हेमजा ।अन्नपूर्ण–३, पाउँदुर, धारापानीस्थित शिवालय मन्दिरको सर्वाङ्र्गीण विकासका लागि आयोजित शिवमहापुराण धनधाञ्याचल महायज्ञमा झण्डै १ करोड बचत सफल भएको छ ।महायज्ञमा कुल १ करोड २३ लाख ५ हजार ८ सय २५ आम्दानी भएकोमा संचालन खर्च कटाएर ९५ लाख २८ हजार ८ सय ३८ बचत हुन आएको शुक्रवार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । त्यस्तै मूल आयोजक समितिले विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिलाई पनि सम्मान गरेको छ ।
वडाध्यक्ष चन्द्रबहादुर गुरुङले मन्दिरलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने तर्क गरे । उनले विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी मन्दिरको स्तरोन्नति गर्नुपर्नेमा जोड दिँदै भगवान् शिवको शक्तिका कारण महायज्ञ सफल भएको औँल्याए।मूल आयोजक समिति अध्यक्ष रामचन्द्र पौडेलले सबैको साथ सहयोगबाट यज्ञ सफल भएको औँल्याए ।उनले यज्ञमा व्यक्त लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि पाउँदुरवासीको उल्लेख्य सहयोग पाइरहने विश्वास लिए।सहअध्यक्ष कुलबहादुर गुरुङ कुलुले यज्ञमार्फत पाउँदुरवासीको एकता झल्किएको स्पष्ट पारे ।हाल विदेशीमा रहेका पाउँदुरवासीको पनि सहयोग जुटाएर मन्दिरको विकास गर्नुपर्नेमा जोड दिएका कुलुले शिवालयलाई शिवधामका रुपमा विकास गर्नुपर्ने योजना सुनाए।
कोषाध्यक्ष भेषराज पौडेलले मन्दिरलाई विशेष धार्मिकस्थलमा रुपमा विकास गर्नुपर्ने धारणा राखे । मन्दिर व्यवस्थापन समिति सचिव फणिन्द्रप्रसाद पौडेलले यज्ञमा सोचे बढी सफलता हासिल गरेको तर्क गरे ।उनले मन्दिरको पुनःनिर्माणका लागि समिति गठन गरी स्रोतको खोजी गरेर निर्माण कार्य थाल्नुपर्ने बताए । कार्यक्रमबीच सचिवालय सदस्य मदनप्रसाद पौडेलले यज्ञको आम्दानी तथा खर्चबारे जानकारी दिए ।गत माघ १० देखि १८ सम्म महायज्ञ चलेको थियो ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१