सङ्घीयता किन ?

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७०

नेपाल एउटा शान्तिप्रिय देश हो। भारतले भाँजो नहालिदिएको भए ३० वर्ष अगाडि नै नेपाल शान्ति क्षेत्र भइसक्ने थियो। त्यतिखेर चीनलगायत विश्वका १०० भन्दा बढी देशले मान्यता दिइसकेका थिए। यदि भारतले अवरोध नगरेको भए आज देश स्वीजरल्याण्डको हाराहारीमा पुग्ने थियो। यो नै देशको लागि ठूलो घात भयो।

नेपाल राजा पृथ्वीनारायण शाहका पालादेखि नै ४ जात (ब्राह्मण, क्षत्री, वैश्य र शुद्र) ३६ वर्णो फूलबारी भनेर चिनिँदै आएको छ। यहाँ पुर्खादेखि विभिन्न जातजाति वर्ण धर्म र सम्प्रदायका मानिस आपसमा सौहार्दपूर्ण वातावरणमा मिलेर बसिरहेका छन्। आजसम्म यो देशमा जातीय र धार्मिक द·ा भएको छैन। यो क्रम पुर्खा अगाडिदेखि चलिरहेको छ र चलिनै रहने कुरामा कुनै शड्ढा थिएन।

विश्वका धेरैजसो देशमा जातीय र धार्मिक कारणले समय समयमा झैंझगडा भइरहेका, अनाहकमा नाबालक, महिला र सर्वसाधारणको हत्या भएका हृदयविदारक र दर्दनाक घटना सुन्न र देख्ने गरेका छौं। यो साहै्र दुखको कुरा हो। नेपालमा यस्तो नहुनु साहै खुशीको खबर हो। नेपालमा सधैँ यस्तै नै भइरहोस् भन्नेतर्फ सोच पुर्‍याउनु सम्पूर्ण देशभक्त नागरिकको परम कर्तव्य हो।केही वर्ष अगाडि बाटोमा कुनै गाडीले कुकुर या कुखुरा किचेर मारेछ भन्दा ठूलै घटना लाग्थ्यो। झन गाई भैंसी नै हान्यो रे भन्दा नेपाली अचम्म मान्थ्यौं। मान्छे मारेको घटना विरलै सुनिन्थे। आजभोलि मानिस मार्नु भनेको पहिलो कुकुर मारेभन्दा पनि सानो घटना भइसक्यो। पहिला मानिस मार्न व्यक्ति डराउँथ्यो लुक्थ्यो, फेला परेमा सजायँ पाउँथ्यो। अहिले मानिस मार्ने कामको कुनै पार्टीले जिम्मेवारी लिन्छ। सजायँ पाउनुको सट्टा सम्मानका साथ वार्तामा बोलाइन्छ वार्तामा आउनुपूर्व विभिन्न माग र सर्त राख्छ जुन पूरा नभएसम्म वार्तामा नआउने धम्की दिन्छ। सबै सर्त पूरा गर्ने लिखित पत्र पाएपछि वार्तामा बस्छ। हाँस ठट्टाका साथ वार्ता टुङ्गिन्छ। मरेको मानिस ब्युँतने कुरै भएन। मृतकका आश्रति परिवारहरू विचल्लीमा रुँदै बाँच्छन्। के यही हो लोकतन्त्र यही नै गणतन्त्र। यही हो परिवर्तन भनेको ?

अहिले धेरैजसो नेपाली देशमा लोकतन्त्र र गणतन्त्र आएको नभई छाडातन्त्र आएको महसुस गरिरहेका छन्। सङ्घीयताको नाममा जातीय कुरा ल्याई मिलेर बसेका नेपालीलाई फुर्टाई, अशान्ति मच्चाउने प्रयास भइरहेको छ। हाम्रा नेताहरूले देशमा शान्ति भइरहेको देख्न चाहिरहेका छैनन्। तिनीहरूका आफ्ना आत्माबाट यस्तो आएको हो कि विदेशीहरूको इशारामा चलिरहेका छन्। धेरैजसो नेपालीले बुझ्न सकिरहेका छैनन्।

आजसम्म जातीयको नाममा जसम्म उच्चारण नभएको देशमा सङ्घीयताको नाममा तमुवान, लिम्बुवान, नेवाः थारुवान, मगरात आदि के-के हुन् नाम राखी गाउँ गाउँमा फुट ल्याई रगतको खोलो बगाउन खोजिएको छ। देशका हरेक जिल्लामा कम्तीमा २०-३० जात बसेका छन्। झन चितवनजस्तै तराईका केही जिल्लामा नेपालमा भएजति सबै जातिका मानिस सँगै बसेका छन्। तिनीहरू सबै मिलेर लेनदेन, पानी पँधेरो, मेलापात, हलिपरेली गरिरहेका छन्। सबैले आफ्ना आफ्नै धर्मसंस्कृति परम्परा अपनाइरहेकै छन्। एउटा जातको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अर्को जातलाई निमन्त्रणा गरिने गरिएको छ। र सबै सहभागी भएकै छन्। के यो राम्रो पक्ष हैन र ? के देशमा सङ्घीयताको नाममा जातीय झलक आयो भने यो परम्परा रहिरहला ? पटक्कै रहने छैन। झन् विभेद आउने छ, झैंझगडा हुनेछ ?

सङ्घीयताकै कुरा नमिलेर २ वर्षमा बन्ने संविधान ४ वर्षमा पनि बन्न सकेन। संविधानसभा नै विघटन भयो। पार्टीपार्टीीच चर्को फुट आयो। बहुदल आएपछि पनि दलहरू बाहेकका व्यक्तिबाट सरकार बनाउनुपर्‍यो। पुनः संविधानसभाको चुनाव गर्ने तरखर भइरहेछ। चुनाव विरुद्धमा ३३ पार्टीसक्रिय छन्। चुनाव हुने कुरामा पनि शड्ढा छ। यदि चुनाव भइहाले पनि संविधान बन्ने कुरा झन् अनिश्चित छ। पहिलाजस्तै जातीय प्रान्त बनाउनतर्फ नेताहरू लाग्ने हो भने यो चुनावमा खर्च गर्नु र्व्यर्थ छ। चुनावमा खर्च हुने १४ अर्ब गरिबले रोजगार पाउने कुनै उद्योग स्थापना गरे देशको विकास र गरिबको कल्याण हुने थियो। अत्यावश्यक ठाउँमा पुल राख्ने हो भने प्रतिपुलको १० करोडका दरले चुनाव खर्चले १४० वटा पक्की पुल बन्छन्। प्रत्येक जिल्लामा झण्डै २-२ वटा पुल पर्छन्। तर नेताहरूलाई यसतर्फ सोच्ने फुर्सद नै कहाँ छ र – छिटो चुनाव गरी आफ्नो पार्टीले बहुमत ल्याउन पाए हाम्रै पार्टीो सरकार बनाउने पाइने थियो र देशको ढुकुटीमा मोज गर्न पाइन्थ्यो बाहेक नेताको दिमागमा केही छ जस्तै लाग्दैन।

जलस्रोतको धनी देशमा दिनको १८ घण्टासम्म लोडसेडिङमा बस्नु छ। जसले गर्दा नयाँ उद्योग स्थापना गर्नुको सट्टा भएका पनि बन्द गर्नुपर्ने अवस्था छ। भइरहेका उद्योगधन्दामा पनि असाध्य चन्दा आतड्ढले बन्द गर्नुपर्ने अवस्था छ भने नयाँ खोल्ने साहसै गर्न सकिरहेका छैनन्। अत्यावश्यक ठाउँमा पुल नभएर पढ्न जाने विद्यार्थी र सर्वसाधारण नदी तर्दा बगेर वर्षेनी ज्यान गुमाएका छन्। नेपालका दुर्गम जिल्लामा पनि विकट गाउँमा भोकमरीको समस्या जटिल छ। जनता खाने अन्न नभएर ज·लमा डुलेर गिठा भ्याकुर केही पाए ल्याउने र बेलुकी त्यही खाने भनी भोकले आत्तिएर वनतिर हेरिहेका घर कुरुवा केटाकेटी र बाबुआमा रित्तै घर फर्किएको देखि निराश भई भोकै रात काट्नुपरेको जस्तो अवस्थातर्फ गम्भीर रूपमा सोच्नुपरेको छ। हाम्रा नेताहरूलाई यस्तो दर्दनाक र विकराल अवस्थातर्फ सोच्ने फुसर्द नै कहाँ छ र –

यदि नेताले प्रान्तीय र सङ्घीयता नै चाहेका हुन् भने भइरहेका ५ विकास क्षेत्रलाई ५ राज्य बनाए के हुन्छ – तराईका प्रत्येक जिल्लामा ५०% पहाडीको बसोबास छ। आजसम्म पहाडी र मधेसी सबै दाजुभाइसरह मिलेर बसिरहेका छन्। के एक मधेश एक प्रदेशको नाराले यो मित्रता कायम रहला – ‘हिमाल पहाड तराई कोही छैन पराई’ र ‘एक देश एक प्रदेश’ यी २ नारामध्ये कुन चाहिले नेपालको भलो हुन्छ होला, सच्चा देशभक्त नागरिकले र्छल· बुझ्दैन र।

त्यस्तै भइरहेका १४ अञ्चल र ७५ जिल्लालाई कायम गरेमा कायमै गरेमा देशलाई के नोक्सान ? र जनतालाई के को चिन्ता ? जनताका दिमागमा बसिरहेको, देशभरका सम्पूर्ण लेखापढी, पाठ्यपुस्तकमा भइरहेको क्षेत्र, अञ्चल र जिल्लाको नाम सिमाना फेर्दैमा देशमा परिवर्तन आउने हो र ? देशमा शान्तसँग मिलीजुली बसिरहेका जनतामा फुट ल्याउनु, निरन्तर चलिरहेका उद्योगधन्दामा तहस-नहस ल्याइ बन्द गर्न बाध्य गराउनु र तिनीहरूमा नै आश्रति श्रमजीवीहरू र तिनका परिवारलाई भोकभोकै बस्न बाध्यतामा पुर्‍याउनु, देशमा भएका युवा शक्ति बेरोजगार भई विदेशिन बाध्य हुनु इत्यादिलाई नै नेताहरूले देशमा परिवर्तन ल्याएको भनी गर्व गर्दछन् भने मेरो भन्नु केही छैन।

ए ! देश बनाउने ठेक्का लिएका नेताहरू हो ? गरिब जनताको मर्म मर्ममा छिर र तिनीहरूको उद्धार गर्नतर्फ लाग। दैनिक हजारौं युवा विदेशिने क्रम घटाइ देशमा नै रोजगार दिनको लागि उद्योगधन्दा कलकारखाना खोल्नतर्फ सोँच, अत्यावश्यक ठाउँमा बाटो पुल कसरी बनाउने ? प्रत्येक नेपालीको घरमा २४ सैं घण्टा बिजुली कसरी बाल्ने ? बालश्रमको अन्त्य गरी शतप्रतिशत साक्षर बनाउने कसरी ? इत्यादितर्फ गम्भीर रूपले सोच। नकि जातीय सङ्घीयतातर्फ।

अन्तयमा यदि हाम्रा नेताहरू देशभक्त भई साँच्चिकै देश र जनताको हित चाहने नै हुन् भने देशमा जातीयताको आभास नल्याई सबै पार्टीस·ठित भई छिटोभन्दा छिटो संविधान बनाउनतर्फ लाग्नु अत्यावश्यक छ। जनताका आँखामा छारो मात्र नभई खुसानीको धुलो नै र्छर्नु खालका फोस्रा भाषण गर्दै हिँड्नुभन्दा निस्वार्थ भावले देशको चौतर्फी विकास गर्ने प्रेरणा सम्पूर्ण पार्टीका नेतामा जगाइदिनुहुन भगवानसँग प्रार्थना गर्दछु।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width