हेमजा, २६ चैत।विश्वभर फैलिएको कोरोना भाइसर९कोभिड १९० को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै पोखरा–२५, हेमजामा विभिन्न क्रियाकलाप संचालन भइरहेका छन्।
वडा कार्यालयको पहलमा जारी उक्त अभियानमा अस्थाई प्रहरी पोष्ट हेमजा, सामुदायिक प्रहरी सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजा, स्थानीय आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका, युवा क्लव लगायतले सघाइरहेका छन्।
अभियान अन्तरतग जनचेतनाका लागि बुधवारसम्म कुल १३ दिन माइकिङ गरिएको छ ।त्यस्तै कुल ७ सय ६५ जना विपन्न तथा दैनिक ज्यालादारी मजदुर लगायत जोखिममा परेका व्यक्तिको पहिचान गरी महानगरमा राहातका लागि सिफारिस पनि गरिसकिएको छ।एक दुई दिन भित्रै राहात वितरण गर्ने व्यवस्था मिलाउन लागिएको वडाध्यक्ष शोभाकर तिम्सिनाले जानकारी दिए।
त्यसैगरी भाइसरको संक्रमण यता विदेशबाट आएका कुल १८ जनाको पहिचान गरी उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै वडा छिर्ने नाकालाई मध्यनजर गरी नागरिक स्तरमा विशेष जिम्मेवारी प्रदान गरी त्यसलाई कढाई पनि गरिएको छ।
जस अन्तरगत फेदी, सुईखेत, मिलनचोक मेलवोट माथिल्लो बाटो, मिलनचोक मेलवोट तल्लो बाटो, मर्दी, माथिल्लो झिर्झिका, वडहरे सापकोटाचोक, साँझा खुट्टाको गौँडा र याम्दी क्षेत्रलाई लक्षित गरी नागरिक स्तरमा जिम्वेवारी दिइएको हो।
सरकारले गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयका लागि नाकाहरुमा अत्यावश्यक काम बाहेक ओहोरदोहोर गर्ने, परिचित तथा अपरिचित व्यक्ति र यातायातका साधनको नियन्त्रण, मर्निङ वाक तथा इभिनिङ वाकका बाहनामा हुने अनावश्यक भिड नियन्त्रण, होटेल तथा रेष्टुरेन्टमा जम्मा हुने समूह र सार्वजनिक स्थलमा जुवा तास खेल्ने लगायतका अवाच्छित क्रियाकलाप रोक्नका लागि स्थानीयस्तरबाटै स्वयम्सेवी भूमिका अति आवश्यक देखिएकोले नागरिक स्तरमा जिम्मेवारी दिनुपरेको पनि वडाले जनाएको छ।
वडाले माइकिङमा विशेष रुपमा प्रहरीलाई खटाएको छ ।अझै ५, ७ दिन माइकिङ गर्ने योजना पनि वडाको छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१