प्रदेश अब बागलुङ केन्द्रित

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७६
20200321_100356

बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ। संघीय सरकारकाे शनिबारकाे बैठकले बागलुङ सहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा साे टेष्ट गर्ने निर्णय गरेकाे थियाे ।

बागलुङमा हालसम्म २ महिलामा काेराेना संक्रमण देखिएकाे हाे। उनीहरू दुबैकाे धाैलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।
सरकारकाे निर्णयसँगै गण्डकीकाे पनि सम्पूर्ण ध्यान त्यतातिर लगाउनुपर्ने अवस्था आएकाे जानकारी सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदविन्दु शर्माले दिए।

उनले भने, प्रदेशका अन्य जिल्लामा सामान्य हुँदा बागलुङ उच्च जाेखिममा रहेकाे र सरकारकाे निर्देशन बमाेजिम टेष्टका लागि यहाँबाट आवश्यक सहयोग हुनेछ। उनका अनुसार बागलुङमा आवश्यक सामान पठाइने छ। साथै जनशक्तिको आवश्यक परे पनि पठाइने छ।

जिल्लाकाे र्‍यापिड रेस्पाेन्स टिमलाई तयारी अवस्थामा राखिएको छ। बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुराउकाे नेतृत्वमा साे टिम गठित छ। बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने छ।

टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र संक्रमणको शंका लागेकाहरुको परीक्षण गरिने तयारी छ।

यसैबीच, काेराेना संक्रमण राेकथाम तथा व्यवस्थापनका लागि गठित प्रदेशस्तरकाे स्वास्थ्य निर्देशनालयकाे समितिले आइतबार विभिन्न विषयगत समितिसँग छलफल गरेकाे जनाइएकाे छ। सरकारकाे निर्णय बमाेजिम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकले ३ जिल्लामा टेष्ट टोली पठाउन लागिएको बुझिएको छ।

गण्डकीका ११ जिल्लामध्ये हालसम्म ७५ जनाकाे नमुना टेस्ट भएकाे छ। जसमा २ जनाकाे नतिजा पाेजेटिभ र ७३ जनाकाे नेगेटिभ छ।  यहाँ कुल ९३ जनाकाे स्वाव नमुना लिइएकामा १८ जनाकाे नतिजा आउन बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार विज्ञप्तिमार्फत जनाएकाे छ।

केही दिनदेखि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना परीक्षण सुरू भएकाेमा यहाँ ४६ जनामध्ये २८ जनाको नेगेटिभ र अन्य १८ काे नमुना आउन बाँकी छ । गण्डकीमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गाेरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन्।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width