बसले ठक्करबाट नायिका महिमा सिलवाल र उनकी वैनी शर्मिलाको मृत्यु

एजेन्सी
फागुन १, २०७६
1581566524mahima_silwal

धादिङ, १ फागुन । धादिङको गजुरीमा बसले ठक्कर दिँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको मृत्यु भएको छ ।

धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ६ धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी शर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो ।

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया शर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।

डीएसपी खड्काका अनुसार सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए। यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको बताइएको छ । ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width