अतिविपन्न परिवारलाई आद्य सहयोग गर्न साढे २ करोडको राहत कोष

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७६
p 19

दैनिक मजदुरी गर्ने बेसाहारा बृद्धबृद्धालाई लकडाउनले समस्या पारेपछि राहतको खाद्यन्न वितरण गर्दै पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष दर्शन लामा।

पोखरा, १९ चैत । अतिविपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका परिवारलाई सहयोग गर्न पोखरा महानगरपालिका कार्यालयले साढे २ करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार विज्ञप्ति मार्फत गरी २ करोड ४८ लाख ५० हजार रूपैयाँको राहत कोष स्थापना गरेको जानकारी दिए ।महानगरपालिकाले २ करोड राखेको छ भने कर्मचारीबाट ४८ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ ।

महानगरका ३३ वटै वडा कार्यालयबाट असहाय, अतिविपिन्न र दैनिक ज्यालादारी मजदुरहरूको नामावली संकलन शुरु गरिएको छ । सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजपत्रका आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए। प्रत्येक परिवारलाई २ हजार रुपैयाँ बराबर खाद्यान्न सामग्री उपलब्ध गराइने छ । महानगरले राहत कोषमा सहयोग गर्न विभिन्न संघ–संस्था, बैंक, वित्तीय संस्था, उद्यमी, व्यवसायी तथा आन नागरिकलाई आग्रह समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width