काठमाडौं, १० फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेब्रुअरीका अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७६ को आयोजना गरिएको छ । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालको सम्पत्ति भएको बताए । उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।
उनले भने “समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।”नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदै देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गरे । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राखे ।
नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तराष्ट्रिय मातृभाषा दिवस बङ्गलाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बङ्गलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताए । उनले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सीमाना नहुने भएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताए ।
प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३ भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ ओटा कविता वाचनका लागि छनोट गरेको बताए । प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथि प्रकाश पारे ।कार्यक्रममा युनेस्को काठमाडौैँ कार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गर्नुभएको कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । महोत्सवमा अतिथि कविका रूपमा भारतको असमबाट आएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गरेकी थिइन् । समारोह सुरु हुनुअघि विभिन्न समुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेको थियो । झाँकी प्रज्ञा परिसर, घन्टाघर, बागबजार, पुतली सडक हुँदै पुनः प्रज्ञा भवन आई समारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षक प्रदर्शनी गरिएको थियो । झाँकी टोली र कविता वाचनमा सहभागी कविहरूलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१