आर्वाको जंगलमा हत्यागरी फालिएको अवस्थामा महिलाको शव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
unnamed

पोखरा,२८ माघ । पोखरा–१३ आर्वाको मुलबाट उत्तरतर्फ डाँडाको जंगलमा सोमवार साँझ हत्या गरेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

दाउरा संकलन गर्न गएका स्थानीय महिलाले दुर्गन्ध फैलिएपछि गएर हेर्दा महिलाको शव देखेका थिए, शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४० वर्षीया ती महिलाको शरिर दुई टुक्र पारेर दुई वटा बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । दुई वटा बोराको दुरी ३५–४० मिटरको फरकमा फेला परेको थियो ।

कम्मर माथिको भाग र कम्मर मुनीको भाग गरी दुईवटा बोरामा बाँधेर फालिएको अवस्थामा थियो , प्रहरी निरीक्षक थापाले अनुसार घटनाको प्रकृति हेर्दा एक हप्ता अघि ती महिलाको हत्या गरेको देखिन्छ, हत्या गरेर फालिएकी महिलाको परिचय खुल्न सककेो छैन भने घटना घटाउने व्यक्तिको पनि पहिचान हुन न सकेको छैन । ती महिलालाई कम्मरमा धारिलो हतियार प्रयोगगरी दुई टुक्रा पारिएको छ । प्रहरीले ती महिलाको शवका टुक्रा संकलन गरी शल्य परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जानकारी दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width