काठमाण्डौ, १६ चैत । मन्त्रिपरिषदको बैठक आइतबार बस्दै छ। बैठकले कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसअघि चैत ९ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।
‘अहिले मुलुकमा कोरोना भाइरस महामारीले जनजीवनमा जुन प्रभाव पारिरहेको छ, त्यस विषयमा मन्त्रिपरिषदमा छलफल हुनेछ,’ प्रेस सल्लाहकार थापाले लकडाउनलगायत विषयमा पनि छलफल गर्ने तयारी भएको छ । आजको बैठकले लकडाउन लम्ब्याउने तयारी पनि गरेको स्रोतले दाबी गरेको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने लकडाउनबारे निर्णय गर्ने अधिकार कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिलाई नै भएको बताए । कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि पूरै देशलाई लकडाउन (बन्द) गरिरहेको छ।
तर नेपालमा पनि एकपछि अर्काे कोरोना संक्रमित व्यक्ति थपिइरहेकाले थप लकडाउनको अवधि थप गर्नुपर्ने देखिएको छ। शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ । प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले लकडाउन लगायत विषयमा निर्णय गर्ने गरेको छ। आज बस्ने मन्त्रिपरिषद बैठकले उक्त समितिले गरेका कामको समीक्षा र थप तयारीका विषयमा निर्णय गर्ने बताइएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१