नियम, हाकिम र कार्य

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७०

ग्राहकलाई चित्त बुझाएर ठग्ने पेशा व्यापार हो। उपभोक्ता र व्यापारीको दोहोरो सम्बन्ध र सर्म्पर्कमा व्यापारको दोहोरी चलेको हुन्छ। दुवै पक्षले अधिकतम सन्तुष्टि लिने गरि व्यापारिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता हो। विभिन्न विषयमा दुर्इ पक्षबीच व्यापार व्यवसाय हुने गरेको हुन्छ। कोही फेन्सी व्यापार त कोही किराना, त कोही कृषि व्यापार त कोही सरकारी वा संस्थानको नेतृत्वमा हुने व्यापार। जनता उक्त व्यवसायमा दुर्इ पक्षमध्ये एक पक्ष अर्थात् क्रेताको भूमिकामा हुने गर्दछन्। व्यापारका विभिन्न किसिममध्ये स्वतन्त्र व्यापारमा ग्राहक वा उपभोक्ता सेवासुविधा सहजै लिने गरेका हुन्छन्। स्वीकार्य र अस्वीकार्यको सहज वातावरण त्यसमा भएको हुन्छ। यता सरकारी वा संस्थानका गतिविधिमा व्यापारको नियमसङ्गत अभ्यास भइरहेको हुन्छ। सेवा लिने सेवाग्राही र सेवा दिने निकाय (सेवा प्रदायक) बीच कानुनी प्रक्रिया पूरा गर्न सानातिना झमेला नहुने होइनन्। मानिसले विभिन्न खालका व्यापार व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनाएका उपस्थितिहरू मानवीय इच्छा र सन्तुष्टिमा निर्भर गर्नुपर्दछ। ग्राहक वा उपभोक्ताका जनगुनासो अन्त्य गर्दै अघि बढ्ने काम जिम्मेवार निकायको हो। व्यापारमा गुनासोरहित सेवा प्रवाह गर्न सक्नुको पछाडि केही हदसम्म सामाजिक भावना लुकेको हुन्छ। सेवाप्रदायकमा नाफा भन्दा जनसन्तुष्टिको वातावरण मौलाउँदै जान सकेमा सेवा प्रदायकको स्तरोन्नति हुने निश्चित रहन्छ। सरकारी वा संस्थानका गतिविधि पारदर्शी र वैज्ञानिक हुनु अहिलेको आवश्यकता हो। जनताको माग र इच्छाअनुरूप सेवा प्रदान गर्नुमा उच्च जनविश्वास र दिगो कार्य प्रभावकारिता लुकेको हुन्छ। नेपालमा हालसम्म ३७ वटा सार्वजनिक संस्थानले जनतालाई आफ्नो सेवा प्रदान गर्दै आएका छन्। तीमध्ये सेवा प्रदान गरि अधिक जनविश्वास हासिल गरेका निकायको आफ्नो संस्थागत भविष्यलाई समेत मजबुत बनाइरहेका हुन्छन्। जनविश्वासमा संस्थानको सम्पूर्णता लुकेको हुन्छ। कुनै पनि कार्यलयको सेवा खस्िकँदै गएको मापन गर्ने दरिलो आधार जनगुनासोको अवस्थामा निर्भर गर्दछ। धेरै जनगुनासो भएमा कार्यालय अव्यवस्थित छ भनेर बुझदा फरक पर्दैन। गुनासो न्यूनीकरण गर्ने कि बढाउँने भन्ने कुरा उक्त कार्यालयको कार्यालय प्रमुखको हातमा निर्भर गर्दछ। कुनै पनि कार्यालयको आफ्नै नियम हुन्छ। नियममा प्रत्येक कर्मचारीहरू कार्यरत हुन्छ। जिम्मेवार निकायले कार्यालय प्रमुखलाई पनि केही सीमित विषयमा निर्ण गर्ने अधिकार दिएको हुन्छ। दिइएको अधिकारमा गरिएको हाकिमको निर्ण आफैमा वैज्ञानिक एवं पारदर्शी हुनुपर्दछ। आफूखुसी गरिएको निर्णले जस्तोसुकै प्रभाव पार्न सक्छ। यदि नराम्रो प्रभाव आम मातहतका कर्मचारी र जनतामा पुग्ने हो भने कार्यालयको कार्यमा समेत शिथिलता देखा पर्दछ। परिणामस्वरूप जनगुनासो समेत चुलिन सक्दछ। सेवा सानै होस् कार्य सम्पादनको प्रभावकारी मूल्याड्ढनले नराम्रा कर्मचारीलाई राम्रो कार्य गर्न प्रेरणा मिल्दछ। कुनै पनि कार्यालयको हाकिमले ब्यवहारमा परिपक्वताशैली अपनाउनुपर्दछ। आफ्ना आसेपासेलाई कामै नगरी खुसी तुल्याउने र मेहनतीलाई पाखा लगाउने शैलीले संस्थान वा सरकारी निकायको विकासमा नकारात्मक असर पर्ने पक्का रहन्छ। एउटा भनाई छ। ‘पाप गरे पुण्य, धर्म गरे शून्य’ को स्थिति निम्त्याउने ननिम्त्याउने सम्पूर्ण हात हाकिममा निर्भर हुने गर्दछ। एउटा राम्रो कर्मचारीले हजारौं उपभोक्तालाई सन्तुष्टि प्रदान गर्न सक्दछ। कार्यालय प्रमुख आफ्नो कार्यमा कटिबद्ध हुनु पर्दछ।  हाकिमले कार्यालयभित्रका कर्मचारीलाई हैसियत अनुसारको खुसी दिन सक्नुपर्दछ।  विभेदको अवैज्ञानिक कदम मातहतका कर्मचारीमा देखाउनु आफैमा अनुचित र्ठहर्छ। अपारदर्शी निर्ण गर्ने जो कोहीले पनि आफ्नो हैसियत अनुसारको कुर्चीमा बसिरहनुको कुनै नैतिक आधार हँुदैन।

उपभोक्ता शुल्क उठाउने कार्यमा प्रभावकारी भूमिका खेल्ने तर जनसेवा प्रवाहमा गैरजिम्मेवार रहनुले समेत नैतिकतामाथि कडा प्रश्नचिन्ह खडा हुने गर्दछ। कार्यालयको हाकिममा दुनिया नियाल्न सक्ने अन्तदृष्टि शक्ति हुनु पर्दछ। व्यक्तिलाई रिझाउने र जनतालाई हँसाउने शक्ति हुनु आजका सेवाग्राहीको चाहना हो। दीनदुखीप्रति दया भएको कार्यालय प्रमुखले समाजमा सतही रूपमा रहेका समस्या सुल्झाउन ध्यान पुर्‍याउन सक्दछ। कार्यालय प्रमुख जति अनुभवी हुँदै जान्छ त्यति नै त्यागी स्वभावको हुनुपर्दछ। स्वार्थी स्वभावको कार्यालय प्रमुखको सोचाई भएमा उसको अस्िमतामा आफै धमिरा लाग्ने पक्का रहन्छ। सेवा उपलब्ध गराउन सक्रिय स्वभावको प्रमुखले जनताका समस्यालाई समयमै सल्ट्याउन सक्दछ। कार्यालय प्रमुखमा कल्याणकारी सोच र भावना भएको हुनुपर्दछ। समाजलाई सही गतिमा अघि बढाउने अभिभावकको रूपमा उभिन सक्ने कला भएको हुनुपर्दछ। समाजको उत्तेजना र अवस्था अनुरूप वैज्ञानिक कदम चाल्ने खालको क्षमतावान हाकिम कार्यालयमा हुनु परिवर्तित समाजको माग हो। प्राप्त अधिकारको चित्तबुझदो सदुपयोग गर्दै अघि बढ्नु हाकिमको सफलतामा इँट्टा चुलिनु हो। नियम जनमुखी हुन्छ। नियमानुसार जनतालाई सेवा दिन सकेमा जनअन्यायको अवस्था देखा नपर्न सक्छ। संस्थागत दीगोपनामुखी निर्ण सबैको चाहना हो। जनगुनासो त्यतिबेला हुने गर्दछ जब कार्यालयमा नियममाथि टेकेर कार्य अगाडि बढाउन सकिन्छ। नियम बिपरितका कार्य अगाडि बढाउनुमा कसैको भलो हुँदैन्। प्रजातान्त्रिक पद्धति र सहमति विपरीतका कुनै पनि एकलौटी कार्यमा मातहतका कर्मचारीबाट समेत चासो व्यक्त गर्ने अधिकार हुनुपर्दछ। समय र सर्न्दर्भ अनुसार वैज्ञानिक कदम अनुसार अघि बढ्न तल्लो स्तरका कर्मचारीको राम्रा गुनासोलाई समेत ग्रहण गर्न समेत कार्यालय प्रमुख तयार हुन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width