राइनो गोल्डकप फाइनलमा आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
NPC Vs Chyashal, Rhinos Gold Cup

नवलपुर । राइनो गोल्डकप फुटबल उपाधिका लागि विभागीय डर्बी भिडन्त हुने भएको छ ।

गोल्डकपको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएको हो ।

नवलपुरमा भएको दोस्रो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेपछि आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त हुने भएको हो । पुलिसको जितमा बुद्ध तामाङले दुबै गोल गरेका हुन् । उनले दुवै गोल दोस्रो हाफको ५३ र ७८ औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । खेलमा बुद्ध ‘म्यान अफ दी म्याच’ चुनिए ।

यसअघि, पहिलो सेमिफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको सेमिफाइनल प्रवेश गरेको थियो । नवलपुरमा भएको खेलमा हिमालयन शेर्पाको चुनौतिलाई ५–१ को भारी गोल अन्तरले पन्छाउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो ।

आर्मीको जितमा सुदिल श्रेष्ठले ह्याट्रिक गरे । आर्मीका लागि सन्तोष तामाङ र राजीव गुरुङले १/१ गोल गरे । शेर्पाका लागि विजय श्रेष्ठले एक मात्र शान्त्वना गोल गरे ।

एकसिंगे गैंडा संरक्षणका लागि वर्षेनी आयोजना गरिदैं आएको यस संस्करणको प्रतियोगितामा १० टोली सहभागिता थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै