आर्थिक पक्षलाई महत्त्व देऊ

सम्पादक
भाद्र ४, २०७०

१. देशमा चुनावको लहर आउन लागेको छ। चुनावकालका लागि राजनीतिक पार्टीहरूले घोषणा पत्र बनाउने तयारी गरिरहेका छन्। घोषणापत्रमा राजनीतिका साथै अार्थिक नीति पनि उल्लेख गर्ने चलन छ। फेरि देशलाई विकास पक्षमा लैजाने मुख्य भूमिका आर्थिक पक्षले गर्दछ। हाम्रो जस्तो अल्प विकसित देशको लागि आर्थिक नीति बडो महत्त्वपूर्ण हुन्छ।

२.     तर देशका राजनीतिक पार्टीहरूबीच आर्थिक पक्षका सम्बन्धमा त्यति छलफल विचार-विमर्श भएको छैन। तिनीहरुका बीच त्यसरी विचार विमर्श नभएकोले आर्थिक नीतिका सम्बन्धमा तिनीहरुका छुट्टाछुट्टै धारणा रहने गरेको छ। त्यस्तो छुट्टाछुट्टै धारणा र कहिले कोही विपरीत धारणासमेत हुने भएकाले एउटा पार्टीसत्तामा आए एउटा नीति र अर्को पार्टीसरकारमा रहे अर्को नीति हुने गर्दछ।

३.     सरकारपिच्छे नीति-नियम परिर्वतन हुँदा लगानी गर्नेहरु लगानी गर्न हिचकिचाएका धेरै उदाहरण छन्। आÇनो श्रीसम्पत्ति सबै लगानी गरेर पछुताएकाहरु पनि छन्। केही वर्षदेखि देशको आर्थिक नीतिमा आएको परिर्वतन र उतारचढावले देशको उत्पादन घटेकोमात्र छैन, लगानीकर्ताहरु पलायन नै भएका छन्।

४.     जसको कारण देशको आयात निर्यातमा असन्तुलन बढेको छ। आयातको मात्रा बढ्दै गएको छ भने निर्यात बढाउन सकिएको अवस्था छैन। जसको परिणाम व्यापार व्यवसाय घाटा प्रत्येक वर्ष बढ्दै गएको छ। त्यसरी व्यापार घाटा बढ्नु हामी कसैको लागि पनि हितकर छैन। त्यसकारण राजनीतिक नेताहरुले आर्थिक नीतिमा एकरुपता ल्याउने प्रयास गर्नुपर्दछ।

५.     अहिले घोषणापत्र लेख्ने बेलामा देशले के कस्तो आर्थिक नीति अपनाए भने विकासको गति बढ्छ र देशबासीका जीवनस्तर उच्च हुन्छ । त्यस दिशातिर किंचित भए पनि विचार-विमर्श गर्नुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं र यस दिशातिर नेताहरुको ध्यान आकषिर्त गर्न चाहन्छौं।

६.     विश्वमा साम्यवाद छ। समाजवाद छ र लोकतन्त्र छ। राजनैतिकवादको लागि हाम्रो देशमा धेरै तानातान छ तर आर्थिक नीतिबारे किंचित पनि छलफल नहुनु विडम्बनाको कुरा हो। आर्थिक पक्षलाई त्यत्ति वेवास्ता गरिनु हुँदैन। देश विकास गर्ने कुरा राजनीतिले भन्दा आर्थिक नीतिले गर्ने रहेछ भन्ने कुरा विभिन्न देशको इतिहासले देखाएको छ।

७.     चीनले कुन आर्थिक प्रणाली अपनाएर विकास गरिरहेको छ, त्यो हाम्रो सामु छ। त्यस्तै अर्को छिमेकी भारतले के गरिरहेको छ, त्यो पनि हामीले देखिरहेका छौं। ती सबैको अध्ययन गरेर हामीले हाम्रो देशको लागि के कस्तो आर्थिक प्रणाली अपनाउने त्यसमा मोटामोटी सहमति भएमा आर्थिक नीतिले एक निर्दिष्ट दिशा पक्रने छ। लगानी गर्नेहरु आकषिर्त हुने छन् र निर्वाचनपश्चात् आर्थिक पक्षमा गति थपिएर अग्रगामी हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width