Worldlink ads

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
pokhara_office_photo

पोखरा । पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ ।

नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए । यो टोल फ्रि नम्बर ११८१ मा कार्यालय समयमा फोन गरेर गुनासो टिपाउन र कोरोना महामारीलाई रोकथाम गर्न रचनात्मक सुझाव पनि दिन सकिने छ ।

पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरी लकडाउनको बेला समस्यामा परेका अति विपन्न र दैनिक ज्यालामजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ भने उक्त राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले टोल फ्रि नम्बर फोन गर्न सकिनेछ । समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।

Related News

सम्बन्धित समाचार

    • नागरिक समाजको स्थापना दिवसमा चौतारी सफाइ

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा, ३ असोज । नागरिक समाज कास्कीले आफ्नो ११ औं स्थापना दिवस अवसरमा चौतारी संरक्षण अभियानअन्तर्गत चौतारी सरसफाइ गरेको छ…
    • सयपत्री सहकारीको साधारणसभा

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार भएको छ । गत भदौ २४ देखि २७…
    • पोखरा बचत सहकारीमा नयाँ सञ्चालक समिति

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था, नयाँबजारको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले पुनः इ.सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • ‘मातृशिशु मितेरी अस्पताललको सेवा उल्लेखनीय’

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनीय…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads