पुरुष फुटबलको गतिविधि जारी रहेको बेलारुसमा महिला फुटबल स्थगित

एजेन्सी
वैशाख ५, २०७७
Belarus Womens Football

पुरुष फुटबल सुचारु रहेको बेलारुसमा महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको छ ।

कोरोना भाइरसको कारण त्यहाँ महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको बेलारुस फुटबल संघले विज्ञप्तीमार्फत जनाएको छ ।

युरोपमा अन्य ठूला प्रिमियर घरेलु लिग स्थगित भएको अवस्थामा बेलारुसमा पुरुष फुटबल प्रतियोगिता जारी नै रहेको छ । पुरुष फुटबल भने जारी रहने बेलारुस फुटबल संघले जनाएको छ ।

संघले विज्ञप्तीमा भनेको छ, ‘सन् २०२० को प्रारम्भमै महिला फुटबल सुरु हुनुपर्ने थियो । चार महिनासम्म प्रतियोगिता शुरु हुन नसक्दा महिला फुटबल स्थगित गर्नुपरेको छ ।’

‘अहिले अनिश्चितकालका लागि महिला फुटबल स्थगित गरेका छौँ,’ संघले जारी गरेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ,’ ‘महिला फुटबलका केही खेलाडीमा संक्रमण देखिएकाले प्रतियोगिता नै स्थगित गर्नुपरेको हो ।’

बेलारुसमा कोरोना भाइरसबाट बुधबारसम्म बेलारुसमा ३ हजार ७ सय ७८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । त्यहाँ भाइरसबाट ३६ जनाको निधन भएको छ । तरपनि, रंगशालामा दर्शकको उपस्थितिमै फुटबल नियमित भइरहेको छ ।

राष्ट्रपति एलेसान्डर लुकासेन्कोले लकडाउन घोषणा गर्दापनि गत महिना आइस हक्कीको लिगमा दर्शकको उपस्थिति थियो । बेलारुसका पर्यटकमन्त्री सजिई कोभाल्चोकले लकडाउनको अवस्थामा खेलकुद गतिविधि रोकिनुपर्ने कारण नभएको बताउँदै आएका छन् । कोभाल्चोकले भनेका छन् ‘खेलकुदका च्याम्पियनसीप रोकिनुहुन्न । हामीले पुरुष फुटबल खेल जारी नै राखेका छौँ ।’

पछिल्लो समयमा पुरुष फुटबल प्रतियोगितामा दर्शक आउन छाडेका छन् । दर्शक भाइरसबाट संक्रमित हुन सक्ने डरले रंगशालामा आउन छाडेको पर्यटकमन्त्री कोभाल्चोकले बताए । रंगशालामा आउने दर्शकको संख्या ७० प्रतिशत घटेको मन्त्रीको भनाई छ । राज्यले समर्थकलाई अनिवार्य रूपमा रंगशालामा उपस्थिति हुनुपर्ने निर्देशन नदिएको उनले दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width