल बसाइँ बैठकमा भन्दा सरकारी र सरकार बाहिरका नेताहरुलाई भेटघाटमा बढी समय खर्च भएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री डा. विमला राईसँग भेटवार्ता गरेका थिए । उनले अन्य पार्टीका नेताहरुसँग पनि वार्ता गरे ।

परराष्ट्र सचिव स्तरीय वार्तालाई धेरै महत्वपूर्ण मानिन्छ । तर यो वार्तामा त्यस्तो महत्वपूर्ण विषयमा छलफल नै भएन । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमा विवादबारे कुरा राख्यो, तर भारतीय पक्षले त्यसको कुनै जवाफ नै दिएन । त्यस्तै नेपालले भैरहवाको गौतम बुद्ध विमानस्थल र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्‍यो । त्यो आग्रहको पनि सकारात्मक जवाफ आएन । भारतले ती विषयमा छलफल नै गर्न नचाहेपछि स्थितिले कोल्टे फेरेको छ । नेपालीहरुले भारतले किन हवाई मार्ग दिन हिचकिचाएको छ भनेर आश्चर्य व्यक्त गरेका छन् । त्यसले परराष्ट्र सचिव स्तरीय यो वार्तालाई उपलब्धि बिनाको वार्ता भन्ने गरिएको छ ।

बैठक परम्परागत विषयमा बढी केन्द्रित रह्यो । बैठकमा व्यापार र पारवहन, ऊर्जा, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य, रेलमार्ग, विद्युत प्रसारण लाइन, पुल आदि कनेक्टिभिटीका सम्बन्धमा छलफल भयो । पारवहन सन्धि नवीकरण, व्यापार सन्धिको समीक्षा गरी त्यसको बैठक सकेसम्म छिटो गर्ने सहमति भयो । नेपालबाट विद्युत निर्यात गर्ने विषयमा छलफल भएको पनि बताइएको छ । बैठक एकीकृत सुरक्षा जाँच चौकीमा भएको प्रगतिको समीक्षा गरेर त्यसको प्रगति सन्तोषजनक रहेको जनाइएको छ । डायलासिस मेसिन उपलब्ध गराइदिएकोमा नेपाली पक्षले धन्यवाद दिएको छ । नेपालको लागि हवाई प्रवेश मार्ग सबैभन्दा आवश्यक कुरा भएको छ । नेपाली प्रतिनिधि मण्डलले राखेअनुसार हवाई प्रवेशमार्ग छिटो उपलब्ध गराई सहयोग गर्न हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width