आदिकवि भानुभक्त आचार्य

सम्पादक
असार २८, २०७०

१. आदिकवि भानुभक्त आचार्यको २०० औं जन्मजयन्ती आजदेखि देश र विदेशमा विभिन्न कार्यक्रम राखी मनाउन थालिएको छ। उनी वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको रम्घामा जन्मेका थिए। उनले वाल्मीकि रामायणको अनुवादन गरी नेपाली भाषालाई लोकप्रिय बनाए। उनले नेपाली भाषालाई लोकप्रिय पारेकाले उनलाई आदिकवि भनिएको हो।

२. त्यसअघि नेपाली समाजमा हुनेखाले संभ्रान्त वर्गले संस्कृतमा लेख्ने र संस्कृतमा नै बोल्ने गर्दथे। खस भाषाबाट विकसित भएको नेपाली भाषा सर्वसाधारणले मात्र बोल्ने गर्दथे। नेपाली सर्वसाधारणले बोल्ने भाषा तथा मीठो लय र शैलीमा निर्माण गरिएकाले रामायण छिट्टै लोकप्रिय भएको हो।

३. त्यसबेला पृथ्वीनारायण शाहले भौगोलिक र राजनीतिक रूपले नेपालको एकीकरण गरे भने भाषिक र साँस्कृतिक एकीकरण भानुभक्तले गरेका थिए। त्यस हिसाबले राष्ट्र निर्माणमा र भाषिक एकता निर्माण गर्ने काममा उनको योगदान अद्वितीय मानिन्छ। उनको त्यही योगदानको कदर गरेर नेपाली भाषा बोल्ने ठाउँहरूमा उनको शालिक राख्ने, उनको नाममा पार्क र पुस्तकालय बनाउने गरिएको छ। नेपालीहरूमा सबैभन्दा बढी शालिक भानुभक्तको छ भन्नु गौरवको विषय हो।

४. उनको २०० औं जन्मजयन्ती नेपाली भाषा बोल्ने सबै ठाउँमा विभिन्न कार्यक्रम राखी मनाइँदैछ। काठमाडौमा मुख्य कार्यक्रम हुँदैछ भने उनको जन्मस्थान रम्घामा पनि साहित्यकारहरूको ठूलो जमघट हुँदैछ। पोखरामा साहित्यकार सरुभक्तको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ। त्यस समितिले विभिन्न कार्यक्रम गर्ने भएको छ।

५. समितिले २९ गते शोभायात्रा गर्ने भएको छ। निर्धारित कार्यक्रमअनुसार शोभायात्रा मानवअधिकार चोकबाट महेन्द्रपुल, नालामुख, विन्ध्यबासिनी हुँदै पृथ्वीनारायण क्याम्पसको भानुपार्कमा पुग्नेछ। यात्रामा साहित्यिक, सामाजिक, क्लबहरू, आमा समूह, शिक्षक, विद्यार्थी कर्मचारीहरूलगायत सबै वर्ग सम्मिलित हुनेछन्।

६. समितिले यस वर्षभरि नै विविध कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले पोखराको फूलबारीमा भानुपार्क निर्माण गर्ने र पार्कमा भानुभक्तको पूर्णकद्को शालिक राख्नका लागि त्यसको शिलान्यास गर्ने कार्यक्रम राखेको छ। त्यो पार्कको काम पूरा भएमा त्यो पोखराको लागि एक विशेष हुनेछ।

७. भानुभक्त आचार्य बहुआयामिक व्यक्ति थिए। उनले साहित्यको विविध विधामा कलम चलाए। उनले प्रशासनको खिल्ली पनि उडाए। बधूशिक्षा लेखेर उपदेश पनि दिए। व्यङ्ग्यात्मक कविता लेखी सजग र सतर्क पार्ने काम पनि गरेका थिए। नेपाली भाषा सर्वस्वीकृत भएको बेलामा भाषालाई लोकप्रिय पार्ने जुन काम उनले गरे, त्यो प्रशंसनीय थियो, महान थियो। त्यस्तो महान व्यक्तिको २०० औं  जन्मजयन्ती मनाउनु आफैमा ठूलो कुरा हो। हामी उनको २०० औं जन्मजयन्तीका सम्पूर्ण कार्यक्रमको सफलताको कामना गर्दछौं। र, उच्च सम्मान व्यक्त गरी आदिकव्रि्रति श्रद्धा सुमन अर्पण गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width