राजेशचन्द्र राजभण्डारी, बागलुङ, चैत ११ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस बिरामीको उपचार गर्ने सामग्री नभएको भन्दै बागलुङ सदरमुकाममा रहेको मुक्तिनाथ हस्पिटल सुचना टाँसेर बन्द गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ मा संचालित निजी क्षेत्रबाट संचालित मुक्तिनाथ हस्पिटलले कोरोना भाइरसको बिरामीको उपचार गर्दा स्वास्थ कर्मिले प्रयोग गर्ने सुरक्षा संयन्त्र नभएको कारण देखाएर ३ दिनको लागि बन्द गरेको अस्पतालका संचालक सन्तोष रावलले बताए ।
एकातिर कोरोनाको महामारी फैलिदो अबस्थामा भएको हस्पिटलमा काम गर्ने स्वास्थ कर्मीको बिमा पनि नभएको र काम गर्दा चाहिने स्वास्थ्य सम्बन्धि सामाग्री कै कारणले केही दिनको लागि अस्पताल बन्द गर्नु परेको रावलले बताए ।
अहिले बिश्वको सबै ध्यान स्वास्थ माथि भइरहेको समयमा भएको अस्पताल बन्द गर्नु गैरजिम्मेवार पुर्ण काम भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।अस्पतालको लागि के के सामग्री आवश्यक परेको हो त्यो ल्याउन आफुहरूले सहयोग गर्न तयार भएको पौडेलले बताए ।अहिले सबै समस्या एकातिर पन्छाएर मान्छे को जीवन बचाउन काम गर्नुपर्ने बेला हो पौडेलले भने ।
सरकारले निजी क्षेत्रका हस्पिटललाई पनि कोरोना को बिरामीको उपचार गर्न कम्तीमा दुईवटा आइसोलेसन वार्ड बनाएर सहयोग गर्नु भनिरहेको समयमा बागलुङको मुक्तिनाथ हस्पिटलले सम्पुर्ण हस्पिटल बन्द गर्नुलाई स्थानीयले राम्रो मानेका छैनन् ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७