खानेपानी संस्थानले मनायो ३१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
khanepani

पोखरा । नेपाल खानेपानी संस्थानले आफ्नो ३१ औं वार्षिकोत्सव पोखरा शाखासहित देशभरका २४ शाखामा विशेष कार्यक्रम गरी मनाएको छ ।संस्थानको पोखरा स्थित शाखामा विहीबार भएको कार्यक्रममा बोल्दै कार्यालय प्रमुख इञ्जिनियर आशीष कार्कीले संस्थान रहेमात्र कर्मचारीको मनोवल बढ्ने र सर्वपक्ष हित हुने बताए । उनले पोखरेली उपभोक्ताको हितमा संस्थान क्रियाशील भएर लागेको बताउँदै छिटोभन्दा छिटो पानीको महशुल तिर्न लाइन बस्ने समस्या समाधान गर्ने उल्लेख गरे ।

उनले अनलाइन बिलिङ प्रणाली शुरुआत गर्दै घरमै बसेर पैसा तिर्ने व्यवस्था छिट्टै गरिने बताए । पोखरा शाखामा प्लाज्मा टेक्नोलोजिस्ट काठमाडौंले अनलाइन सेवा प्रदान गरेको छ । युनाइटेड सोलुसन्स काठमाडौंका सफ्ट्वेयर इन्जिनियर ऋतेषकुमार बिष्टले नेटवर्किङमा प्राविधिक समस्या नआउने बताए । प्लाज्मा टेकका अध्यक्ष निर्मल सेढाईँले सिंगो संस्थानलाई एउटै सफ्टवेयरमार्फत् सेवा दिने सकिने बताउँदै संस्थानले उपलब्ध गराउने डाटाका आधारमा उपभोक्तालाई पेमेन्टमा सहजता ल्याउन सकिने बताए ।

पोखरा शाखाका प्रशासन प्रमुख दीपेश्वर मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थान हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवले संस्थानको आकार ठूलो बन्दै आएको बताए ।
कार्यक्रममा प्रशासन प्रमुख मण्डलले पोखरा शाखाका वर्ष उत्कृष्ट कर्मचारी प्रेमकुमारी अधिकारी, रुककुमार श्रेष्ठ, भरत पराजुली र रामप्रसाद अधिकारीलाई केन्द्रीय कार्यालयबाट प्रदान गरिएको पुरस्कार घोषणा गरे । यस्तै, पोखरा शाखाका अनील शर्मा सुवेदी र हेमजा शाखाका प्रधुम्न बस्नेतले गजल तथा हाइकु वाचन गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।कार्यक्रममा कर्मचारीले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेको सीमाना केसीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width