समयको परिवर्तन, राजतन्त्रको विलय र सम्भावना

के. बी. सम्राट
वैशाख ११, २०७६

प्रतिभा, क्षमता, योग्यता र अनुभवलाई खुल्ला रूपमा पन्छाएर सरकारले प्राज्ञिक क्षेत्रमा नातागोतालाई दिव्य बाह्र वर्ष बिर्ता सरह हसुर्न दिन नियुक्त गरुन्जेल राजा वा राजतन्त्रको परोक्ष समर्थन हुन्छ। प्रदेश र स्थानीय तहहरुमा घटीबेसी आर्थिक भौतिक विचलन अहिलेदेखि नै सुरु छ। अब एक वर्षपछि त्यो आकाशझैं अग्लो हुने अवस्थालाई बेलैमा नियन्त्रण नगर्ने हो भने त्यसपछि राजतन्त्रको भूतले सडक जाम गर्ने निश्चित देखिन्छ।

राजाको सम्पत्ति भनेको नै जुन देशका राजा त्यही देशका प्रजा। तर यो महसुस नहुने राजालाई प्रजाको के खांचो। राजाको प्रथा जन्मिँदै जनेर्ललाई जदौ भन्ने तर, कर्मले राष्ट्रपति बनेका सर्वसाधारण जनताको छोरा छोरीलाई दुत्कार्ने चरम पछौटे चिन्तन स्वघोषित बुद्धिजीवीका गिदीमा रहंदासम्म जनविरोधी राजतन्त्र फेरि पनि फर्किन सक्छ कि यो त राजनीति कर्मको फल पनि हो। अहिले मुलुकमा राजतन्त्रको आगमन हुन्छ भन्ने सबैमा खैलाबैला भएको जहांकहीं सुनिन्छ। यसै मुलुकमा राजा देवताका अवतार हुन् भन्ने चरम अन्ध मानसिकता रहिरहने हो भने सत्ताच्यूत राजतन्त्र फेरि फर्किन सक्छ। तर, हाम्रो मुलुकमा दुईतिहाई सभासदबाट मुलुकको मूल कानून संविधानको विकास भईसकेको छ। संविधान अनुसार धर्म, परम्परा, प्रथा र रीतिका नाममा कसैले कसैलाई अन्याय, असमानता, विभेद र शोषणको अन्त्य गर्ने किटानी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयत्न नगरुन्जेल राजतन्त्र जनताको मन, ज्ञानमा र मनोविज्ञानमा रहिरहने छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं एक दम सतही तथा पोलिटिकल कम्युनिष्ट रहेसम्म राजतन्त्र तिनका तन र मनमा जीवित रहनसक्छ। भाग्यवादी र पुर्पुरोवादी कथित प्रगतिशील तथा प्रजातान्त्रिक कवि, लेखक र कलाकार रहंदासम्म तिनका दिल र दिमागमा राजतन्त्र रहिरहनसक्छ। त्यही भावनाको राजतन्त्र फुत्त बाहिर प्रकट हुन पनि सक्छ कि कसो? वर्ग पक्षधरताका मुखौटाहरु पार्टीको माथिल्लो तहमा रहेसम्म तिनका चिन्तनमा राजतन्त्रले ढलीमली गरिरहने छ। यही होला एउटा राजाको ढलीमली सहन नसकी लोकतान्त्रिक गणतन्त्रको आगमनमा हजारौं तन्त्रको ढलीमलीमा खुशी तन मन र धनमा रमाएकाहरुलाई कस्तो आनन्द।

तुइन युग समाप्त पार्ने ओली सरकारका कारण आफूलाई कम्युनिस्ट हुं भन्न लज्जाबोध गर्ने लाज घीनविहीन नेता रहेसम्म राजतन्त्र सशक्त राजनीतिक विकल्प बनिरहनेछ र यसको उपचार भईरहने पनि छ। मात्रात्मक परिवर्तनलाई अनदेखा गर्ने तर, ओली सरकारले रातारात समाजवादी युगतिर देशलाई लैजान नसकेको भनेर कटाक्ष गर्ने एकलकांटे र अन्धवादी नेता हुञ्जेल नन्दीभृङ्गी मार्फत् राजतन्त्रको मसाने भूतको नौटड्ढी जारी रहनेछ।

दसैंको टीका राजाका लागि भनेर घरको मूल खांबोमा सबैभन्दा पहिले अर्पण गरुञ्जेल वा टासुञ्जेल जनताको मनको आसनमा राजा रहिरहनेछन्। स्वस्थानी व्रत कथालगायत अनेक प्राचीन कथाहरुमा महिलाप्रति सरमपूर्ण सरममा निमग्न महिला मण्डलीको मानसिकताका कारण राजतन्त्र जीवित मात्र होइन, जीवन्त नै रहनेछ। यही कुरा राजनीतिक दलका नेताहरुले अरु सिकौटेलाई सिकाई रहेको अनुभुति पनि नभएको होइन तर, लाज घिन पचेपछि आंगनमै दिसा बसे के फरक पर्ला र? राजालाई विष्णुको अवतार मान्ने र उनैले जगत् र जीवनको रचना गरेको भन्ने मानसिकता भएका प्रजा रहेसम्म राजतन्त्र जिउंदै छ भन्ने महसुस रहँदा सबैमा के फरक पर्ला र? माओले भनेझैं फेरिएको परिस्थितिअनुसार आफूलाई अलिकति पनि फेर्न नसक्ने र सहयोद्धा नेताका सकारप्रति नकार, निकृष्ट र कृतघ्न व्यवहार गर्ने नेता रहंदासम्म राजतन्त्र बौरिने स्थिति हुन्छ।

थाङ्ने देशका माग्ने नेता भनेर आफ्नै जननी र राजनीतिक अग्रजलाई सत्तोसराप गर्ने नाममा आफूलाई नै धिक्कारेको थाहा नपाउने कथित प्रा.डा.को बकबास रहुन्जेल राजतन्त्र कायम नै रहनेछ। कम्युनिस्ट र प्रजातन्त्रको खोल भिरेका पश्चगामी चरित्र र चिन्तन बोकेका नेता रहेसम्म राजतन्त्र बांचि रहन्छ। निरङकुश राजा र राजतन्त्रलाई बाहिर बाहिर धारे हात लगाउने तर, अन्तरद्वय र व्यवहारमा तिनकै चरम पछौटे र अघौटे वा अहंवादी सरमछाडा चिन्तन र चरित्र नेताहरुमा रहिरहने हो भने नेपालमा राजतन्त्र फर्किन धेरै समय लाग्दैन। यस्तो व्यवहारमा तिनकै चरम पछौटे र अघौटे वा अहंवादी सरमछाडा चिन्तन र चरित्र नेताहरुमा रहिरहने हो भने नेपालमा राजतन्त्र फर्किन धेरै समय लाग्दैन।

प्रतिभा, क्षमता, योग्यता र अनुभवलाई खुल्ला रूपमा पन्छाएर सरकारले प्राज्ञिक क्षेत्रमा नातागोतालाई दिव्य बाह्र वर्ष बिर्ता सरह हसुर्न दिन नियुक्त गरुन्जेल राजा वा राजतन्त्रको परोक्ष समर्थन हुन्छ। प्रदेश र स्थानीय तहहरुमा घटीबेसी आर्थिक भौतिक विचलन अहिलेदेखि नै सुरु छ। अब एक वर्षपछि त्यो आकाशझैं अग्लो हुने अवस्थालाई बेलैमा नियन्त्रण नगर्ने हो भने त्यसपछि राजतन्त्रको भूतले सडक जाम गर्ने निश्चित देखिन्छ। स्वयं पूर्व राजा ज्ञानेन्द्रमार्फत् नेपालको राजा र राजतन्त्रसित पुनः सत्तासीन हुने वा राजगद्दीमा पुनः स्थापित हुने कुनै र कति पनि नैतिक बल किमार्थ देखिन्न। केवल नेपालका कुनै राजासित तुलना हुन सक्तैन व्यापारी वा बनियांसित तत्कालीन श्री ५ महेन्द्र वीर विक्रम शाहको तुलना नै पनि अनुचित हुन्छ ।

नेपाल एकीकरण अभियानका अभियन्ता, महान् विभूति तत्कालीन राजा श्री ५ बडामहाराजा पृथ्वी नारायण शाहसित पूर्वराजा ज्ञानेन्द्र शाहको तुलना अकाट्य हुनसक्छ। चार जात छत्तीस वर्णको साझा फूलबारी शाहका पुर्खाले बनाइदिएको भनेर त्यसको जस पूर्व राजा ज्ञानेन्द्रलाई दिलाउन उद्यत राजदरबारका भूतहरु मिडियाहरुमा सलबलाउन थालेको देखिन्छ। यतातिर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं स्वतन्त्र नागरिक हुनु भन्दा रैतान हुन आतुर चरणोदक पान गनेर्हरु पानीका फोका सरह मात्र हुन्। मौका पनि एक पल्ट मात्र पाइन्छ। त्यही मौका आफैं अर्ध बेहोसी र अधबेस्रो भएर गुमाएपछि बगेको खोला अब फेरि फर्किंदैन। पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै कर्तुत र कारणले सत्ताच्युत हुन पुगेका हुन् यसमा दुई मत छैन। स्वयं पूर्वसेनापति रुक्मा·द कटुवालले सर्वनाश हुनबाट बच्न र राजतन्त्र कायम राख्न गम्भीर विचार र विवेक राख्न तत्कालीन राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहलाई धेरै अनुनय र विनय गरेकै हुन्। आफूलाई दाजु श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवभन्दा बाठो र बहादुर हुन खोज्दा पूर्व राजा ज्ञानेन्द्र भुइमा पछारिएका हुन्। नत्र जननेता मदन भण्डारीले नै पनि खोपीको द्यौता भएर राजा वा राजतन्त्र बस्छ भने ठिकै छ भनेकै थिए।

राजालाई विष्णुको अवतार मान्ने वैदिक सनातन वा हिन्दू धर्म र तिनका मठमन्दिरमा हस्याङफस्याङ गर्दै धाउनुको कुट कलुषित नियत राम्ररी नै बुझिन्छ। आफ्नो आङको भैंसी नदेख्नेहरु मात्र आफ्ना तमाम दुर्गुणहरु अरूका थाप्लामा थोपरेर पानीमाथिको ओभानो हुन खोज्छन् तर, खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्न सक्तैनन्। दरबार हत्याकाण्डपछि पूर्वराजा ज्ञानेन्द्र र उनकी वास्तविक आमाका बारेमा नयां रहस्य खुले। अब कुनै पनि बहानाले काम गर्ने छैन।

तर, राजतन्त्रको मसाने भूतको ताण्डव नृत्य हुंदा पनि तमासा हेर्ने तर विरुद्धमा एक अक्षर पनि नलेख्ने प्रगतिशील बुद्धिजीवी रहेसम्म जनविरोधी तन्त्र फेरि जाग्न पनि सक्छ। यसैलाई मौका आउंछ पर्खदैन यो हाम्रा पुर्खाहरुको उखानसंग जोड्न मिल्ला नमिल्ला तर, सबैमा यो जानकारी हुंदा महसुस चाहीं पक्का मिल्ला। पञ्चायत कालदेखि श्री ५ ज्ञानेन्द्र शाह आजीवन नेपालका बदनाम पूर्व अधिराजकुमारका नाममा चिनिए। त्यस कालमा अनेक अकर्मण्य काण्डका शिरोमणि उनी उदारवादी राजतन्त्रात्मक पद्धतिभित्र पनि आलोचित थिए। पूर्वराजा ज्ञानेन्द्र शाहको अररो र अति अहंमबाट रुक्मा·दले हार मानेका हुन्। यसै विषयमा केन्द्रित रहेर एक बृहत् आकारको कृति नै कटुवालले लेखे। बोक्रैसित खान खोज्दा पूर्वराजा ज्ञानेन्द्र पाखा परेका हुन्।

तर, प्रजातन्त्रका मसिहा नेपाली कांग्रेस पार्टीका कतिपय नेताहरु राजालाई उकासेर पार्टीगत स्वार्थमा हत्ते हाल्दा मात्र होइन अहिले पनि आफैंले बनाएको संविधान विपरीत राजतन्त्रका बारेमा जनमत संग्रह नामका बेवारिसे बयानका कारण मुलुकको अग्रगमनमा ठूलो बाधा पुगेको हो र पुग्न सक्छ। यदि यसो भयो भने प्रतिगमन हुनसक्छ अनि बल्लबल्ल बन्न लागेको देश र जनताको शान्ति र समृद्धि नराम्ररी बिथोलिन पनि सक्छ। तर, बुद्ध धर्म जस्तो अत्यन्त महत्वपूर्ण धर्म र धार्मिक आस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको बेवास्ताको अन्तर्य राम्ररी बुझ्न सकिन्छ। पहिलो कुरा कुनै पनि राजा, राजतन्त्र, सत्ता, सरकार वा राजकीय प्रमुख आफ्नै कृत्य र कुकृत्यका कारण पदासीन र पदच्यूतहुने परिस्थिति सृजित हुने हो। राजदरबारमा नृशंस रूपले तत्कालीन राजा श्री ५ वीरेन्द्रको मात्र वंश नाश भए गरेपछि राजदरबारभित्रका रहस्यमय पर्दाहरु अनेक पोल, खोल र कोणबाट खुल्न थाले। पञ्चतन्त्र कथामा वृद्ध अवस्थामा थला परेको बूढो बाघले सडकमा हिंड्ने बटुवालाई सुनको चुरो देखाएर आफ्नो आहाराका लागि लोभ्याएजस्तै नाटक गर्न अब गाह्रो छ। राजा वा राजतन्त्रले गर्ने सारा तथा तमाम नाटक समाप्त भइसके। जयराष्ट्र।

लेखक एस. एन. मिडिया तथा रिटायर्ड क्लव नेपालका अध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width