Worldlink ads

पोखराले दियो कास्कीका ४ गाउँपालिकालाई पिपिई

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७
ppe 1

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई पिपिई हस्तान्तरण गर्दै

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०, १० थान पिपिई मंगलबार प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न पोखरा महानगरले दुखमासँगै छौं भन्ने सन्देश दिन सामग्री हस्तान्तरण गरेको बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई पिपिई हस्तान्तरण गर्दै ।

उनले केही महानगर आफैले र केही दाताहरुबाट पिपिई व्यवस्थापन गरी गाउँपालिकासहित ८ संस्थालाई वितरण गरेको जानकारी दिए । व्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएकाले महानगरले पिपिई व्यवस्थापन गरेको र यसले स्वास्थ्यकर्मीको मनबोल बढाउने विश्वास महानगरले लिएको जिसीको भनाइ छ । जिसीले करिब १६ लाखको पिपिई खरिद गरी विभिन्न संघ संस्थालाई उपलब्ध गराइएको जानकारी दिए ।

पिपिई बुझ्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले महानगरले गरेको सहयोग सह्रानीय रहेको बताउँदै पिपिई नहुदाँ गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब भने सहज हुने बताए ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत ध्रुबकुमार पोखरेले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलले पिपिई हस्तान्तरण गर्दै ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले यो पिपिई पुन प्रयोग गर्न मिल्ने किसिमको भएको बताए । उनले कोरोना भाइसरका कारण स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अति आवश्यक भएको बताए ।

पोखरा महानगरपालिकाले यसअिघ गण्डकी प्रदेश सरकारलाई १ सय थान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय थान हस्तान्तरण गरिसकेको प्रमुख जिसीले बताए। पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पताललाई ४० पिपिई दिइने जानकारी दिए । महानगरले आठ वटा संस्थालाई गरी ३ सय २० थान पिपिई हस्तान्तरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

    • पोखराको बजेट खर्च ६६ प्रतिशत

      रासस असाेज १, २०७८
      गण्डकी । पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण विकासका काम ठप्प…
    • बतास फाउन्डेसनलाई सहयोग

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा । तमु परिवार न्युयोर्क इन्कले बतास फाउन्डेसनलाई ५ लाख २० हजार सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहत्…
    • पैरावन गाउँ लायन्स नमुना उद्यमी गाउँ

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा, ३१ भदौ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको यस वर्षको लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियानअन्तर्गत बुधबार…
    • वक्तृत्वकला प्रतियोगितामा समिति प्रथम

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      हेमजा । माछापुच्छ्रे गाउँपालिकाले बाल दिवस अवसरमा अन्तरमाविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा निष्पक्ष माविकी समिति बरालले प्रथम स्थान…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads