जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि मंगलबार जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन थालेदेखि नै जापान र आइओसीमाथि ओलम्पिक सार्न चर्को दबाब बढेको थियो । जापानका प्रधानमन्त्री सिन्जी अबेको विशेष प्रस्तावमा यो निर्णय लिइएको हो । तर, जापानले अर्को बर्ष गरिने ओलम्पिक चाँडै गरिने भन्दै यस्को लागि मिति र तालिका तोक्न आइओसीसँग माग गरेको छ ।
कोरोनाको संक्रमण बढेसंगै अन्योलमा परेको ओलम्पिक अन्ततः अर्को बर्ष गर्ने घोषणा गर्दै यसबर्षका लागि स्थगित गरिएको हो । अन्योलका बीच पनि ओलम्पिक टर्च भने जापान पुगेको छ । ओलम्पिकको उद्गम मुलुक ग्रीसबाट ओलम्पिक टर्च शुक्रबार जापान पु¥याइएको थियो । ओलम्पिक टर्च हेर्नका लागि नै कोरोना भाइरसको भयलाई भुलेर हजारौ संख्याको जापानी नागरिक सडकमा उत्रिएका थिए ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१