पत्रकारलाई सूचनामा सहज पहुँच हुनेछः नवलपुर सिडियो

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
cdo nawalpur

कावासोती । पूर्वी नवलपरासी जिल्लामा नयाँ प्रमुख जिल्ला पीताम्बर घिमिरेले पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय नवलपुरबाट सहज सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार नवलपुरका पत्रकारहरुसँग गरिएको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।नवलपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको सरुवा पछि पीताम्बर घिमिरे नवलपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् ।

घिमिरे यस अघि नवलपुरमै इलाका प्रहरी कार्यालयमा प्रमुखको रुपमा कार्यगरिसकेका अधिकारी हुन् ।उनले नवलपुर जिल्लामा हुने तस्करी, भ्रष्टचारी कालो बजारी अन्त्यका लागि सबैसँग समन्यव गरेर काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै