कुवेतमा ६ नेपालीको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
d18acca7c72e6d17ecb8faf25fdccf28_w1000_h500_cp

काठमाण्डौ, २ फागुन । रोजगारीका लागि कुवेत पुगेका ६ नेपाली युवाले ज्यान गुमाएका छन् । कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको बालुवाढुंगाको ढिस्कोले पुरिएर ज्यान गएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

दुर्घटनामा आठ जना नेपाली परेकोमा २ जना घाइते भएका छन्। माघ २९ गते भएको उक्त घटनाका मृतकमध्ये चार जनाको पहिचान खुलेको दूतावासले विज्ञप्तिमार्फत जनाएको हो। उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् भने बाँकी दुई जनाको पहिचान खुलेको छैन। उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको जनाएको छ । घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन्।मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width