रगत अभाव हुन नदिन रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
3

पोखरा महानगरपालिका वडा १७ को संयोजन तथा नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

वडाध्यक्ष तीर्थराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै संकटको बेला रेडक्रसले गरेको रक्तदानले ठूलो राहत पुग्ने बताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री धर्मराज अधिकारी, महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपा वडा १७ का सचिव ईश्वरीप्रसाद लम्साल, नेपाली काँग्रेस वडा १७ का सभापति देवीप्रसाद आचार्य, रेडक्रस सोसाइटी कास्की शाखाकी उपमन्त्री उर्मिला खडका भण्डारी लगायतले रेडक्रसले गरेको कार्यको प्रशंसा गरेका थिए ।

रगतको अभाव कम गर्न पोखरा–१७ का विभिन्न स्थानमा रक्तदान कार्यक्रम भएको थियो । जसमा छोरेपाटनमा ६६ यूनिट, सुशान्त जागृतिटोल पार्दी बिरौटा–३० युनिट, जेके हार्डवयर्स पार्दी बिरौटामा २६ यूनिट,ड्यामसाइडमा १० युनिट, बिरौटाचोकमा १२ युनिट, आयुर्वेद पथमा १८ युनिट संकलन भएको थियो ।

कार्यक्रमको अध्यक्षता रेडक्रस पोखरा १७ उपशाखा सभापति भपिन्द्रराज रेग्मीले गरेका थिए । कार्यक्रम संचालन सचिव हरिप्रसाद लम्साल र स्वागत मन्तव्य उपसभापति हरिप्रसाद श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width