आर्थिक समृद्धिका लागि बहस

सम्पादक
पौष २२, २०७१

१. मिडिया इण्टरनेशनलको आयोजना तथा नेपाल उद्योग वाणिज्य संघको प्रबर्द्धनमा काठमाडौंमा आर्थिक समृद्धिका लागि बहसको आयोजना गरिएको छ। ‘आर्थिक समृद्धिः राष्ट्रिय बहस’ नाम दिइएको त्यस कार्यक्रममा देशका विभिन्न क्षेत्रका विषय विज्ञहरू सहभागी हुने र उनीहरूले आ-आफ्नो विचार र अनुभव साटासाट गरिने जनाइएको छ।

२. सधै राजनीतिक गोष्ठी, सेमिनारको कुरा सुन्दा-सुन्दै हैरान भएका जनताका लागि यो बहस कार्यक्रम निकै आकर्षक हुने आयोजकले अपेक्षा गरेका छन्। कार्यक्रम स्थलमा आर्थिक समृद्धिका लागि टेवा पुर्‍याउने खालका पुस्तक, स्मारिकाहरू पनि राखिने भएको छ। जसबाट केही गर्न खोज्नेहरूलाई टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।

३. आयोजकले बताए अनुसार कार्यक्रमअन्तर्गत सरकारी तथा गैर-सरकारी क्षेत्रमा रहेका व्यत्तित्वसँग आर्थिक विषयमा छलफल र बहस चलाइनेछ। विशेषगरी कृषि, पर्यटन, उद्योगको विषयमा गहन छलफल हुने कार्यक्रम छ। केही गर्न चाहनेहरूले यस कार्यक्रमबाट उपयोगी कुरा सिक्न पाउने छन्।

४. बहस आयोजनाबाट देशमा बसेर काम गर्ने वातावरण तयार गर्ने, आर्थिक सम्भावनाको खोजी गर्ने, नीजि क्षेत्र र सरकार सँगसगै जाने स्थिति सिर्जना गर्ने, राजनीतिक दल र नेताहरूलाई आर्थिक विकास र समृद्धिको विषयमा बाधा-व्यवधान र्वोडा नगर्न दबाब दिने र राजनीतिक स्थायित्व नहुँदा पनि गरेर खान सक्ने (पाउने) वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

५. उद्देश्यहरू राम्रा छन्। बन्द, हड्ताल बारम्बार आव्हान गर्ने गरिएकोले देशको अर्थतन्त्र उकालो लाग्न नसकेको अवस्था छ। व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ। देशको अर्थतन्त्रलाई १० वर्षे  द्वन्द्वले एउटा कुनामा पुर्‍याएको थियो भने यो अन्तहिन अन्योल र अस्थिरताको राजनीतिले अर्को र्वोराब माडमा पुर्‍याएको छ।

६. देशको त्यो स्थितिले युवा विदेश पलायन हुन थाले। एक जमाना थियो कि युवाहरूले विदेशबाट रेमिट्यान्स पठाएकोमा गर्न गर्ने गरिएको थियो। तर अहिले यस्तो स्थिति सिर्जना भएको छ कि गाउँघरमा केही नयाँ काम गर्न मानिस ल्याउनु पर्ने भएको छ। अब रेमिट्यान्सको भरमा लामो समय चल्नुलाई राम्रो मान्न नसक्ने अवस्था आएको छ।

७. देशमा यस्तो स्थिति सिर्जना हुनुमा राजनीतिक दल र त्यसका नेताहरू प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार छन्। उनीहरूको कार्यले कहालीलाग्दो स्थितिको सिर्जना भएको हो। यो कुरा उनीहरूले महसुस गर्नुपर्दछ। यस्तो सम्बृद्धिका लागि चलाइएको राष्ट्रिय बहसबाट आएको निचोडलाई कार्यान्वयन गर्न/गराउन सबैले सघाउ पुर्‍याउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width