जोनसरलाई आज किन र कसरी सम्झने ?

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७०

वि.सं. १९८९ साल भाद्र २३ गतेका दिन दक्षिणी भारतको केरलामा जन्म भई वि.सं. २०१३ सालदेखि पश्चिमाञ्चल क्षेत्रको शिक्षाको विकास र उन्नयनको क्षेत्रमा निरन्तर रूपा पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका एकजना व्यक्तित्व एवं असल गुरु को नाम जोर्ज जोन।

वि.सं. २०१७ साल भाद्र १७ गतेका दिन पश्चिमाञ्चल शैक्षिक केन्द्र पृथ्वीनारायण क्याम्पसको स्थापना भएको हो। तत्कालीन अवस्थामा १३ जना विद्यार्थी २ जना शिक्षक र १ जना कर्मचारी लिएर अध्ययन अध्यापनको सुरुवात भएको पृथ्वीनारायण क्याम्पस आज देशभरिकै सबै भन्दा धेरै विद्यार्थी अध्ययन गर्ने कलेजको रूपमा विकसित भइरहेको छ। सुरुवातका दिनहरूमा छानोबिनाको छाप्रोबाट अध्ययन अध्यापनको सुरुवात गरिएको यस कलेजमा आज निकै ठूला- ठूला आधुनिक भवन बनिसकेका छन्। आजको दिनसम्म आइपुग्दा समेत त नेपालको निरक्षरताको दर अन्य मुलुकको तुलनामा आसाध्यै डरलाग्दो आवस्थामा देखिन्छ भने आज भन्दा ६७ वर्ष अगाडिको अवस्था कस्तो थियो होला – आजको २१ औ शताब्दी हामी विज्ञान र प्रविधिको युग भनिरहेका छौं। यति धेरै स्रोत साधनहरू उपलब्ध हुने अवस्थामा त काम गर्नमा असहजता रहेको विभिन्न तथ्याड्ढले देखाएको पाइन्छ भने विनास्रोत र साधन त्यति बेला शिक्षाको विकास तथा पृथ्वीनारायण कलेजको विकास र सर्म्वर्द्धन गर्न अवश्य पनि कम चुनौती पूर्ण थिएन। त्यस्तो अवस्थाबाट आजको अवस्थासम्म ल्याइपुर्‍याउने आदरणीय जोर्ज जोनलाई पृथ्वीनारायण कलेजबाट अध्ययन गरिसकेका र अध्ययन गर्दै रहेका विद्यार्थीले कसरी सम्झने अहिलेको मूल प्रश्न यो हो।

टलक्क टल्कँदैमा सबै वस्तु हीरा हुन सक्दैन। पहेलो र टल्कने जलप लगाउँदैमा सबै वस्तु सुन पनि बन्न सक्दैन। कागजको फूलमा गुलाव छर्दैमा अत्तर बन्न सक्दैन। तर जोर्ज जो भने पश्चिमाञ्चलका शिक्षा क्षेत्रको विकास र उन्नयनको कर्ममा रमाउने हीरा नै हो भनेर कतिपय शिक्षा क्षेत्रका अगुवाहरू समेत बताउँदै आएका छन्। किनकी उहाँले आफ्नो जन्मथलो र मातुभूमि जहाँ उन्नत र समृद्ध थियो त्यस्तो ठाउँलाई छाडेर यस्तो अप्ठेरो ठाउँमा आएर काम गर्नुभयो। जहाँ विशाल पहाडै पहाड थियो, मरुभूमि थियो त्यसलाई आज समथर र हरियाली बनाउनुभएको छ। त्यो जोनसरको असल विचार, निस्वार्थ भावना र दूरदर्शीताबाट मात्र सम्भव भएको हो। पृथ्वीनारायण कलेजलाई आजको कलेज बनाउन जोन सरले खेल्नुभएको भूमिकाले मात्र भएकोमा कसैको दुर्इमत छैन। उहाँले निरन्तर रूपमा जस्तासुकै कठिन बाधा र अवरोधलाई चिर्दै अगाडि बढ्नुभयो विचलित कहिल्यै हुनुभएन।

यतिबेला दिनहूँ जसो पत्रपत्रिकामा समामचार पढ्न र सुन्न पाइन्छ कि शिक्षकले विद्यार्थीको आँखा फोडिदिएर विद्यार्थी हस्पिटल, शिक्षक जेलमा। लगायतका घटना सुन्न पाइएको छ। आज शिक्षामा मन्टेश्वरी प्रविधिको विकास भइरहेको छ। शिक्षाकर विद्यार्थीमैत्री वातावराण बनाउन लाखां रुपैयाँ खचर्र सहरका महङ्गा र तारे होटलमा शिक्षकहरूलाई विद्यार्थीलाई कसरी पढाउने, बुझाउने र सम्झाउने भनेर टे्रनिङ गरेर राज्यको कयौ ढुकुटीबाट खर्च भइरहेको छ। तर पनि आज शिक्षक र विद्यार्थी बीचको सुमधुर सम्बन्ध स्थापना हुन सकिरहेको छैन। शिक्षकलाई एक बिहानै देख्नुपर्‍यो भने विद्यार्थीको साइत नपर्ने, शिक्षकले विद्यार्थीलाई देख्नुपर्दा शिक्षकको साइत नपर्ने भन्ने किसिमका संकीण्ा सोचाइ अहिले पनि हाम्रो नेपाली समाजमा विद्यमान छन्।

जतिबेला जोन सरले न कुनै मन्टेश्वरी टे्रनिङ नै लिनुभएको न कुनै शिक्षक विद्यार्थीमैत्री टे्रनिङ नै तर  पनि जोन सर र विद्यार्थीको बीचको जुन खालको सुमधुर सम्बन्ध थियो। जुन खालको सुमधुर सम्बन्ध थियो। जुन किसिमको विद्यार्थीलाई गलत बाटोमा लाग्नबाट सम्झाइ बुझाइ गर्ने तरिका थियो त्यो असाध्यै अविस्मरणीय र उत्कृष्ट तरिका थियो। जुन कुरा एउटा उदाहरणबाट हर्र्न सकिन्छ। जतिबेला कलेजमा अहिलेको जस्तमा रूखहरू थिएनन्। वयर र पातीघारी मात्रै थिए। जब विद्यार्थीलाई सिगरेटको लत लाग्दथ्यो त्यतिबेला भकारीले बारेको चर्पीमा लुकेर विद्यार्थीले सिगरेट पिउँदै गर्दा सिगरेटको धुवाँ बाहिरसम्म आउँदथ्यो। त्यो धुवाँ देखेर जोन सर बाल्टीमा पानि लिएर आउनुहुन्थ्यो। भन्नुहुन्थ्यो ‘ए म त आगो लागेछ भनेर निभाउन आएको त तपाइँहरू सिगरेट पो पिउँदै हुनुहुँदोरहछ भनेर सरले भन्दा विद्यार्थी लाजले पानीपानी हुन्थे र चुरोट फ्याँकेर लुसुक्क भाग्थे। कतिले त चुरोट नै पिउन छाडे पनि जसले गर्दा आजको शिक्षामा पनि यस्तो किसिमको तरिका अपनाउने शैलीको विकास गर्न जरूरी छ। जसको असर आम विद्यार्थीमा पर्न सकोस्।

एकजना विदेशको मान्छे नेपालमा आएर पोखराको जनजनसँग स्थापित भएको देख्दा सुरु सुरुमा कतिपय मानिसले शड्ढाको दृष्टिले मात्र हेरेनन्। कतिपय अवस्थामा विभिन्न किसिमका आरोप पनि लगाए। कतिपयले त्यतिबेला क्रिश्चियन धर्मको प्रचार गर्न आएको भनेर आरोप पनि लगाए, जुन कुरा यदाकदा अहिले पनि सुन्नमा पाइन्छ। यद्यपि यी सबै कुरा आरोपका निमित्त आरोप मात्र हुन भन्ने कुराको प्रमाण उहाँले यस क्षेत्रमा गरेको कर्मले प्रमाणित गरिसकेको छ। यस बाहेक त्यतिबेला कतिपयले केरलाको कम्युनिज्मको बिउ रोप्न आएको ठाने त कतिले नेपालको आन्द्राभुँडी फेला पार्न आएको भारतीय ब्वाँसो पनि भनेर आरोप लगाए। तर ती सबै आरोप र प्रत्यारोपलाई चिर्दै उहाँ निरन्तर रूपमा कलेजको विकास निर्माण, अन्तरनिहित सरलता, निश्चलता र निस्वार्थ भावले माथि उठेर कर्म गर्दै अगाडि बढेपछि हिजो ती आरोप लगाउने मानिस समेत श्रद्धा र स्नेह गर्न थाले।

जोन सरजस्ता सर्वगुण सम्पन एक सय जना मान्छे नेपालमा हुने हो भने यो देश स्र्वर्ग बन्न सक्दछ। त्यसैले हामीलाई धेरै जोनस चाहिएको छ। आ आफ्नो क्षेत्रमा इमान्दारीपूर्वक काम गर्ने जनशक्ति देशमा हुने हो भने देश यस्तो लथालि· हुने थिएन। पराईको देशमा आएर काम सिप र विवेकको प्रयोग गरी लाखौं विद्यार्थीलाई बाटो देखाउनु चानचुने काम थिएन। जसले पिएन क्याम्पसलाई आफ्नो घर सम्झेर काम गर्नुभयो। आफू घरमूली बनेर, शिक्षक, विद्यार्थी र कर्मचारीलाई एकै परिवारका सदस्य बनाएर सेवा भावले, इमान्दारीपूर्वक जुन कुशल नेतृत्व गर्नुभयो त्यस्तो नेतृत्व यतिबेला राष्ट्रले मागिरहेको अवस्था छ। जो उहाँका शुभचिन्तकहरू बताउँदै आएका छन्। केल एउटा जागिरे जीवन विताउन परदेश आएको मान्छे शिक्षाको ज्योति ल्याएर पश्चिमाञ्चललाई नै उज्यालो पार्नुभयो। जागीरे जीवनबाट माथि उठेर निष्टा र कर्मशील भावले जुन किसिमको योगदानले समर्पित बन्नुभयो त्यसले मात्र आजको पोखरा र शिक्षाको विकास सम्भव भएको हो।

वि.सं २०१३ सालदेखि पोखरा आउनुभएको भए पनि वि.सं.. २०३३ सालमा मात्र उहाँलाई राज्यले सम्मानित नागरिकता उपलब्ध गराएको थियो। स्कुल जीवनदेखि नै अरु विद्यार्थी भन्दा कम उमेरका रूपमा देखिने जोन सर कलेजमा पनि त्यस्तै हुनुहुन्थ्यो। सबै साथीसँग घनिष्ट सम्बन्ध राख्न सफल जोन सरलाई जिवन साथीको रूपमा कसैका आँखाले पढेका थिएनन्। तर पनि उहाँले विवाह गर्ने बेलमा भने केटी नहेरी परिवारले गरेको निर्णयमा सहमत हुनुभएको थियो। वि.सं. २०१८ सालमा केरलाको एकजना सुन्दरी एलियाम्मासँग उहाँको बिहे भएको थियो। मद्रास, मुजफ्फरपुर सुगौली रक्सौल हुँदै अमलेख गञ्चसम्मको उहाँहरूको हनिमुन यात्रा भएको थियो। जीवनमा जतिसुकै दुःख कष्ट, बाधा व्यवधान आइपरे पनि कहिल्यै मनमुटावपूर्ण जीवन विताउन नपरेको जोन सर र मेडम बताउनुहुन्छ। अहिले पनि उमेरका हिसाबले नेटो काटेको भए पनि उहाँहरूको जीवनको २०-२२ वर्षे हनिमुन जोडीको भन्दा कम रमाइलो नगर्ने, ख्याल ठट्टा गर्न मन पर्ने उहाँहरू बताउनुहुन्छ।

जोन सर पृथ्वीनारायण क्याम्पसको मात्र नभएर समग्र पश्चिमाञ्चल क्षेत्र र राष्ट्रकै शिक्षा क्षेत्रको शिक्षालयहरूमा आफ्नो जीवन समर्पण गरिसक्नुभएको छ। पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र क्याम्पस बागलुङ, दीपेन्द्र प्रहरी महाविद्यालय, गौरीशंकर क्याम्पस, जनप्रिय क्याम्स, माउण्ट अन्नपूर्ण क्याम्पस, गण्डकी बोर्र्डिङ स्कुल, सेन्ट मेरिज, वालिङ क्याम्पस, वन्दिपुर क्याम्पस, त्रि.वि.वि. पोखरा विश्वविद्यालय  लगायतका ठाउँमा प्रमुख, अध्यक्ष, सल्लाहकार, संयोजकलगायतका विभिन्न किसिमका भूमिकाले दर्जनार्ं शिक्षालयमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ। विशेषगरी उहाँले अध्ययन अध्यापन गराएका विद्यार्थीहरू नेपालको मात्र नभई विश्वका नै महत्त्वपूर्ण निकायमा अहिले पदासिन रहेका छन्। ती विद्यार्थीहरूले आज जोन सरको सम्झनामा जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा आयोजित शिक्षासेवीको सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई के कसरी सम्झना गर्न सक्छन् सम्झने प्रयास गरून् भन्ने हाम्रो अपेक्षा हो।

वि.सं. २०५३ सालमा पृथ्वीनारायण क्याम्पसबाट आफ्नो प्राध्यापन पेशालाई पूरा गरेर बिदाइ भएर जान लाग्दा शिक्षक, विद्यार्थी कर्मचारी सबैका आँखाबाट टलपल आँसु बगिरहेका थिए। सोही दिनमा प्राध्यापक सङ्घको अगुवाइमा जोर्ज जोन शिक्षा प्रतिष्ठान नामक संस्था स्थापना भयो। संस्था स्थापना भएपश्चात् यसले पश्चिमाञ्चल क्षेत्रको शिक्षा क्षेत्रमा  महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरू गरिब तथा जेहन्दार विद्यार्थी एवं असहाय र अशक्तलाई समेत सहयोग र सम्मान गर्दै आइरहेको छ। यसै क्रममा संस्थाले पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरूलाई समयको महत्त्व बुझाउनका लागि निर्माण गरिएको क्लक टावरको समुद्घाटन नेपालका सम्मानीय उपराष्ट्रपति परमानन्द झाले गर्दै हुनुहुन्छ। सँगसँगै शिक्षासेवीको सम्मान र विभिन्न तह र सड्ढायमा उत्कृष्ट अड्ढ प्राप्त गर्ने। विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम समेत रहेको छ।

यतिबेला राष्ट्र निकै नै सड्ढटपूर्ण अवस्थाबाट गुजिरहेको अवस्थामा छ। विभिन्न जात जात र धर्मका आधारमा जुन खालको विभेद छ। हिमाल, पहाड र तराईका आधारमा जनु खालका विभेद उत्पन्न भएका छन् ती सबैखाले विभेदको अन्त्य गर्न आवश्यक छ। यसै क्रममा आज यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्मानीय उपराष्ट्रपति उपस्थित हुनुहुन्छ,। सँगसँगै जोन सरसँगको सामीप्यताले सम्माननीय उपराष्ट्रपति पोखराबाट काठमाडौं फर्किएपश्चात् यतिबेला देशका लामो देखिएको सङ्क्रमणकालिन अवस्था र कमजोर बन्दै गइरहेको भ्रातृत्वपनलाई न्यानो बनाएर मुलुकलाई एकतावद्ध रूपमा अगाडि  बढाउनका लागि उहाँलाई त्यस्तो किसिमको शक्ति प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्दै आदरणीय असल गुरु जोर्ज जोनप्रति हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु।

(लेखक जोर्ज जोन शिक्षा प्रतिष्ठानका सदस्य एवं पृथ्वीनारायण क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width