हेमजामा व्यायामशाला उद्घाटन

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
hemja bayam sala progrem photo

हेमजा ।हेमजामा खुला व्यायामशाला उद्घाटन गरिएको छ । स्थानीय दिव्यदृष्टि क्लबको पहल तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा तल्लो हेमजा क्षेत्रमा निर्माण गरिएको व्याायमशालाको महानगरका मेयर मानबहादुर जिसीले बुधवार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मेयर जिसीले सवारीसाधनबेगर एक पाइला पनि नचाल्ने प्रवृत्ति नेपालीमा बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै त्यो स्वास्थ्यका लागि हानिकारक भएको औँल्याए। उनले नेपाली विगतको तुलनामा सुखी बन्दै गए पनि नहिड्दा विभिन्न रोगले च्याप्ने कारण त्यस्तो खुसी दीर्घकालीन बन्न नसक्ने भनाइ राखे ।मेयर जिसीले व्यायामशालामा टायल बिछ्याउन पनि निर्देशन दिए ।ठाउँको व्यवस्थापन गरे हेमजाका अन्य क्षेत्रमा पनि व्यायामशाला स्थापना गर्न महानगर तयार रहेको उनले प्रष्ट पारे।

हेमजामा निर्माणाधीन मध्यपहाडी लोकमार्ग कास्कीकै नमूना सडक भएकोले उक्त सडकसँग जोडिएका भित्री सडकहरु पनि सोही अनुसारका हुनुपर्ने उनको तर्क थियो।हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले व्यायामशाला निर्माण गरेकोमा क्लबप्रति आभार जनाउँदै माथिल्लो हेमजा क्षेत्रमा पनि व्यायामशाला निर्माण गर्नुपर्ने खाँचो औँल्याए । आफूले वडाको समानुपातिक विकास चाहेपनि तल्लो हेमजा क्षेत्रमा सोचेअनुसार विकास गर्न नसकिएको उनको भनाइ थियो। वडाध्यक्ष तिम्सिनाले हेमजालाई हेर्ने महानगरको दृष्टिकोणका फराकिलोपना आउनुपर्ने पनि बताए।

क्लबका पूर्व अध्यक्ष मीनबहादुर थापाले व्यायामशाला निर्माणमा सहयोग गरेकोमा महानगरप्रति आभार प्रकट गर्दै उपयोगितामा जोड दिए । हाल क्लबको समितिले रचनात्मक कार्य गर्दै आएको उनले औँल्याएका थिए।क्लब अध्यक्ष मनोज कार्कीले दिव्यदृष्टि खेलमैदानमा बास्केटबल तथा भलिवल कोट निर्माण गर्ने योजना सुनाउँदै त्यसमा पनि सहयोग गर्न मेयर समक्ष आग्रह गरे।क्लब अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व अध्यक्ष थापाले स्वागत तथा क्लब सचिव विकल थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै