पुख्यौर्ली पर्व तेरमीन (तोरनल्ह)

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०६९

विभिन्न जनजाति भाषाभाषी सांस्कृतिक विविधताले भरिएको यो हाम्रो देश नेपाल हो। यसमा थकाली जातिहरूको सांस्कृतिक परम्पराको महत्त्व र चर्चा विशेष रूपमा उल्लेखनीयको छ। मुस्ताङ जिल्लाको मार्फा गाउँ मूलका यी मार्फाका थकालीहरूले फागुपूर्णेअर्थात् तेरमीन पर्वलाई विशेष महत्त्व दिएर मनाउँदै आएका छन्। यो पर्वलाई विभिन्न नाम बाट थकालीहरूले भन्ने गर्दछन्। जस्तै तोरनल्ह, तोरन ल, तेरमीन,त्हूडब्ल्हा। तोरन ‘ल्ह’ भन्नाले बसन्त ऋतु र महिनाको देवीदेवता लाई पुज्यीइने अर्थमा बुझिन्छ। तोरन ल भन्नालै बसन्त ऋतुको महिना हो।मार्फाका थकालीहरूले यस पर्वलाई तेरमीन भनिन्छ। तेरको अर्थ शुभ, मीनको अर्थ समय, काल र क्षण भन्नै बुझिन्छ। परम्परा अनुसार थकालीहरूले आफ्नो गाउँ र ठाउँ अनुसार यो पर्वलाई उच्चारण गरे पनि निचोडमा यो पर्व मनाउने समयमा शुभ दिन, शुभ महिना, शुभ काल र क्षणको आगमन हुँदाको अनुकूल हषोर्ल्लास साथ थकाली जातिहरूले मनाइने प्रमुख पर्वको रूपमा चिनिन्छ।

भगवान बुद्धले बुद्धत्व प्राप्त गर्न आफ्ना राजप्रासाद त्यागी हिँडेका थिए। लामो समयसम्म आफ्ना छोरा राजकुमार सिर्द्धार्थ गौतम बुद्धसँग बिछोड हुँदा राजा शुद्धोधनले पट्टक पट्टक आफ्ना दरबारका भारदार कर्मचारीहरूलाई बुद्धलाई दरबारमा र्फकने आग्रहका साथ पुगेका थिए। जति जना बुद्धलाई लिन गएका थिए सबै नै बुद्धका चेला र भक्त बनी बसेका थिए।आफ्ना परम पिताको पटक-पटकको आग्रहलाई हृदयगंंम हुँदाहुँदै पनि परिवारलाई भेट्न सक्नुभएन। तर समयको प्रतीक्षापश्चात् भगवान बुद्धले एकैपटक आफ्ना पिताजीलगायत सबै घर परिबारलाई भेट्ने अठोट गर्नुभयो। यस्तो यात्राको निर्णय गरेको दिन, शुभ साइतको दिनलाई नै शुभ अवसरको रूपमा सबैले स्वीकार गरे। यस प्रकार परम्परागतदेखि नै यस भनाइ र सत्यता पछाडि बौद्ध धर्ममा विशेष आस्था राख्ने यी थकाली जातिहरूले पनि फागुपूर्णे, तेरमीपर्व, तोरन ‘ल्ह’ लाई विशेष उल्लाहसपूर्ण वातावरणमा मनाइने मुख्य चाडको रूपमा लिँदै आएको छन्। मार्फाका थकालीहरू यस तेरमी पर्वको पावन अवसरमा परम्परा रीतिरिवाज अनुसार रोचकपूर्वक यस पर्वलाई मनाउने गर्दछन्।

बसन्तपूर्णेको शुभ साइत पारेर मार्फा गाउँमा बस्ने मार्फाका थकाली समुदायबाट तेरमीन पर्व आरम्भ गरीन्छ। पहिलो दिन अर्थात पूर्णेको दिनमा मार्फा गाउँका सामाजिक सदस्यहरू जसलाई मीरत भनिन्छन्। यी सदस्यहरू सामाजिक कार्यक्रम गर्ने स्थलजस्तो गाउँको बीचमा अवस्थित कोट घरमा भेला हुने गर्दछन्। यसरी कार्यक्रमको थालनी गर्दा थकालीहरूको लुप्रन (पुरोहितको काम गर्ने व्यक्ति ) परम्परागत शैली विषेश भेषभूषामा तेरमीन गीत गाउने गर्दछन् र पितृहरूको स्मरणमा छे  छे   छे पूजा आजा गर्दछन्।

यो पर्वमा लोग्ने मानिसहरूले खेलिने धनुष तीरको खेलको लागि धर्सा(एकप्रकारको फलेक) स्थापित गरिन्छ। यो धर्साको बीचमा फलामबाट निर्मित घेरा जसलाई खोल भनेर भनिन्छ। यो खेलको आकर्षक भनेको धनुष तीर खेल खेलिँदा खोलमाभित्र छिराउनुमा केही बाजीको हारजीत हुने गर्दछ। उक्त धर्साविधिवत् स्थापना गरेपछि शुभकामना, शुभेच्छा म·लमय पर्व गीतको गुन्जायमान हुन्छन्। धर्साअर्थात् फलेकको टुप्पाको भागमा खाता ओडाइ दिने पवित्रको प्रतीक मानिने धुपीको टुप्पाले काठको सानो ठेकीमा राखिएको पेय वस्तु जस्तै रक्सीले छे छे गर्दै चढाउने चलन छ। धनुष तीर खेल खेलिने खेलाडी प्रत्येकसँग अनिवार्यरूपमा १।१ जोर तीर हुनपर्छ। प्रत्येक खेलाडीलाई ३।४ टोलीमा विभाजन गरिन्छन्। सो समूहको प्रमुखलाई धापेनको नामबाट सम्बोधन गरिन्छ। धापेन छनौट सासानो उमेरबाट छनौट गर्दै लैजाने चलन छ। उक्त खेलाडीहरूलाई मार्फा गाउँमा स्योम्पो भन्ने गरिन्छ। यो स्योम्पोको छुट्टै कोष हुन्छ। आ-आफ्नो पितृहरूको स्मरणमा नगदस्वरूप यस कोषमा रकम दिएर सहयोग गरिएको हुन्छ। सबैले अनिवार्यरूपमा सहयोग गर्नुपर्ने बाध्यतात्मक छैन। गाउँमा यसै स्योम्पोकोषबाट भोजभतेरको लागि खर्च गर्ने चलन छ। स्योम्पो कोषमा सहयोग गर्ने पितृको सम्झनामा उक्त धर्सास्थापितको समयमा  छे  छे पूजा श्रद्धाञ्जली व्यक्त गर्ने गर्दछन्।

स्योम्पोहरूले भोज भतियार पश्च्यात धनुष काँटको खेलखेल्न जाँदा बाटामा गाउँले महिला विशेष भेषभूषामा सजिएर फलफल दूध रक्सीद्वारा खेलाडीहरूलाई स्वागत अभिवादन गर्दछन्। खेलाडीहरूले पनि महिलालाई शुभलक्षणबापत नगद उपहार आदि दिने चलन छ। अत्यन्त उल्लासपूर्ण वातावरणमा धनुष-तीर खेल्ने खेलाडीहरू बुढापाका, महिला युवायुवती सबै नै आफ्नो चाड मनाउने गर्दछन्। अकोर्तर्फ, प्रत्येक थकालीहरूको घर परिवारमा उल्लासपूर्ण वातावरणमा चाड पर्व हुन अगावै घरमा विशेष रातोमाटो लिपपोत, चुनलगाउने घर उज्यालो पार्ने सरसफाइ गर्दछन्।

घरको मुली महिलाले पूर्णेको रात अर्थात् उज्यालेा नहुँदै खोलाबाट अँखरा आदि भाँडामा चोखोपानी ओसार्ने गर्दछन्। घरको पूजा आजा गर्ने मुख्य थलोमा राम्ररी रातोमाटोले लिपपोत गरि चोखोपानी फलफूल चडाउनको साथसाथ खानाको विभिन्न परीकारहरू जस्तै झिलिङ्गे फुराएको, सेलरोटी दूध दही घिउ अण्डा बत्ति बालेर पूर्खाहरू र पितृहरूको नाममा पूजागरी चढाउने चलन अद्यावधि पनि छ। तत्पश्चात् घर परिवार महिला पुरुष बालबच्चा सबै नै नयाँ भेषभूषा  पहिरिन्छन्। सम्पूर्ण घरपरिवारको साथमा रहेर विभिन्न खानाको परिकारले मुख मिठ्याउँदै रमिने गर्दछन्। परिवारमा सा-सानाले आफूभन्दा ठूलाजनको मान्य र ढोग गर्ने चलन छ। महिलाहरू नाकाबोटी, पङी -कौडी) र ढु·ाको गट्टा खेलेर रमिने गर्दछन्। पुरुष धनुषतीर खेलमा व्यस्त रहन्छन्।

फागुपर्णेको दिनबाट विविध परम्परागत सांस्कृतिक कार्यक्रमसहित मार्फाका थकालीहरू यो पर्व ६ दिनसम्म मनाउँदछन्। पर्व समापन अन्तिम दिनको रातामा (माङधिची गर्ने) मार्फागाउँमा भूतप्रेत धपाउने चलन हालसम्म छ। २ वटा खाली माटोको हाँडीभित्र मकै, सिमी, सुकेको सागपातबाट निर्मित  धोक ग्रहको रूपमा राखिन्छ। अन्दाजी ६ देखि ७ फिटसम्म सल्लाको काठबाट तयार पारिएको दियालो चोयाले बाँधी त्यसमा आगो प्रज्वलन गराउँदछन्। मार्फाको गाउँको कोटघरको मुल खम्बामा बाँधी गीत गाउँदै भेला भएका महिला पुरुष दुवै ठूलो स्वरमा

छे तो माया फोलो से, छे छ्यतो माया हमोलो से

सोम्चयू स्याङसूम हल्य हयूल्लो छचेतो

माया हमोलो हसे ये  हो हो

हो मांङ चाली हो हो हो माङचाली हो हो

दमाईले दमाहा बजाउँदै मार्फा गाउँको बीच भागमा ल्याई पुराउँछन्। दुवै माङ अर्थात् ग्रहलाई वोक्ने धावकहरूले गाउँको दुइ विपरित दिशातिर पुर्‍याउने गर्दछन्। उक्त दुवै माङ ग्रहको प्रतीकलाई मार्फा गाउँको अन्तिम भागसम्म पुर्‍याइ समापन गराउने चलन छ।यसरी तेरमी पर्व सम्पन्न भएको थोरै दिनमा मार्फा गाउँका लामाहरूबाट हिम बौद्धग्रन्थ) पढाइन्छन्। त्यसपछि खेतीपाती गोडमेलको काम शुभारम्भ पनि हुन्छ। यसरी यस गाउँका थकालीहरू विधिवत् तेरमी पर्व समापन भएको धारणा राख्दछन्।

आफ्नो मूलथलो अर्थात गाउँबाट विस्थापित भइ देश-विदेशमा छरिएर बसेका यी थकाली आ-आफ्नो पाइपर्ने ठाउँमा भेला भइ समाजको थलोमा तेरमी पर्व मनाउने गर्दछन्। यस्तै पोखराको वरपर छरिएर रहेका यी मार्फाका थकालीले वि.सं.२०२९ सालमा स्थापना गरेको मार्फा थकाली सेवा समाज, चापापानीको भवन र प्रा·णमा भेला भइ, विविध साँस्कृतिक परम्परा, भेषभूषामा तेरमी पर्व ६ दिनसम्म भव्य रूपमा मनाउँदै आएका छन्। यस पर्वलाई सबै नेपाली दाजूभाइ, दिदीबहिनीमा मेलमिलाप परस्पर सद्भाव, सहयोग, सहिष्णुता, सतप्रेरणा, सत विचारको सन्देश फैलाउने पर्वको रूपमा थकालीले मनाउँदै आएका छन्।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width