पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश नै लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी गराएका छन् ।
जिसीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पोखरा नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरेको उल्लेख गरिएको छ । महानगरका ३३ वटै वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएकोले विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । अति विपन्न र ज्यालादारी मजदुरलाई परिचल खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए ।
एकद्वार प्रणाली मार्फत् प्रभावकारी ढंगले राहत वितरण गरिने भएकाले इच्छुक सबैमा पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गरी सहयोग पु¥याइदिन हुन प्रमुख जिसीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् । यस कोषबाट अति विपन्न परिवार र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाईप्रति परिवार २ हजार रुपैंयाँ बराबरको खाद्यान्न सामग्री उपलब्धि गराइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपाल सरकारले घोषणा गरे अनुसार २०७६-१२-११ देखि चैत २५ गते सम्म देश नै लकडाउन भएकाले यसले हाम्रो दैनिकीलाई कष्टकर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कठिन परिस्थितिमा संयम र सचेत भई घर भित्र बसेर आफू पनि बाच्न र अरुलाई पनि बचाउन नगरवासीलाई आग्रह गर्दै अहिलेसम्म यहाँहरुले गर्नुभएको सहयोगप्रति पोखरा महानगरकापालिका धन्यवाद ज्ञापन गर्दछ ।’
महामारीसँग जुध्ने कार्य कष्टपूर्ण भएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारको एकल प्रयासले मात्र यो संकटबाट पार पाउन कठिन भएकाले विपद्को यस घडीमा आम जनता, विभिन्न संघसंस्था, बैक, वित्तीय संस्था, सहकारी, उद्यमी, व्यापारी लगायत सबैमा सहयोगको आह्वान गरिएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा नेपालसहित पर्यटकीय सहर पोखरा पनि उच्च जोखिममा रहेको भन्दै विज्ञप्तिमा महामारीलाई रोकथाम र न्यूनीकरण गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको अब पनि लागिरहने उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१