पोषणसम्बन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
palpa

पाल्पा ।बगनासकाली गाउँपालिका–२, पोखराथोक स्वास्थ्य चौकीमा बस्तीस्तरीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।

पोखराथोक स्वास्थ्य चौकीले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाको वडा २ भित्र रहेका सुनौला हजार दिनका गर्भवती महिला, परिवार र सरोकारवालालाई पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । बगनासकाली गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यक्रमबाट आर्थिक तथा प्राविधिक सहयोगमा भएको अभिमुखी करण कार्यक्रमका प्रमुख अतिथि बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्यले बालमैत्री स्थानीय शासनमा पोषणको महत्व, बालअधिकार र बाल संरक्षण लगायतका विषयमा जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज सरोज काफ्लेले विशेषगरी घरमै उत्पादन भएका पोषणयुक्त खानाको अधिकतम प्रयोग गर्नतर्फ सुनौला हजार दिनका आमाहरूलाई अभिप्रेरित गरे । उनले बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात् जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मष्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनका बच्चाको वृद्धि विकासको लागि मातृशिशुको स्वास्थ्य र पोषणमा परिवारले ध्यान दिनुपर्ने बताए । सन्तुलित भोजन सेवन गरेमा आमा र शिशु दुवै स्वस्थ रहने हुँदा प्रत्येक आमाहरूले के खाँदा फाइदाजनक हुन्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडा २ का वडाध्यक्ष टेकनाथ शर्माले प्रत्येक व्यक्ति आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत रहनुपर्ने भन्दै विशेषगरी शिशुको स्वास्थ्यप्रति आमा मात्र नभई परिवारका हरेक सदस्यको उत्तीकै जिम्मेवारी हुने बताए । जनता प्राविका प्रधानाध्यापक विश्वनाथ गैरेले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि गर्भावस्थादेखि बच्चा जन्मिएपछि २ वर्षसम्म खानपानमा विशेष ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा अन्य वक्ता र सहभागीहरूले हरेक व्यक्ति स्वस्थ र सक्षम बन्नका लागि सन्तुलित भोजन पहिलो आवश्यकता भएको बताएका थिए । सो अवसरमा कार्यक्रममा पोषिलो खानाको जानकारी, र वडाभित्र वसोबास गर्ने सुनौला हजार दिनका आमाहरूलाई अण्डासमेत वितरण गरिएको थियो ।

बगनासकाली २ का वडाध्यक्ष टेकनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्लेले गरेका थिए ।कार्यक्रममा वडाका गर्भवती, सुत्केरी आमा, महिला स्वास्थ्य स्वयंसेवीका, सहयोगी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमलाई सामाजिक स्रोत विकास केन्द्र, नेपालको समन्वय र बगनासकाली गाउँपालिका बालमैत्री स्थानीय शासन कार्यक्रमको आर्थिक सहयोग थियो ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width