दोश्रो वेगनास कप तयारी अन्तिममा

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
begnas

लेखनाथ । महाशिवरात्री अवसरमा वेगनासताल किनारमा फागुन ९ देखि १७ सम्म हुने दोश्रो बेगनास सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक बेगनास युवा क्लबले मंगलबार बेगनासताल किनारमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लबलाई पत्राचार, खेल सामग्री व्यवस्थापन लगायतका कामहरु सकिएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए ।युवालाई लगानी गरौं भन्ने सोचलाई मूर्तरुप दिन दोश्रो पटक वेगनास युवा क्लबले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक सुवास थकालीले बताए ।

विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५/५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।वेगनासताल बाँध नजिकै मैदानमा हुने खेलमा करिब ३५ टिमको सहभागिता रहने अनुमान गरिएको टिम संयोजक सुरेन्द्र पुनले बताए ।

प्रतियोगितामा ७ लाख ५० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ भने प्रतियोगिताबाट हुने बचत रकमबाट खेल मैदान मर्मत, सरसफाइ अभियान र क्लबका विभिन्न सामाजिक कार्यक्रममा खर्च गरिने अध्यक्ष रानाभाटले बताए ।क्लबले विभिन्न प्राकृतिक विपत्ति एवं दैवी प्रकोपका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ भने साथै बृहत् वेगनासताल सरसफाइ अभियान पनि सफलताका साथ ८९ औं हप्तासम्म सम्पन्न गरिसकेको छ ।कार्यक्रम सहसंयोजक विज्ञान कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संचारकर्मी सचिन रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै