आदर्श समाज दैनिक राष्ट्रिय ‘क’ मा

सम्पादक
असार २३, २०७०

१. प्रेस काउन्सिल नेपालले बिहीबार पत्रपत्रिकाको वर्गीकरण नतिजा प्रकाशित गरेको छ। प्रकाशित नतिजाअनुसार पोखराबाट प्रकाशित आदर्श समाज दैनिक राष्ट्रिय ‘क’ वर्गमा परेको छ। आदर्श समाज २०६३ सालदेखि लगातार राष्ट्रिय दैनिकतर्फ ‘क’ वर्गमा पर्दै आएको छ। पोखराबाट प्रकाशित अर्काे दैनिक हाम्रो कलम राष्ट्रिय दैनिकअन्तर्गत ‘ख’ वर्गमा परेको छ।

२. प्रेस काउन्सिलले जनाए अनुसार वर्गीकरणका लागि फाराम भरेका आठ सय सत्र वटा पत्रिकामध्ये सात सय १० पत्रिकाको मूल्या­ड्ढन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने एक सय सातवटा पत्रिका विभिन्न कारणले वर्गीकरणमा समावेश छैनन्। काउन्सिलले यस पटक आफ्नो वर्गीकरण नीतिमा केही परिवर्तन गरेको छ।

३.     यसअघि काउन्सिलले सबै पत्रिकालाई राष्ट्रिय स्तरकै मानेर वर्गीकरण गर्ने गरेको थियो भने यसपटक पत्रपत्रिकालाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय गरी तीन भागमा विभाजन गरी क, ख, ग को वर्गीकरण गरी नतिजा प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार आदर्श समाज गण्डकी र धवलागिरिक्षेत्रको एक मात्र राष्ट्रियस्तरको ‘क’ वर्गमा परेको पत्रिका भएको छ।

४. राष्ट्रिय दैनिकतर्फ काठमाडौंका १३ तथा मोफसलका आठ वटा पत्रिका ‘क’ वर्गमा पर्न सफल भएका छन्। मोफसलका पत्रिकामध्ये कास्कीबाट आदर्श समाज, धनुषाबाट जनकपुर टुडे, पर्साबाट प्रतीक, दाङबाट नव युगबोध, नवलपरासीबाट लुम्बिनी तथा रूपन्देहीबाट जनसङ्र्घर्ष, राष्ट्रिय दैनिक र मेची महाकाली छन्।

५.     प्रेस काउन्सिलले यसपटक पत्रिकाको स्तरलगायतका कुरा हेरेर राष्ट्रिय, क्षेत्रीय र स्थानीय गरी तह निर्धारण गरी वर्गीकरण गरेकोमा धेरैले सन्तोषको श्वास फेरेका छन्। यो तह निर्धारणले सबैको यथार्थ धरातल प्रष्ट भएको छ।

६.     पोखराबाट प्रकाशित हुँदै आएका समाधान दैनिक, पोखरा आवाज, हिमदूत, गण्डकी खबर, पोखरा हटलाइन र गोल्डेन न्यूज दैनिक क्षेत्रीय दैनिक अन्तर्गतको ‘क’ वर्गमा परेका छन्। पोखरापत्र दैनिक क्षेत्रीय दैनिकअन्तर्गतको ‘ख’ वर्गमा परेको छ। पोखरा भिन्तुना मासिक राष्ट्रिय अन्तर्गतको ‘घ’ मा परेको छ भने विमलिक त्रैमासिक ‘ग’ वर्गमा परेको छ।

७.     साप्ताहिकतर्फ राष्ट्रिय स्वाभिमान, सराङकोट, फेवा पोष्ट, आरसी टाइम्स क्षेत्रीय अन्तर्गत ‘ख’ वर्ग र कास्की सन्देश ‘ग’ वर्गमा परेका छन्। प्रेस काउन्सिलले प्रत्येक वर्ष देशका पत्रपत्रिकाहरूको वर्गीकरण गरी त्यसको नतिजा प्रकाशित गर्दछ र त्यहीअनुसार राहतस्वरूप सरकारी विज्ञापन उपलब्ध गराउने गरेको छ। आदर्श समाज राष्ट्रिय ‘क’ वर्गमा परेकामा हामी खुसी व्यक्त गर्न चाहन्छौं र यस उपलक्ष्यमा हामी समस्त, पाठक, समाचारदाता, विज्ञापनदाता, लेखक, शुभेच्छुकलगायत आदर्श समाजका सम्पूर्ण स्टाफ एवं परिवारप्रति हार्दिक आभार व्यक्त गरी धन्यवाद ज्ञापन गर्दछौं। हामी सबैको संयुक्त प्रयासबाट यो सफलता प्राप्त भएको हो। आगामी दिनमा पनि हामी यसको निरन्तरताको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै