श्रद्धेय सन्तबहादुरप्रति भावपूर्ण श्रद्धासुमन

यम पौडेल
चैत्र १, २०७५

आज सन्त बहादुर दाइ दिवंगत हुनुभएको एक हप्ता भएको छ। दिन रात पूरै नरमाईलो भएर बितेको छ। पटकपटक स्तब्ध बनाएको छ खबरले। विचलित बनाएको छ सम्झनाले। उहाँ मट्टिखान क्षेत्रको मार्गनिदेर्शक हुनुहुन्थ्यो। पोखरा सेरोफेरोको होनहार सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। पोखराका हरेक विचारका तमुहरुमाझ मात्र हैन, सबै जनजाति विशेषका प्रिय हुनुहुन्थ्यो। सामाजिक प्रतिष्ठामा हुनुहुन्थ्यो। राजनैतिक अस्ितत्वमा हुनुहुन्थ्यो। वर्तमानमा तमु धीँ नेपालका वरिष्ठ उपाध्यक्ष भएपनि बौद्ध अर्घौ सदन, कालिका वहुमुखी क्याम्पस, तमु धीँ, माछापुच्छ«्रे बँैक, पाँच गाउँले समाज, लगायत धेरै अब्बल पोखरेली सँघ सँस्था र वित्तीय संस्थाको अग्रज तथा सँस्थापक हुनुहुन्थ्यो।

वरिष्ठ समाज सेवी दाइप्रति हामी गौरव गर्दथ्याँै। त्रूmर नियतिले उहाँलाई घर परिवार समाज सँसार सबैबाट टाढा बनायो, निष्ठूरी समयचक्रको चक्रब्यूहमा दाइ पर्नुभयो, हामी मट्टीखानेलाई त टुहुरै बनाएर जानुभयो। यस दुखद घडीमा उहाँको दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाँै साथै शोक सन्तप्त परिवारतर्फ आदरणीय भाउज्यू कमला, डा. गहना समेतका बहिनीहरु, भाइ, बुहारी साथै आदरणीय डा. गणेश गुरुङ दाइ र परिवार तथा आत्मीय रोश गुरुङ र परिवार लगायत सबै उहाँका अन्य प्रियजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी भगवानसँग प्रार्थना गर्दछौँ। अब उहाँ हाम्रो सामु हुनुहुन्न तर उहाँका विचारहरु बोलीहरु हाम्रा सामु छन् तस्िबरहरु हाम्रा सामु छन्। उहाँले बोलेको भिडियो पनि सुरक्षित राखेका छौँ।

साह्रै नजिकका मानिस गुमाउँदाको पीडा कस्तो हुन्छ सबैलाई थाहा भएको कुरा छ, न केही लेख्न मन लाग्छ न केही बोल्न मन लाग्छ यस्तैमा हप्ता बितेपछि दाइको सम्झनामा केही हरफ लेखेर श्रद्धाञ्जली नलेखी आज फेरि यो मन मानेन। खासै लामो बिमार नभई दाइलाई निष्ठुरी दैवले लगेजस्तो लागेको छ। कतिलाई त दाइ बिरामी भएको पनि थाहा थएन होला। बिसञ्चो भएर इण्डिया जानुभएको छ भन्नेसम्म थाहा भएको थियो तर यति छिट्टै केही होला जस्तो लागेको थिएन, फागुन १८ गते बिहानै पोखराबाट कालिकाकोटको वर्तमान अध्यक्ष चित्र पौडेल दाइको फोन आयो, मट्टिखानबाट पनि फोन आयो, डा. सि बि गुरुङ दाइसँग पनि तत्काल कुरा भयो। सन्त बहादुर दाइको स्वर्गवास भयो हामीबीच रहनुभएन भन्ने पुष्टि भयो त्यसपछि दाइको अनुहार आँखा अगाडि घुमिरह्यो।

समाजसेवामा सन्तबहादुर

सामाजिक क्षेत्रमा सक्रिय दुख, सुख, न्याय अन्याय सजिलैसँग बुझ्न सक्ने सन्तदबहादुर गुरुङको निधनले कास्की र स्याङ्जा जिल्लालाई नै अपूरणीय क्षति पुर्याएको छ। गुरुङको छोरा भएपनि उनी न त बिदेश नै गए न त कुनै देशको सेना–पुलिसमा नै भर्ती भए।

स्याङ्जा फेदीखोला गाउँपालिका–१ कर्मीडाँडामा वि.सं. २००५ साल वैशाख ३० गते जन्मिएका सन्तबहादुर गुरुङको ७० वर्षको उमेरमा यही फागुन १८ गते निधन भयो। आफ्नो जीवन कालमा उनले थुप्रै योगदान पुर्याउनुको साथै प्रशंसीत र सम्मानित समेत भएका छन्।

सन्तबहादुर गुरुङ कालाभैरब पुरातात्विक मन्दिर नुवाकोट स्याङ्जाबाट सम्मानित हुनुको साथै उक्त संस्थाको आजीवन सदस्य समेत थिए। कास्कीको कृस्ती मट्टीखान कालिकाकोट संरक्षण समिति कृस्तीबाट सम्मानित उनी बौद्ध अघौर्ंसदन पोखरा—१० बाट सम्मानित भए। यसैगरी चण्डीडाँडा मावि फेदीखोलाबाट शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मानित, तमु धिं नेपालको केन्द्रीय समितिका वरिष्ट उपाध्यक्ष तथा विभिन्न समयमा सम्मानित भएका थिए। पोखरा काजीपोखरी स्थित कालिका वहुमुखी क्याम्पसको संस्थापक सदस्यका साथै क्याम्पस संचालक समितिका उपाध्यक्ष समेत रहेका उनी क्याम्पसबाट सम्मानित समेत भएका थिए। त्यस्तै सिद्वार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा गरिएको महायज्ञमा सहयोग गरेका थिए।

त्यस्तै पोखराको माछापुच्छ्रे बैंकको निदेर्शक तथा उपाध्यक्ष, गण्डकी हाइड्रोपावर कम्पनीको शेयर सदस्य रहनुको साथै स्याङ्जा फेदीखोलाको पाँचगाउँले समाजलाई उनले महत्वपूर्ण योगदान पुर्याएका थिए।

दाइसँग मेरो अगाध स्नेह, श्रद्धा र मित्रता थियो। दाइको विचार, दाइका काम र योगदानहरुले मानसपटलभरी मडारिए। उहाँको र मेरो सम्बन्धको डोरी निकै लामो थियो। मलाई स्वदेशबाट बेलाबखत फोन गर्नुहुन्थ्यो दाइले। गाउँठाउँबाट टाढा हुन भएन केही गर्नु पर्यो भन्नेमा जोड दिनुहुन्थ्यो। उहाँ विदेश कहिल्यै जानुभएन पूरा जीवन स्वदेशमै बिताऊनुभयो। देशकै सेवा गर्नपर्छ समाजकैै ऊन्नति प्रगतिमा लाग्न पर्छ भन्नुहुन्थ्यो। उहाँले धेरैलाई बाटो देखाउनुभएको छ धेरैको कल्याण गर्नुभएको छ, न्याय दिलाउनुभएको छ, अदालत धाउनु भएको छ साच्चिनै उहाँ समाजलाई बाटो देखाउँने दियो हुनुहुन्थ्यो। विकास निर्माणमा सँगसँगै हिँडाउने मियो हुनुहुन्थ्यो। जो जहाँ बसून खोजी खोजी पहिल्याउनु हुन्थ्यो। आफ्नालाई माया गर्नुहुन्थ्यो। गाउँ ठाउँका सबैप्रति चासो खाँचो राख्नुहुन्थ्यो, राम्रो गनेर्लाई हौसला दिनुहुन्थ्यो, सहयोग मा जुट्नुहुन्थ्यो।

उहाँले समाज राम्ररी बुझ्नुभएको मैले पाउथेँ। समाजका हरेक समस्या पहिल्याउनु हुन्थ्यो। समाज कस्तो छ कसरी चल्न सकिन्छ, कसरी विकास गर्न सकिन्छ, नीति नियम कस्तो छ, देशमा कानूनी कुरा कस्ता छन, कुन च्यानल जानुपर्छ सल्लाह दिइरहनु हुन्थ्यो, समाजमा के गर्दा कस्तो नतीजा आउँछ पहिल्यै बताउँनुहुन्थ्यो। हामीले कृष्ती कालिकाकोट विकास निर्माण तथा व्यवस्थापन समिति गठन गरेपछि यस मार्फत मट्टिखानलाई माया गर्ने गाउँवासी, पोखरावासी, र काठमाडौवासीलाई नजोडी मट्टीखानको विकास गर्न असम्भव छ भन्ने हामी दाजुभाइ बीच विशेष सल्लाह हुने गर्दथ्यो त्यसपछि मात्र हामीले तिनै ठाउँका मानिस एउटै मिसनमा ल्याएका हौँ।

त्यसपछिमात्र पोखरा काठमाडौमा एउटा मट्टिखानेले अर्को मट्टिखानप्रेमीलाई चिन्ने चौतारी चिनिएको हो। उहाँले समाजको, आफन्तको वेदना, संवेदना, दुःख, सुख, न्याय अन्याय सजिलैसँग बुझ्नुहुन्थ्यो। जस्तोसुकै शक्तिशाली देखिऊन्, जुनसुकै राजनैतिक गर्ने मानिस किन नहोऊन् अप्ठ्यारो पर्दा पोखरामा उहाँसँग सरसल्लाह लिन पुगेको र उहाँको साथ खोजेको मैले पाउँथेँ। उहाँलई नलिई अदालत नजाने मान्छेहरु पनि निकै देखेँ। अर्कै राजनैतिक पार्टीको भए पनि आफ्नो समस्याको लागि दाइसँग हिँडनेहरु निकै हुन्थे। वास्तवमा दाइको जिन्दगी दौडादौडकै हुने गर्दथ्यो पोखरामा।

अर्को कुरा उँहा भन्नुहुन्थ्यो काम गर्ने मानिसलाई पोष्ट चाहिँदैन। हुन पनि मट्टीखान क्षेत्रका जनताले चाहन्थे उहाँलाई मोटरबाटोको अध्यक्ष बनाउन, अस्पतालको अध्यक्ष बनाउन, स्कूलको अध्यक्ष बनाउन, पर्यटन र भ्युटावरको अध्यक्ष बनाउन,खानेपानी प्रोजेक्टको अध्यक्ष बनाउन, कालिकाकोटको अध्यक्ष बनाउन तर उहाँले मान्नुहुन्नथ्यो अरु कसैलाई बनाऊनु हुन्थ्यो र आफू ब्याक सपोर्टमा बसेर सँगसँगै हिँड्नुहुन्थ्यो, पूरा जिम्मेवारीपूर्ण ढँगले काम गर्नुहुन्थ्यो। जसले गर्दा मट्टिखान क्षेत्रमा धेरै कामहरु भए यो मलाई उहाँको साह्रै मन परेको पक्ष हो। काम गर्ने मान्छेले सदस्य भएर पनि अध्यक्षको काम गर्न सक्छ भन्ने उदाहरण समाजमा उहाँले दिनुभएको छ।

मलाई लाग्छ पोखरामा उहाँले चाहेको भए कुनै वडाको वडाध्यक्ष को त कुरा छाडाँै तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुख पनि हुन सक्नुहुन्थ्यो, राजनैतिक पार्टीको अध्यक्ष हुन सक्नुहुन्थ्यो, माछापुच्छ«्रे बैँकको, कालिका क्याम्पसको, बौद्ध अघौर्ँ सदनको, अन्य समाजको, धेरै सँघ सँस्थाको र वित्तीय सँस्थाको प्रमुख हुन सक्नुहुन्थ्यो तर उहाँ प्रमुख हुनुभएन, बरु प्रमुखलाई पूरा साथ दिएर सफल बनाऊनु भयो दाहिने हात भएर साथ दिनुभयो सँस्था उँभो लगाउनुभयो सबैलाई समेटनुभयो। सभा समारोह मिटिङ र छलफलहरुमा दाइका तर्क र विचारलाई कसैले जित्न सक्ने थिएनन्, सबैले ध्यान दिएर सुन्दथे, सन्तबहादुर दाइ नभएको मिटिङ खल्लो हुने गर्दथ्यो हामीलाई। सन्तबहादुर दाइ र मेरो राजनैतिक आस्था फरक भएपनि व्यवहारिक र सामाजिक रुपमा हामी साह्रै नजिक थियौँ।

मेरो सामाजिक काम गराइलाई दाइले निकै साथ दिनुभयो हौसला दिइरहनु हुन्थ्यो, कहिले त बिहान उठेदेखि बेलुकासम्म दाइभाइ मट्टिखान क्षेत्रको विकास निर्माणमा सँगै हुन्थ्याँै। कैयौँ दिन दिनरात सगैँ पनि भयौँ। काठमाडौ पोखरा गरिरहन्थ्यो। दाइ र मेरो साह्रै गाढा मित्रता थियो। उहाँसँगका मेरा धेरै प्रेरणदायी अनुभव अनुभूतिहरु छन जुन व्याख्या गरेर साध्यै छैन। उहाँ कतिपय सँघ सँस्थाको सल्लाहकार र धेरैमा उपाध्यक्षमा रहने गर्नु हुन्थ्यो।

मट्टिखान क्षेत्रको एकीकृत विकासको क्रममा हाम्रो साह्रै मिल्ने एउटा टिम थियो। त्यसमा क्याप्टेन आइ बि गुरुङ, स्व. सु लालकाजी गुरुङ, म यम पौडेल, सु. चित्र पौडेल, वकील हरिराज पोखरेल, भू पू उपसचिव देवी बहादुर थापा, झम गुरुङ, सु. दीप गुरुङ, स्व.सु. गम गुरुङ, चीनकाजी गुरुङ, माया श्रेष्ठ, पुण्डरी पौडेल,वीरबहादुर गुरुङ, हर्क बहादुर रेग्मी, बुद्धि कार्की, ज्ञानेन्द्र बराल, कप्तान बलबहादुर गुरुङ,पूर्ण बहादुर थापा, जुक्त बहादुर क्षत्री, नरकाजी गुरुङ, झङ्कनाथ पौडेल, समेतको एऊटा टिम थियो यही टिममा बेलायतबाट आएका बखत पूरा साथ दिने डा. चन्द्र बहादुर गुरुङ पनि हुनुहुन्थ्यो यही टिम मट्टीखानको बृहत्तर हितमा लागीपर्दथ्यो जे पर्दा पनि हामी मध्ये नै कोही कहाँ कोही कहाँ खटिन्थ्यौँ। यसमा सन्तबहादुर दाइ जहाँ पनि हुनु पर्थ्यो। यस टिमको ऊर्जा नै सन्तबहादुर हुनुहुन्थ्यो। सन्तबहादुर दाइ हुनुभएन भने सबैलाई नरमाईलो लाग्दथ्यो। अब त हामीले कहिल्यै उहाँलाई भेटन नपाउने भयौँ। पक्कै पनि उहाँको देहावसानले हामी सबैलाई अपूरणीय क्षति पुगेको छ।

पछिल्लोपटक चण्डीडाँडा मा. बि .को २०७५ माघ ७, मा भएको हिरक महोत्सको तयारीको क्रममा सन्तबहादुर दाइले मलाई फोन गरेर भन्नुभएको थियो ‘मट्टीखानको पछिल्लो विकास क्रमको बारेमा स्कूलले प्रकाशन गर्ने स्मारिकामा एउटा राम्रो लेख लेख्नू’। लेखसहित स्कूललाई आफ्नो तर्फबाट पचास हजार सहयोग दिने सोच बनेको कुरा हेडसरलाई भनेको थिएँ। अर्को दिन हेडसर बालकृष्ण बरालले पुनः फोन गरेर भन्नुभयो ‘स्कूलको डायमण्ड जुब्ली तयारी भेलामा सन्त बहादुर दाइले सबैको अगाडि भाषणमै भन्नुभयो यमको तर्फबाट स्कूललाई एकलाख आउँछ त्यसको जिम्मेवार म भएँ सबैजना ढुक्क हुनु भनेर सन्तबहादुर दाइले भन्नुभएको छ पचास हजारले भएन सर’ तपाईले पचास हजार थप्नुपर्ने भयो ‘हेडसरले यो कुरा सुनेपछि म सोच्न बाध्य भएँ “सन्त बहादुर दाइले भनेको कुरा मैले कहिल्यै नाइँ भनिन यो कुरा उहाँलाई थाहा थियो। विचार गरेर नै उहाँले बोल्ने बानी मैले सम्झिएँ र ओ के गरेँ। पछि ई.कृष्ण गुरुङ दाइसँग पनि यही कुरा भनेँ ‘सन्त बहादुर दाइले मबाट एकलाख आउँछ भनेर भन्नुभएको रहेछ हजुरले पनि भन्नुभयो पचास हजार मात्र थियो मसँग। म अव एकलाख पुर्याउँनेछु भन्ने वचन दिएँ र पछि थप पचासहजार सहित एकलाख नै पुर्याएर हेडसर र आर्थिक सँयोजक भाइ हरि सुवेदीलाई दिने भनी दुईपटकमा पैसा पठाएँ।

हेर्नुस त सन्त बहादुर दाइले मलाई कति नजिक राख्नुहुन्थ्यो कति माया गर्नुहुन्थ्यो कति विश्वास गर्नुहुन्थ्यो भरोसा राख्नुहुन्थ्यो। गाउँ ठाउँलाई कति माया गर्नुहुन्थ्यो। विकासका लागि कसरी सहयोग जुटाउनुहुन्थ्यो। अब हामीले सन्त बहादुर दाइजस्तो सक्षम सामाजिक व्यक्तित्व कहिले पाऔँला र ! दाइको याद हामीलाई बाँचुन्जेल खडकिरहनेछ। दाइको माया हामीलाई जीवनभर बल्झिरहनेछ। सन्त बहादुर दाइले समाजलाई लगाउनुभएको गुन मट्टीखान क्षेत्रको विकासमा पुराएको योगदान, पोखरा र सेरोफेरोमा पुराएको वलिदान सदा सदा खडकिरहनेछ।

दाइ हजुर सदा सदाको लागि जानुभयो। समयले फूलाउँछ फलाउँछ अन्ततोगत्वा चुँडाउँछ भन्थे यस शाश्वत सत्यलाई आत्मसात गर्नुपरे पनि हामीलाई हजुरको परमधाम साह्रै ठूलो बिडम्बना भएको छ दाइ ! मलाई साह्रै दु:ख लागेको छ हजुरलाई अन्तिम बेलामा बोलाउन पाईन हजुर दिवंगत भएपछि घाटमा जान पाईन हजुरको घरमा भाउज्यूलाई बोलाउन जान पाइन मलाई माफ गर्नु होला दाइ सबै कुरा सोच्दा हामीलाई चित्त बुझाऊन साह्रै गाह्रो भएको छ। हामी पुनः मिलेर केही गरौँला भन्ने धोका थियो दाइको मार्गदर्शन पाऊने आशा थियो यी सबै सोच अधुरा हुने भए। हजुरको भौतिक शरीर हाम्रा सामु नरहे पनि हजुरको माया सोच विचार योगदान बलिदान कृति आकृति प्रेरणा हामी बीच जीवन्त रहनेछन्, अमर रहनेछन् हजुरलाई श्रद्धा गर्ने माया गर्ने हाम्रो मट्टिखानमा हजुर युग युग बाँचिरहनु हुनेछ भन्दै स्वर्गवासी दाइ सन्तबहादुरप्रति शब्द श्रद्धाञ्जली, भावपूर्ण श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width