पोखरा १७ चैत । पोखरा महानगरपालिका वडा न. १२ मा विदेशबाट आएका १९ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन ।
विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडा सदस्य विष्णु विकले जानकारी दिइन् ।
वडा सदस्य विकका अनुसार बिदेश बाट वडामा आएका नागरीकहरुको घर घरमा गई उनीहरुको स्वास्थ्यस्थिति बुझी होम क्वारेन्टाइन मै रहन सुझाव दिइएकोे र विदेश वाट आउने नागरीकहरुको घरमा पहेँलो रङ लगाइ पहिचान गरिएको छ । सो को विवरण वडा समिति १२ ले दैनिक रूपमा जानकारी लिएको बताइन् ।
उनले सचेतनाका लागि घरदैलो, माइकिङ र विभिन्न संचारमाध्यमबाट सन्देश प्रसारण गरिएको उल्लेख गर्दै, विषम परिस्थितिमा राज्य र महानगरले जारी गरेका निर्देशन पालना गर्न वडाबासीलाई आग्रह गरीएको उनले बताइन ।
पोखरा महानगरपालिका १२ ले भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्केको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडाका विभिन्न स्थानहरुमा किटनासक विषादी छरीएको हो ।
विकका अनुसार वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएको र विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ । अति विपन्न र ज्यालादारी मजदुरलाई परिचल खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने बताइन् । आफ्नो वडा बासीलाई यो माहमारीबाट बचाउन आफुहरु अवरात्र खटी रहेको सदस्य विकले बताइन् ।
Related News
सम्बन्धित समाचार
साइक्लिङमा जमुनाको जमाना
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८