पोखरा, १ फागुन । खसआर्य संग्रहालयको विहीवार शिलन्यास गरिएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण शुरु गर्न लगिएको संग्रहालय शिलन्यास गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गरेका हुन् ।
सो अवसरमा मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने र यसमा कुनै राजनीतिक रुपमा नलिई संघीयतालाई मजबुत बनाउनुपर्ने बताए । आदिवासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना बुझन्न सबै जातिले जिम्मेवारी लिनुपर्ने बताए । पूर्व मन्त्री एवं प्रदेश सासंद कुमार खड्काले जातीय सद्भावका लागि खस आर्य संग्राहलय महत्वपूर्ण हुने बताए ।
प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने सबैको सहभागिता रहने संग्राहलय निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेश सांसद बिन्दु कुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताए । त्यस्तै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले संग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए ।
निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जि.सी.ले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी १ वर्ष भित्र ७ करोडको लागतमा पूर्ण रुपमा संचालन गर्ने योजना रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट संग्राहलय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मिला खड्का, सचिव पदमबहादुर कार्की, पण्डित सोमनाथ सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१