कारखानाको यातना

रामप्रसाद शर्मा
माघ १७, २०७७

स्याङ्जा सदरमुकामा दिउँसो मिडिल स्कुल र राति रात्रि पाठशाला हाइस्कुलमा पठाउँथें । मलार्ई त्यहाँ सामाजिक प्रतिष्ठा र सम्मान थियो । तर कता कता जागिरको स्थायित्व नहुँदा जति दुख गरे पनि आत्मसन्तुष्टि नहुँने देखेर भइरहेको योग्यता र उमेरले खाम्ने खालको सेवाको अवसर खोज्नुको विकल्प देखिनँ । फलतः शाही नेपाली सेनाले खुलाएको विज्ञापन अनुसार सेकेन्ड लेफ्टिनेन्टका लागि आवेदन दिन पुगें । तदनुसार सञ्चालक समितिबाट डेढ महिनाको बिदा स्वीकृत गराएर २०२६ सालमा काठमाडौं पुगें ।
सोह्रखुट्टेमा मेरा देहरादुनका सहपाठीहरु स्वर्णसिँह गुरुङ, उद्यमसिँह गुरुङ र थमबहादुर गुरुङको डेरा थियो । म पनि थपिएँ । उनीहरु पनि मजस्तै एउटै परीक्षा दिने हुँनाले निकै सहज पनि भएको थियो । भाँडाकुँडा जुटाएर डेरामै भात पकाउने भइयो । पढ्ने पुस्तक, पत्रिका पनि जुटाउँदै गयौं ।यत्तिकैमा सेनाले १ महिना पछिबाट सुरु हुने गरी परीक्षाको कार्यतालिका निकाल्यो । नियमितरुपमा परीक्षा भैरहे पनि डेढ महिना लाग्ने भयो । परिणाम त कहिले पो निस्कने ? तैपनि परीक्षा दिएर त स्कुलमा फर्कन हुने भयो भन्ने सोचाइ मा थिएँ म । तथापि बिदा भने थप्नै पर्ने भयो र अग्रिम निवेदन पठाएँ, डेढ महिना अरु थप समयका लागि ।
न्युरोड पीपलबोटतिर भौंतारिएको समय एकदिन गोरखापत्रमा प्रकाशित भएको सूचनामा आँखा पुगे । ‘स्याङ्जा जिल्लाको सतौं रजस्थल निवासी रामप्रसाद सापकोटालार्ई उनकी फुपू मन्धरा सुवेदीले भेट्न चाहन्छिन् । तुरुन्त सम्पर्क गर्नुहोला ।’ ठेगाना चावहिलको थियो । यसमा अरु त ठिकै थियो तर मेरो थर मिलेको थिएन । रजस्थलमा सापकोटा छैनन् र फुपू पनि धेरै वर्ष अघि काठमाडौं आउनु भएकी हुनाले यो सूचना मेरै लागि हो भन्नेमा म ढुक्क थिएँ र बेलुका साथीहरुलार्ई गोरखापत्रको कटिङ देखाएँ । उनीहरुले फुपूलार्ई भेट्न जाने सल्लाह दिए ।
भोलिपल्ट म दिउँसो राजदरबारको दक्षिण ढोका हुँदै चावहिल जान हिँडे । बस सुविधा थिएन । ठेगाना खोज्दा खोज्दै साँझ परिसकेको थियो । एउटा घरको कौसीमा ३÷४ जना महिलाहरु बात मार्दै थिए । अनुहार चिन्न सकिने थिएन । लालटिन बलेको थियो । मैले आफ्नो परिचयसहितको वृतान्त सुनाएपछि माथिल्लो तलामा बोलाए । म केटाकेटी हुँदै यता आउनु भएकोले फुपूलार्ई मैले चिन्दैनथें । फुपूका २ छोरा र २ छोरीहरु रहेछन् । कौसीमा पुगेपछि थाहा भयो ।
मैंले काठमाडौं आएको प्रयोजन फुपूलार्ई सुनाएँ । पुसाजु हुनु हुन्थेन, काम विशेषले बाहिर जानुभएको रहेछ । फुपू घरतिरको विषयमा आद्योपान्त विवरण सुन्न आतुर हुनु भएकोले सबै वृतान्त सुनाएँ । खाना खाएपछि सबै सुत्न गए । म र फुपू धेरै बेरसम्म गफ गरेर बस्यौं । रात छिप्पिएपछि सुत्यौं । भोलिपल्ट बिहान फुपूले मलार्ई सोह्रखुट्टेबाट चावहिल सामान लिएर त्यहीं बस्न आउन भन्नुभयो । मैले आफ्नो समस्या देखाएर असमर्थता प्रकट गर्दा पनि मान्नु भएन । जसरी पनि आउनुपर्ने भनी तस्नाम गर्नुभयो । साथीहरुसँग सल्लाह गरी सामान लिएर चावहिल आउनेगरी खाना खाएर म सोह्रखुट्टे पुगें । मेरो कुरा सुनेर साथीहरु खिन्न भए, ज्यादै उत्साहित त मपनि थिइनँ । तर मलार्ई धर्मसंकट परेको थियो । २ दिन पछि सामान पोको पारेर बोकी चावहिल पुगें ।

श्रमिकहरुलार्ई निम्न र व्यवस्थापनका पदाधिकारीलार्ई उच्चस्तरीय सुविधायुक्त कोठा उपलब्ध थिए ।

यसैबीच स्याङ्जा विद्यालय सञ्चालक समितिबाट एउटा पत्र प्राप्त भयो । विद्यालयले अब बिदा दिन नसक्ने हुँदा ७ दिनभित्र हाजिर नभए अवकास दिने आशयको पत्र काटेको थियो । मलार्ई धर्मसंकट भयो । परीक्षा नदिइ खाली हात फर्कने कुरा पनि युक्तिसँगत हुने भएन । हुँदोखाँदो घर नजिकको आकर्षक निश्चित जागिर, अनिश्चयको भुमरीमा फँसेर चिप्लियो ।

परीक्षा सुरु भयो । लिखित परीक्षा पछि शारीरिक परीक्षा, अब्स्टेकल, पिजिटी, आइक्यु, गु्रप प्लानिङ आदि परीक्षा हुन्थ्यो । सबैमा उत्तिर्ण भएपछि अन्तर्वार्ता हुने थियो । परीक्षार्थीहरुलाई सेतो रङका टिसर्ट, कट्टु, मोजा र जुत्ता लगाएर जानु पर्ने थियो । यथा समयमा लिखित परीक्षामा उत्तीर्ण भएको परिणाम आयो । १० दिनपछि अन्तर्वार्ता पनि भयो । अन्तर्वार्ता राम्रो भएको थियो । म धेरै आशावादी थिएँ । कमान्डर इन चिफ स्वयं अन्तर्वार्ता बोर्डमा बस्नु भएको थियो । मेरो दुर्भाग्य म अन्तर्वार्तामा अनुत्तीर्ण भएको परिणाम आयो । साथीहरुको पनि बिग्रेछ । पक्की घरको बदला बालुवाको जगमा निर्माण हुने सोचिएको काल्पनिक हावामहल क्षणभरमा धराशायी हुन पुगेको थियो । घरमा फर्कन मनले मानेन ।

लामो समय फुपूको परिवारमा बोझ भएर बस्न पनि मन भएन र म काल्पनिक समस्या देखाएर महिनामा ३० रुपैयाँ दिने गरी ठमेलमा डेरा सरें । फुपूले तस्नाम् गर्नु भयो तर म कुनै हालतमा उहाँहरुलाई दुख दिने पक्षमा थिइनँ । अब म कामको खोजीमा लागेँ । नियमितरुपमा गोरखापत्रका विज्ञापन हेर्न थालें । एउटा सूचनामा आँखा प¥यो । अरनिको आर्ट ग्यालरी घट्टेकुलोको । त्यसमा कला विज्ञ, मासिक २ सय रुपैयाँ दिने गरी माग भएको रहेछ । अन्तर्वार्ता दिएँ । एउटा चित्र देखाइयो र वर्णन गर्न लगाइयो । जाने सम्मको व्याख्या गरें । तर मेरो व्याख्या र चित्रकारको मनसायले मेल खाएन र अर्कै प्रतिष्पर्धी छानियो । असफल हुँदा खिन्न हुन पनि छोडिसकेको थिएँ ।

संयोगनै भनौं, एकजना महानुभाव विष्णु बहादुरजीसँग चिनजान भयो र उहाँको भनसुनबाट सुनकोशी जलविद्युत आयोजनाको लगनखेल सबस्टेसनमा दैनिक पारिश्रमिक पाउनेगरी सुपरभाइजरको काम पाइयो । रत्नपार्कबाट लगनखेलको भाडा २० पैसा थियो । सब स्टेसनमा काम गर्दागर्दै बिएको तयारी गरिरहें । काम कठीन थिएन तसर्थ पढाइमा भने सहयोग पुगेको थियो । सब स्टेसनमा काम गर्ने प्राविधिक त चाइनिज थिए । तर सामान्य खालको श्रम गर्नेहरु नेपाली श्रमिक थिए । जे होस्, काम भने तीव्र गतिमा भइरहेको थियो ।

सब स्टेसनको काम पनि सकिने चरणमा आइपुग्यो । म आत्तिन थालें । बेरोजगार भएर काठमाडौंमा बस्दाको तितो अनुभव छँदैथियो । महेन्द्र सुगर एन्ड जनरल इन्डस्ट्रिज भैरहवामा म्यानुफेक्चरिङ केमिस्टको काम पाइने संयोग प¥यो । तर यसमा सिफ्टमा काम गर्नु पर्ने रहेछ । उखु पेल्ने क्रसिङ सिजनमा चिनी कारखानामा र अफ सिजनमा डिस्टिलरीमा काम गर्नुपर्ने भयो । डिस्टिलेसन प्लान्टबाट स्पिरिट उत्पादन हुन्थ्यो । काम त गर्दै जाँदा सिक्दै जाने हो भन्ने लाग्यो र नाँइनास्ती नगरी म भैरहवा सुगर मिलमा काम गर्ने गरी काठमाडौंबाट बिदा भएँ ।

भविष्यका सपनाहरुको स्वैरकल्पना लोकको जालोमा जेलिएर केही मात्रै भए पनि उपलब्धिको आकांक्षा लिई भैरहवामा पुगें । भैरहवा बजार र विमानस्थलका बीचमा ठूलो भूभाग ओगटेको क्षेत्रमा महेन्द्र सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि थियो । टाढैबाट उद्योग दृष्टिगोचर हुन्थ्यो । चिम्नीबाट धुवाँको मुस्लो आकाशमा प्रवेश गरी वातावरण प्रदूषित गर्दै विलीन हुँदै थियो । उद्योगको ठूलो आवाजले यत्रतत्रको शान्ति भँग गरिरहेको थियो । उद्योगबाट निस्की कुहेको खुदोले भैरहवामात्र नभै बुटवलसम्म दुर्गन्धित पारेको थियो ।

बिहान ८ बजेको साइरन बजेपछि सिफ्ट सुरु हुन्थ्यो । सबैभन्दा दिक्क लाग्दो रातिको सिफ्टमा काम गर्दा हुन्थ्यो । सबै सुतेका बेला काम गर्ने र सबैले काम गरेका बेला सुत्नु पर्ने ।

म टाइम अफिसमा सम्पर्क गर्न पुगें । एक जना क्लर्कले प्रशासन शाखामा जान भने हिन्दीमा । प्रशासन शाखामा प्रमुखलार्ई भेट गराइदिन आग्रह गरें । उनको कोठा भित्रपट्टि रहेछ । उनले पान खाएर ओठ रातो पारेका थिए । मैंले नमस्कार गरेर आफ्नो परिचय दिएँ । ‘आप काठमान्डु से आए हैं ?’ भनी सोधे । ‘जी’ भनें ।

‘अपना सर्टिफिकेट बगैरा हमको दिजिए । हम बडे साहबसे बात करके आते हैं’ भने । मेरो बारेमा पहिल्यै जानकारी भइसकेको रहेछ भन्ने मलार्ई महसुस भयो । उनको नाम राजकुमार रहेछ । उनले मेरा प्रमाणपत्रहरु बोकेर हिँडे । एकजना पियन लम्कँदै आयो र ‘आप शर्मा जी हैं’ भन्यो । ‘ हाँ क्यों ?’ मैंले सोधें । ‘चलिए, बडे साहेब बुलारहे हैं, ’ उसले भन्यो । म उसको पछिपछि लागेँ ।

बडेसाहबलाई कुमार साहब भन्दा रहेछन् । उनी ठूलोे शरीरका रहेछन् । म भित्र पसेर उनलार्ई अभिवादन गरें । राजकुमार पनि त्यहिँ थिए । पान भने कुल्ला गरिसकेछन् ।

‘तुम शर्मा हो ?’ उनले सोधे ।
‘जी, मै शर्मा हुँ । कल यहाँ आया हुँ !’

‘देखो, क्रसिङ सिजन में सुगर फ्याक्ट्री और अफ सिजन में डिस्टिलरी में काम करो । डिटेल में राजकुमार बताएगा ।’ भनेर मलार्ई राजकुमारको साथ लगाएर पठाइ दिए । नमस्कार गरेर हामी बाहिरियौं ।
म राजकुमारको कार्यकक्षमा गएर बसें । उनले थमाधम पत्रहरु बनाउँदै गए र बाहिरिए । एकछिनपछि आएर छाप लगाएको नियुक्तिपत्र थमाए मलार्ई । एकजना पियनलाई बोलाएर दिनेशलाई लिई आउन भने । होचो कदको सेतो कुर्ता पाइजामा लगाएको मान्छे आइपुग्यो । ‘शर्माजी, यह दिनेश चन्द्र मनियार हैं । आप अबसे यिनके साथ रहेंगे । कोइ परेसानी हो तो हमे बतइएगा । देखिए दिनेश ! आप अपना कमरा यिनले साथ सेयर करिए, बडे साहबका आदेश है ।’ राजकुमारले भने– ‘ठिक है, धन्यवाद जी ।’ भनेर हामी बाहिरियौं ।

दिनेश चन्द्र मनियार गुजराती रहेछन् र विगत २ वर्षअघिबाट यहाँ काम गर्दा रहेछन् । एउटा २ पाखे छाप्रोमा म्यानुफ्याक्चरिङ केमिस्ट म र दिनेश, अर्कोमा म्यानुफेक्चरिङ केमिस्ट शम्भु श्रीवास्तव र इन्जिनियर एसके शर्मा र अर्कोमा इन्जिनियर एनके सिंह र इन्जिनियर इसरार अहमद बस्दथ्यौं । हामी बस्ने कोठा मध्यमस्तरीय सुविधा उपलब्ध भएका थिए । श्रमिकहरुलार्ई निम्न र व्यवस्थापनका पदाधिकारीलार्ई उच्चस्तरीय सुविधायुक्त कोठा उपलब्ध थिए ।
कारखानामा एउटा सिफ्टमा १ हजारभन्दा बढी कामदारले काम गर्दथे । ८/८ घन्टाका तीन सिफ्ट हुन्थे । बिहान ८ बजेको साइरन बजेपछि सिफ्ट सुरु हुन्थ्यो । सबैभन्दा दिक्क लाग्दो रातिको सिफ्टमा काम गर्दा हुन्थ्यो । सबै सुतेका बेला काम गर्ने र सबैले काम गरेका बेला सुत्नु पर्ने । यो कठीन काम पनि गर्नु पर्दथ्यो । जागिर त जागिरै भयो । आलोपालो गर्ने गरी सिफ्ट तोकिने गरिन्थ्यो। कारखानाको परिसरमा हिन्दी नै बोलिन्थ्यो । ८० प्रतिशत भारतीय कर्मचारी थिए । व्यवस्थापनले नेपाली कामदार राख्न चाहन्नथ्यो । किनभने उनीहरुले हडताल गर्न सक्ने र तलबमा पनि सम्झौता हुन सक्ने थिएन । अधिकांश कामदार बिहारका हुन्थे । विशेषगरी भ्याकुम प्यानमा काम गर्ने प्यानम्यान बिहार मरहौराका हुन्थे । ‘मरहौराकी औरतें प्यान म्यान पैदा करती हैं’– भन्ने उखाननै प्रचलित थियो ।

केही अवधिमा नै मलार्ई चिनी बनाउने प्रक्रियाबारे सामान्य जानकारी भयो र विभिन्न स्टेसनमा काम गर्ने कामदारहरुको अनुगमन गर्न सक्ने भएँ । उखु पेलिसके पछिको रस विभिन्न चरण पार गर्दै र रासायनिक पदार्थहरु राखी गाढा बनाइसकेपछि भ्याकुम प्यानमा चिनीको धुलो राखी निश्चित तापक्रम दिएपछि दाना ठूलोे हुँदै जाँदो रैछ । त्यसपछि आवश्यकता अनुसार निर्मित दानालार्ई क्रिस्टलाइजरमा खसालेर सेन्ट्रिफ्युगल मेसिनबाट खुदोको मात्रा अलग पारी सुकाएर बोरामा भर्ने अन्तिम काम हुन्छ । यहीनै चिनी बनाउने प्रक्रिया हो । केमिस्टको बढी सम्पर्क सिफ्टका कामदारहरु र इन्जियरहरुसँग हुन्थ्यो । मेसिन नबिग्रोस् भनी इन्जिनियर सजग हुन्थे । मुख्य काम उत्पादन गर्नेनै हुन्थ्यो । देशका लािग उत्पादनमा योगदान गरिएको छ भन्ने कुरामा गर्व हुन्थ्यो ।

अब त रमाइलो पनि लाग्न थालेको थियो । श्रीवास्तवजी हँसिलो मिजासका थिए । उनी उमेरमा मभन्दा धेरै जेठा थिए । कहिले ‘शर्मा जी, आप अपनी उम्र मुझे दिजिए, मै आपको जितना हर्जाना देना होगा दे दुँगा,’ भन्थे । मैंले ‘मै अपनी उम्र देनेवाला नहिँ’ भन्थें ।

१ दिन कारखानामा थुप्रै बाख्राको बथान आएको रहेछ । ‘शर्मा जी ! यह काफिला कहाँ जा रहा है,’ श्रीवास्तवजीले सोधे । ‘श्रीवास्तवजी, लगता है यह काफिला बगदादकी ओर जा रहा है,’ मैले भनें । दुबैजना पेट मिची मिची हाँस्यौं ।

इन्जिनियर शर्माजी दिल्लीका बासिन्दा थिए । उनी धर्मभीरु थिए । एक बेलुका उनी मेरो कोठामा आएर, शर्माजी, चलिए , हनुमानजीको हात जोडकर आते है !’ भने ।
मैंले पनि ‘चलिए’ भनें । कारखाना बाहिर हनुमानजीको मन्दिर थियो । साँझ परिसकेको थियो । हामीले दर्शन गरी हिँड्न लाग्दै गर्दा १ जना हनुमानजीकै गेटअपमा हाम्रै अगाडि आएर उभियो र ‘मागो पुत्र, तुमको क्या चाहिए । मै तुम्हारी इच्छा जरुर पूरा करुँगा !’ भन्यो । हामी चकित भयौं । पछि उ हाँस्न लाग्यो । ऊ त भैरहवा बजारमा घुम्ने बहुरुपिया पो रहेछ ।

महेन्द्र सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि यस क्षेत्रमा चिनी उत्पादन गर्ने कार्यमा प्रसिद्ध थियो । निजीस्तरबाट सञ्चालन भएको यत्रो ठूलोे उद्योगले राष्ट्रलार्ई ठूलोे योगदान गरिरहेको थियो । नवलपरासीदेखि कपिलवस्तु, बुटवल देखी मर्चवार हुँदै भारतको नौतनवासम्मको ऊखु यहाँ आउने गर्दथ्यो । ट्रक, ट्रयाक्टर, बयलगाडा, आदिबाट ढुवानी गरी ल्याइएको उखु झारी तौलेर कारखानालाई जिम्मा लगाउन कृषकले पालो पाउन ३÷४ दिन पर्खन पर्दथ्यो । यत्रो ठूलोे उद्योगको उत्पादनमा मेरो एउटा तुच्छ अँशको योगदान भए पनि म आफूलाई गौरवान्वित भएको महसुस गर्दथें ।

कुमार साहब (बडे साहब) महाप्रबन्धक र छविलाल शर्मा (छोटे साहब) सहायक प्रबन्धक थिए । महेश अग्रवाल, राज कुमार, मुकेश गुप्ता, अनिल मेहता, सरोज चौधरी, विश्वेश्वर मन्डल, धर्मराज रेग्मी क्रमशः चिफ केमिस्ट, प्रशासन प्रमुख, उखु विशेषज्ञ, लेखा प्रमुख, चिफ इन्जिनियर, सुरक्षा प्रमुख र बजार प्रबन्धक थिए । छबिलाल र धर्मराजबाहेक सबै भारतीय थिए । उच्च तहका यी २ जना नेपाली पनि कुनै विशेष व्यक्तिका कृपापात्र भएकाले ती पद थिए । छोटे साहबलाई सबै कुराको जानकारी राख्ने क्षमता थिएन । उनी ८ कक्षासम्म पढेका थिए । उनको टेबलमा फाइल पुगेमा विभागीय प्रमुखले ब्रिफिङ गरेपछि फाइल हेरेर ‘ठीक है ?’ भनी सोध्ने र विभागीय प्रमुखले ‘जी, ठीक है’ भनेपछि सही धस्काउँथे । छोटकरीमा, स्वीकृत गर्नु परे ‘सदर, छवी’, अस्वीकृत गर्नु परेमा ‘अस्वीकृत छवी’ । लेखेर सही धस्काँउथे । शाखा प्रमुखहरुलार्ई बडे बाबु र सहायकलाई छोटे बाबु भन्थे । सबै कामको अन्तिम जिम्मेवारी कुमार साहबकै थियो ।
कारखानामा ३ जना अरु पनि विदेशी पदाधिकारी थिए । खुश्रो कजरानी जादेह र जमशिद गरी २ जना इरानी नागरिक थिए । जादेहलाई बडे साहबले विशेष अधिकार प्रत्यायोजन गरेका थिए । आफ्नो अनुपस्थितिमा भैपरी आएको सबै कामको अन्तिम जिम्मा यिनको हुन्थ्यो । छोटे साहबले पनि दिनभरी गरेको कामको प्रतिवेदन यिनीलाईनै बुझाउनु पर्दथ्यो । जमशिद इन्जिनियर थिए । यिनले प्रत्यक्ष रुपमा सामान्य कामदारसँग मिलेर काम गर्नुपर्ने हुँदा चित्त नबुझेमा पिटिहाल्ने गर्दथे र कामदारहरु तिनीसँग रुष्ट थिए । १ जना अर्का विदेशी क्लेरी ब्रिटिश नागरिक थिए । यिनले डिस्टिलरी र बोटल हाउसमा काम गर्दथे तर डिस्टिलरीको जिम्मा अग्रवाल साहबकै थियो । क्लेरीले रक्सी (लिकर) ब्लेन्डिङ गर्ने काम गर्थे ।

कुमार साहबको ठूलोे जिउडाल, बोलीमा कठोर, अन्तर्मुखी, अनौठो स्वभाव थियो । कामदारप्रति दया र करुणा प्रकट नगरी कठोरताले काम लिनु पर्दछ भन्ने उनको धारणा थियो । विशेष प्रक्रिया नपुगेर भन्सारमा अथवा कुनै कार्यालयमा सामान वा फाइल रोकिएको छ भने ‘अलिकति गुलियो फाल्दिने, उनीहरु गुलियो चाट्दै गर्छन्, निर्णय गराएर आफू आफ्नो बाटो लाग्नु पर्छ’ भन्थे । यसबाट, प्रशासनयन्त्रले कसरी काम गर्दोरहेछ स्पष्ट हुन्थ्यो । चाडपर्व, पार्टी, विवाह, ब्रतबन्ध आदि उत्सवहरुमा ठूलो ठालु, नेता, कर्मचारीहरुलाई मदिरासहित नानाथरी उपहार पठाइने कुरा सामान्य हुन्थ्यो जबकि त्यहिँ कामगर्ने कामदारहरुले यथा समयमा तलब नपाएर छट्पटाइ रहेका हुन्थे ।

धेरैजसो कामदार र श्रमिकहरु भारत बिहारका थिए । क्रसिङ सिजन सुरु हुनु अघि उनीहरुलाई लिन कारखानाबाटै कर्मचारी गएर लिइ आउँथे । आउन नसक्ने कामदारको सट्टा अर्को वैकल्पिक कामदार र श्रमिक खोजेर ल्याइन्थ्यो । पुराना मेठ, हेल्पर आदिले नयाँलाई कामको जानकारी गराउँथे । कारखानामा कामदार र श्रमिकहरुले सेन्ट्रिफ्युगल मेसिनको प्लेटफर्ममा आलोपालो गरेर जम्मा हुने र सुपरीवेक्षकको आँखा छलेर चिनी फिटेर रस बनाइ पिउने गर्थे । आफ्नो ड्युटी नभएको बेलामा खेतमा गएर बेथेको साग टिपेर ल्याइ पकाउँथे । रोटी र साग उनीहरुको भोजन हुन्थ्यो । कसरी पैसा बचाउने ? भन्ने नै ध्याउन्न हुन्थ्यो ।

हामीले आफ्आफ्नो सिफ्टमा काम गर्दा चिनीको गुणस्तरमा विशेष ध्यान दिने गर्दथ्यौं । उद्योगको प्रतिष्ठा र साख जोगाइराख्न चिनीको गुणस्तरमा विशेष ध्यान दिनु पर्छ भन्ने दिनेशको र मेरो मान्यता थियो । व्यवस्थापनको पनि यही सोच थियो तर श्रीवास्तवजीको सोच भने अलि फरक थियो । उनले ‘शर्माजी ! क्यों माथा पच्चिसी करते हो ? थोडासा भूरा (खैरो) है तो क्या हुआ । यह तो पहाडकी खोंच मे चला जाएगा । किसीको कुछ भी पता नहिँ चलेगा ।’ श्रीवास्तवजी हामी भन्दा ज्येष्ठ थिए र तलब पनि हामीले भन्दा बढीनै पाँउथे तर यस विषयमा हामी सहमत हुन सकेनौं र कम गुणस्तरको चिनी पुनः प्रक्रियामा ल्याउन फकाइन्थ्यो ।

जुस हिटरमा काम गर्ने एकजना, बृजलाल यादव भन्ने श्रमिकको आग्रहमा दिनेश र मैले उनलाई हाम्रो खाना बनाउने जिम्मा दियौं । सरसामान किनेर ल्याउने, पकाउने सबै उनैले गर्थे । श्रीवास्तवजीको भने ठेगान हुँदैनथ्यो । सरसामान किन्न आफै बजार जाने गर्थे र भैरहवा बजारकी १ जना तरकारी पसल्नीसँग घन्टौं मस्केर कुरा गरिरहन्थे । उनलाई आफ्नो ड्युटीमा आउन ढिला हुन्थ्यो र हामीले उनलाई कामको जिम्मा दिनको निम्ती बढी खट्नु पथ्र्यो ।
क्रमशः

चिनी उत्पादन गर्दा क्रिस्टलाइजर ट्यांकबाट दानादार खुदो मिश्रित चिनी सेन्ट्रिफ्युगल मेसिनमा निश्चित रिभोल्युसन पर मिनेट (आरपिएम) मा घुमाउँदै त्यसमा पानी हाल्दै गर्दा चिनी मेसिनको जालीमा भित्रपट्टि अड्कन्छ र खुदो (मोलासेस) जालिबाट बाहिर गइ निस्कन्छ । यो उद्योगको सहउत्पादन हो । खुदो सुरक्षितरुपमा संकलन गरी राख्नका लागि कारखानाको पछाडिको भागमा ठूलो ठूलो पोखरी खनिएको थियो र पाइपलाइन स्थायीरुपमा नै जडान गरी राखिएको थियो । यी पोखरीहरुमा कारखानाबाट खुदो सोझै यहाँ आएर खस्ने व्यवस्था गरिएको थियो । एउटा पोखरी भरिएमा अर्को पोखरीमा खुदो खसालिने गरिन्थ्यो ।

चिनी कारखानाको उत्तरपूर्वी क्षेत्रमा डिस्टिलरी थियो । त्यसको पूर्वमा बोटलिङ हाउस र गोदाम थिए । डिस्टिलरीको पश्चिमपट्टि ठूलोठूलो फर्मेन्टेसन ट्यांकहरु थिए । डिस्टिलरीमा डिस्टिलेसन र कन्डेन्सिङका लागि ठूलठूलो कलम (ठाडा टंकीहरु) जडान गरिएका थिए । कारखानाको सेन्ट्रिफ्युगल मेसिनबाट फर्मेन्टेसन ट्यांकसम्म पनि खुदो खस्ने गरी पाइपलाइन जडान गरिएको थियो ।

क्रसिङ सिजन (उखु पेल्ने याम) समाप्त भएपछि सिजनल श्रमिक र फाजिल कामदारहरु घर जान्थे । अफ सिजनमा कारखानाको मर्मतसम्भार गर्नु पर्ने भएको हुँदा उत्पादनतर्फका केही मेठहरु तथा इन्जिनियरिङ सेक्सनका केहीमात्र इन्जिनियर र फिटरमात्र रोकिन्थे, अरुलाई घर पठाइन्थ्यो । श्रीवास्तवजी अफ सिजनमा घर जान्थे । ‘मेरो घरव्यवहार जटिल छ । म बस्न मिल्दैन’ भन्थे । यसै पनि उनलाई डिस्टिलरीको काममा रुचि थिएन । दिनेश र म पूर्णकालीक थियौं । एउटा अर्का केमिस्ट थिए विक्रमादित्य पाण्डे । उनी राष्ट्रिय पञ्चायत सदस्यका भाइ रहेछन् । डिस्टिलेसनको काम हामी ३ जनाले आलोपालो गरी सिफ्टमा गथ्यौं । केही सहायकहरु रहन्थे । इन्जिनियरिङतर्फ एनके सिंह र एसके शर्मामात्र रहन्थे र केही फिटर र हेल्पर सहायकको हैसियतमा रहेर काम गर्दथे । विशेषतः इन्जिनियरिङतर्फका साथीहरु चिनी कारखानाका पाइपलाइन खोलखाल गर्दथे र मेठहरुले सफाइ गर्न लगाँउथे र अर्को सिजनका लागि ठिकठाक गरिन्थ्यो ।
फरमेन्टेसन टं्याकमा निश्चित मात्रामा खुदो र पानी मिलाएर फिटिन्थ्यो र त्यसमा आवश्यक रसायन मिसाएर केही दिन फर्मेन्टेसनको लागि छोडिन्थ्यो । घोलको फर्मेन्टेसन भइसकेपछि डिस्टिलेशनका निमित्त पठाइन्थ्यो र स्टेरिलाइजेसनबाट रेक्टिफाइड स्पिरिट तयार हुन्थ्यो । उच्च गुणस्तरको रेक्टिफाइड स्पिरिट ब्लेन्डिङ हाउसमा पठाइन्थ्यो र ब्लेन्डिङ गरेर बोटलिङ हाउसमा बोतलमा भर्न पठाइन्थ्यो । उच्च कोटीको मदिरा ब्लेन्डिङ गर्ने काम क्लेरीले गर्दथे । निम्न कोटीको मदिरा ब्लेन्डिगको काम दिनेश, विक्रमादित्य र मैंले गर्ने गर्दथ्यौं ।

क्लेरी ब्रिटिस नागरिक थिए । महेन्द्र सुगर एन्ड जनरल इन्डस्ट्रिज र स्नोल्यान्ड सन्स एन्ड कम्पनी लिमिटेड स्कटल्यान्ड बीच भएको सम्झौता अनुसारकै सेवा र शर्तका आधारमा क्लेरीले काम गर्दथे । उनले कुमार साहेबबाहेक अरुलाई टेर्दैनथे । उनले आफ्नो फर्मुला अनुसार ब्लेन्डिङ गर्थे र त्यो फर्मुला गोप्य राख्थे । निम्न कोटीको मदिरालाई कन्ट्री लिकर र उच्च कोटीको मदिरालाई फोरेन लिकर भन्दथे । फोरेन लिकरमा स्नोल्यान्ड जीन, थ्री लाइन्स ह्विस्की, थ्री एक्स रम, ब्रान्डी र यी ग्रान्ड अर्ल ह्विस्की आदि मदिरा बनाउने गरिन्थ्यो । यी मदिरा अत्यन्तै प्रसिद्ध थिए । स्वदेशमा ख्यातिप्राप्त त छँदै थिए, विदेशमा समेत व्यापक मात्रामा निर्यात हुने गर्दथ्यो । मदिराका पारखीहरुले यी ग्रान्ड त स्कचकै कोटीको रहेको छ भन्ने गर्दथे । बढी यसैको निर्यात र उपभोग हुने गर्दथ्यो ।

कन्ट्री लिकरको जिम्मा हाम्रो थियो । उत्पादित मदिरा स्थानीय ठेक्कापट्टाबाट निकासी हुन्थ्यो । यो मदिराको खपत पनि पर्याप्त मात्रामा हुने गर्दथ्यो । तर धेरैजसो राप्ती अन्चलमा जाने गर्दथ्यो । दाङका शाह थर भएका दाजुभाइहरुले ठेक्का लिएका थिए । कारखाना परिसरमा अन्तशुल्कको शाखा कार्यालय थियो । यसले स्टिकर लगाएपछि मात्र गेटपास दिने गरिन्थ्यो ।

कारखाना परिसरमा कुनै अप्रिय घटना घट्न गएमा स्थानीय प्रशासनलाई सम्पर्क गरी समस्याको समाधान गर्ने गरिन्नथ्यो । पीडितले उजुरबाजुर गर्ने हिम्मत गर्दैनथे । त्यसो गरेमा उद्योगको दृष्टिमा कालो सूचीमा परिने डर हुन्थ्यो तथा त्यहिँकै दन्ड प्रक्रिया अनुसार दन्ड दिने गरिन्थ्यो । विवाद र समस्याको समाधान कठोर तरिकाबाट गर्ने गरिन्थ्यो । स्थानीय प्रशासनबाट निरीक्षण र अनुगमन पनि हुँदैनथ्यो ।

इन्जिनियर शर्माजी र म एकदिन नौतनवाबाट किनमेल गरेर फर्कंदै थियौं । बेलहियाबाट अघि बढ्दै गर्दा कुमार साहबको गाडी हाम्रो अगाडीबाट गयो । गाडीमा एकजना नौलो मान्छे पनि थियो । त्यसको लगत्तैपछि क्लेरीको गाडी आयो । शर्माजीले हात उठाएर गाडी रोके । गाडी रोकियो । क्लेरीले तत्कालै सोधे – शर्मा, के यो ट्याक्सी दौडिरहेको सम्झेका छौ ? विल्कुल हैन । यो कारखानाको गाडी हो’– भनेपछि हामी क्लेरीको गाडी चढेर निवासमा पुग्यौं ।

कुमार साहबसँग गाडीमा आउने श्यामलाल गुप्ता नामका व्यक्ति रहेछन् । उनलाई लखनउबाट ल्याइएको रहेछ । सामान्य जस्तो लाग्ने व्यक्तित्व थियो उनको । कार्यालयमा के के खिचडी पाक्यो हामीहरुलाई थाहा हुने कुरा भएन । हामी मिलतर्फ काम गर्ने हुँदा प्रशासनिक कामतिर अनभिज्ञ जस्तो हुन्थयौं । पछिमात्र थाहा हुने गर्दथ्यो । उनलाई वरिष्ठ प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको रहेछ । उच्च कोटीको सुविधामा निवास, छुट्टै एउटा गाडी, आकर्षक तलब र काम कर्तव्यमा सहायक महाप्रबन्धक सरहको जिम्मेवारी आदि दिइएको रहेछ । यो हामीहरुलाई असामान्यनै लाग्यो तर व्यवस्थापनको विवेकको कुरा हो, जे उपयुक्त लाग्यो त्यही गरे । उनको मात्र त हैन, अरुको विषयमा पनि त्यसै गरिन्थ्यो, न नियमले काम गथ्र्यो, न त प्रक्रियानै पु¥याउन आवश्यक ठानिन्थ्यो ।

कुमार साहब काम विशेषले काठमाडौं गए । अब गुप्ताजीले आफ्नो सम्पर्क ब्यापक बनाउन लागे । पहिला विभगीय प्रमुखहरुको बैठक राखे तत्पश्चात क्रमशः शाखा प्रमुखहरु र अन्त्यमा उत्पादनतर्फका हामीहरुलाई बोलाए र छलफल गराए । सबै काम कुराहरु बुझिसकेपछि स्थलगत निरीक्षण गर्नतिर उनको ध्यान गयो । अब जहाँजहाँ उनको निरीक्षण भयो ती शाखाका जिम्मेवार अधिकृत, कर्मचारी, मेठ, केमिस्ट, इन्जिनियर आदिलाई स्पस्टीकरण सोध्ने, कारवाही गर्ने, नसिहत दिने कामहरु व्यापकरुपमा हुन थाल्यो । कार्यकक्षमा नै बोलाएर झपाड्ने काम समेत हुन थाल्यो । कर्मचारी, श्रमिक, कामदारहरुमा उकुसमुकुसको वातावरण सिर्जना हुन गयो । एवंरितबाट समय त बितेकै थियो तर सन्तुष्टि कसैमा पनि थिएन ।

गुप्ताजी आएको पनि ६ महिना पूरा भइसकेको थियो । कारखाना पूर्ण क्षमतामा सञ्चालित थियो । म राति १२ बजेदेखि बिहान ८ बजेसम्मको सिफ्टमा थिएँ । क्रसिङ बढी मात्रामा भएको हुनाले जुस प्रति मिनेट जुन मात्रामा आउनु पर्ने हो त्यो भन्दा धेरै बढी मात्रामा आउन थाल्यो र नियन्त्रण गर्न र प्रोसेसिङ गर्न हम्मे हम्मे हुँदै गयो । मैंले क्रसिङ स्टेसनमा क्रसिङ रेट घटाउन जानकारी गराएँ । कृषकहरुको दबाबले गर्दा क्रसिङ रेट घटेन । मेठहरु आत्तिन थाले । आदेश लिन जान पनि नभ्याइने भयो । चिफ केमिस्ट कानपुर गएका थिए । प्रशासनिक आदेश लिनु पर्ने अवस्था थियो । मैंले हठात् लगबुकमा उल्लेख गरी अर्को निर्णय नहुन्जेल सम्मका लागि मील बन्द गर्ने आदेश दिएँ । कारखानामा अलिबेर खैलाबैला भयो । जुसको प्रोसेसिँग हुदै गयो, एक घन्टापछि मील चालु भयो।

दिनेश बिहान ९ बजे काममा हाजिर भएपछि उनलाई जिम्मेवारी दिएर म कोठामा पुगें । मुख धुन पनि पाएको थिइन, १ जना पियन आइ पुग्यो । ‘गुप्ता सर ने आपको बुलाए हंै ’ भन्यो । त्यति भनेर उ गयो । म गुप्ताको कार्यकक्षमा पुगें र अभिवादन गरेर उभिएँ ।

‘क्या बात है शर्मा, मिल क्यों बन्द किया ?’ उनले सोधे ।
‘सर, जुस जिस मात्रा मे आ रहा था, उसको प्रोसेसिङ करना सम्भव नहिँ था । इस लिए एक घन्टे के लिए बन्द करना पडा’ – मैले भनें ।
‘तुमको पता भी है, एक घन्टा मिल बन्द होने से कितना ज्यादा नुक्सान होता है ?’ – उनले भने ।
‘ मालुम है सर । क्रसिङ स्टेसनवाले इतना ज्यादा क्रस कर रहे थे कि जुस कन्ट्रोल करना मुस्किल हो गया था । आप लग बुक देख सकते हैं,’ – मैंले भने ।
‘ठीक है, आप अभी जाइए । एक पत्र आएगा जबाब लिखके देना’ – उनले भने । म बाहिरिएँ र कोठामा पुगेर दैनिक कार्यबाट निवृत्त हुनतिर लागें ।
कार्यालयबाट भोलिपल्ट पत्र आयो । मिल बन्द गराएकोमा तपाईंलाई कारवाही किन नगर्ने ? ३ दिनभित्र स्पष्टीकरण दिनुहोला भन्ने आसयको पत्र थियो । जवाफमा ‘मैंले मिलको हित चिताएर, अरु सम्भावित दुर्घटना नहोस् भनी असल नियतले निर्णय लिएको हो । यसबाट मलार्ई प्रोत्साहन र प्रेरणा दिनु पर्नेमा हतोत्साहित गराउन खोजियो’ भन्ने स्पष्टिकरण दिएँ । पछि व्यवस्थापनको बैठकको निर्णयअनुसार २ ग्रेड रोक्का गरिएछ । म मानसिकरुपमा विक्षिप्तजस्तै भएँ । अन्य साथीहरुलाई पनि सामान्य असावधानी गरे बापत ठूलै दन्ड दिइएको थियो ।
यहाँ अर्कै सन्सार थियो । न कुनै नियमले काम गर्दथ्यो, न कुनै कानुनले काम गर्दथ्यो । समयमा तलब पाइन्नथ्यो । उधारो बढ्दै जाने, बनियाले ताकेता गर्दै जाने सामान्य कुरा थियो । तलबबाहेक अरु सुविधा थिएन । सार्वजनिक बिदाबाहेक सञ्चय कोष, ग्रेचुटी, वार्षिक बिदा, सञ्चित बिदाको तलब आदि केही थिएन । कामदार, श्रमिकहरु संगठित थिएनन् । संगठन खोल्ने कल्पनाभन्दा बाहिरको कुरा हुन्थ्यो । धेरै भारतीय श्रमिक र कामदार भएकाले उनीहरुलाई जागिरै जोगाउने मात्र चिन्ता हुन्थ्यो ।

कुमार साहब काठमाडौंबाट आए । हामीलाई सडकको २ छेउमा उभ्याएर ताली बजाउन लगाइयो । व्यवस्थापनका अधिकृतहरु फूलमाला लिएर विमानस्थल पुगी उनको सवारी चलाएर ल्याएका थिए । गुप्ताजी देखिएनन् । भोलिपल्ट एउटा परिपत्र जारी गरियो । मिल बन्द गरी सबै कामदार, श्रमिक, अधिकृतहरु उद्योग परिसरमा रहेको बेलको रुखमुनि अपराह्न ३ बजे अनिवार्य उपस्थितिको आदेश थियो ।

बेलको रुखमुनि अर्धचन्द्राकारमा मेचहरु राखिएका थिए । कुमार साहबको अगाडि टी टेबल पनि थियो । श्रमिकहरुलार्ई उभिन भनियो । हामीलाई बस्ने प्रबन्ध मिलाईएको थियो । सबै बस्यौं । कुमार साहबसहित सबैले आफ्नो स्थान ग्रहण गरे । सबै चुपचाप थिए । कारण कसैलार्ई थाहा थिएन । यत्तिकैमा गुप्तालाई बाँधेर ल्याइ कुमार साहबको अगाडि उभ्याइयो ।

‘देखिए ! यहाँ आप लोगोंको इसलिए बुलाइ है कि जो आदमी उद्योगके साथ गद्दारी करेगा, उसका यहि हालत होगा । इस आदमीने उद्योग के गोप्य कागज पत्र चुराकर गद्दारी किया है । अब यहाँ के सुरक्षा गार्ड इसके कमरेकी खानतलासी करेंगे ।’ भनी राजकुमारलाई सुरक्षा गार्डसहित पठाए । राजकुमार एक बिटो कागजपत्रसहित आएर ‘इसके कमरेसे चावल के ड्रम मे यह मिला है’ भनेर टी टेबलमा राख्यो । कागजपत्र हेर्दा उद्योगका गोप्य कागजपत्र रहेछन् । तत्पश्चात स्विपरहरुलाई लगाएर गुप्तालाई कालो मोसो दलियो । हात पछाडिपट्टी बाँधेर कोठामा बन्द गरियो । भोलिपल्ट बिहानै कारखानाको गाडीमा गोरखपुर पु¥याएर छोडिएको थाहा भयो ।

म आफ्नो भविष्यको निम्ति चिन्तित थिएँ । जहाँ आफ्नो भविष्य सुनिश्चित हुँदैन, त्यहाँ बसीरहन उपयुक्त हुन्न भन्ने लागीरहेको थियो । यसै बीचमा मेरो रिजल्ट पनि आयो । अब म स्नातक भइसकेको थिएँ । ‘सरकारी स्केल अनुसार मलार्ई तलब उपलब्ध गराउने हो भने म बस्छु अन्यथा म यहाँ बस्न सक्दिनँ’ भने व्यवस्थापनलाई । व्यवस्थापनले मेरो माग पूरा हुन सक्दैनन भन्ने जवाफ दियो । फलत म ३ महिनाको तलब छोडेर स्याङ्जातिर लागें ।

राष्ट्रिय महत्वको, त्यत्रो ठूलो योगदान गरेको उद्योग सञ्चालन गर्न नसकी टाट पल्ट्यो । उद्योगका सरसामान, पार्टपुर्जा कौडीको भाउमा बिके । कुमार साहब, राजकुमार, श्रीवास्तवजी, शर्माजी आदि हामीहरु इतिहास भयौं । बेलको रुख भएको भए सायद इतिहास बोल्थ्यो कि !

Related News

सम्बन्धित समाचार

hero news full width