९ हजारद्वारा विज्ञान प्रदर्शनी अवलोकन

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
simultation

पोखरा ।पोखरामा जारी बृहत् विज्ञान प्रदर्शनीमा विज्ञानप्रति रुचि राख्ने विद्यार्थी तथा अभिभावकको चासो बढेको छ ।

सिमुलेसन साइन्स सेन्टरको आयोजनामा माघ १५ देखि जारी प्रदर्शनीमा शनिबारसम्म झण्डै ९ हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको आयोजक संस्थाका कार्यकारी निर्देशक प्रतीक्षा थापाले जानकारी दिइन् । नेपालमै पहिलोपटक पोखराबाट शुरु गरिएको प्रदर्शनीमा बाल कक्षादेखि १२ सम्मका विद्यार्थीको सहभागिता बढ्दो रहेको उनले बताइन् । उनका अनुसार तहगत पाठ्यपुस्तकमा आधारित रहेर विभिन्न १० बढी ‘शैक्षिक शाखाहरु समावेश गरिएके छ ।

विद्यार्थी तथा आमअभिभावकले इञ्जिनियरको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिज्म, अवलोकन तथा प्रयोग गरिरहेको छन् । विद्यालयहरुबाट प्रि–बुकिङ मार्फत अवलोकनको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक इरज श्रेष्ठले जानकारी दिए । माघ २९ सम्म हुने प्रदर्शनीमा कास्की सहित, छिमेकी जिल्लाहरुबाट समेत बुकिङ आएका उनले बताए ।

प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री समेत राखिएको हुनाले जीवनमा एक पटक हेर्नै पर्ने प्रदर्शनीका रुपमा आफूहरुले यस प्रदर्शनीलाई लिएको संयोज श्रेष्ठले दाबी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै