पोखरामा मोटरसाइकल दुर्घटना हुँदा पुनको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
photo 20

पोखरा, २० चैत । पोखरा–१४ चाउथेमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा पोखरा–२६ वुढीवजार निवासी ३८ वर्षीय निमबहादुर पुनको मृत्यु भएको छ ।

पोखरा–१४ खसीबजार चोक नजिकैको सडक छेउको नहरकुलोमा ग ११ प ८२८१ नम्बरको मोटरसाइकल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । पुन सोही मोटरसाइकलले थिचिएको अवस्थामा थिए ।

प्रहरीले विहीबार विहान पुनको शव र मोटरसाइकल नहरकुलोबाट बाहिर निकालेको छ । बुधबार राति कतिवेला दुर्घटना भएको हो भन्ने वारेमा कुनै जानकारी भएको छैन् । नहरकुलोमा रातिदेखि शव र मोटरसाइकल रहेको थियो । विहीवार स्थानीय एक महिलाले उक्त दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width