लायन्स क्लव अफ पोखरा भिजिटद्धारा राहत वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
IMG_3436

लायन्स क्लव अफ पोखरा भिजिटले राहत वितरण गरेको छ । देश लकडाउनमा भईरहेको अवस्थामा पोखरा महानगरपालिका को वडा नं ५ मा भाडामा बस्ने मजदुरको लागी जीवनयापनमा समस्या भन्ने समाचार  सार्वजनिक भएपछि क्लवका खेलकुद निर्देशक राजु पौडेलको अगुवाईमा वडा सदस्य अन्जु क्षेत्रीको रोहवरमा नमुना आदर्श आमा समुहलाई खाधान्न वितरणको जिम्मा दिएको क्लवका सचिव सुरेन्द्र लामिछानेले बताउनु भयो ।

क्लवको तर्फबाट हामिले सहयोग गरेता पनि यस महान कार्यमा क्लवका निश्चित साथिको मुख्य योगदान रहेको क्लवका प्रथम उपाध्यक्ष कमल पौडेलले जानकारी दिनु भएको छ। यस अभियानमा मुख्य अभियन्ता राजु पौडेल सहित रामहरि वाग्ले, सुरेन्द्र लामिछाने, महेन्द्र सापकोटा, सुमित पौडेल, धर्म शर्मा, रमेश ढुङगाना, पोमिल लामिछानेले खाधान्न सहयोग गर्नु भएको थियो । खाधान्नमा चामल १५० केजी, अण्डा ८४० वटा, केराउ २५ केजी, सोयाबिन ३५पोका, बिस्कुट १२० पुरिया, सेनेटाइजर १२ पिस, नून १०पोका, तेल ५ लिटर, चिउरा ७ केजि रहेको थियो ।

नमुना टोल विकास समुहका अध्यक्ष तारा आचार्यले आफ्नो टोलमा आएर सहयोग गर्नुका साथै वितरणको जिम्मा दिएकोमा क्लव परिवारलाई धन्यवाद दिदैँ अवस्था हेरी वितरण गर्ने बताउनु भयो। वडा नं ५ का वडा सदस्य अन्जु क्षेत्रीले लायन्स क्लव अफ पोखरा भिजिटलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width