कास्की मोडर्नाज्डका रोशन घर्तीमगर बने, हिसान कास्की लोकनृत्य आइडल

आदर्श समाज सम्वाददाता
माघ २४, २०७६
Hissan Lok Nritya

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीका रोशन घर्तीमगर प्रथम हिसान कास्की आइडल बनेका छन् ।

यसको साथै रोशनले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आयोजना गरेको दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिताको उपाधि जितेका छन् ।

उपाधिसँगै रोशनले २० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगितामा न्यू लाइट सेकेन्डरी स्कुलकी अन्जना गुरुङ फस्ट रनर–अप बन्दै १५ हजार पुरस्कार प्राप्त गरिन् । सेकेन्ड रनर–अपमा भाष्कर मेमोरियल स्कुलकी अन्जु गुरुङ बनिन् । गुरुङले १० हजार नगद हात पारिन् । प्रतियोगितामा ५ हजारसहित सान्त्वना पुरस्कार ताराकुञ्ज इंलिस बोर्डिङकी डोलमाया गुरुङले जितिन् । कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ लगायतले विजेतालाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले हिसानले कला र संस्कृति जोगाउने काम गरेका उल्लेख गरे । मन्त्री गुरुङले दोस्रो मुलुकबाट भित्रिने संस्कृतिले आफ्नो मौलिकता हराउने भन्दै सबै मिलेर नेपाली संस्कृति जोगाउनुपर्नेमा जोड दिए ।

हिसान कास्की अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक विष्णुनारायण श्रेष्ठ, जिल्ला विकास तथा समन्वय ईकाई प्रमुख नारायणप्रसाद सुवेदी, प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद शर्मा, युनिप्स अध्यक्ष शान्तकुमार गुरुङ, हिसानका उपाध्यक्ष याम रोका, सचिव दिवाकर जैसी, हिसानका सदस्य प्रेमराज अधिकारी लगायतले बोलेका थिए ।

प्रतियोगितामा निर्णायक समितिमा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठ, नृत्य निर्देशक संघका केन्द्रीय सदस्य रञ्जना सिटिसो र नृत्य निर्देशक प्रदीपमान श्रेष्ठ थिए ।

प्रतियोगितामा बालकलाकार प्रिन्स लम्साल, लोकगायक तारापती सुवेदी, माया गुरुङ लगायतले मनोरञ्जनात्मक प्रस्तुति राखेको हिसान कास्कीका सहसचिव नारायण शर्मा चापागार्इँले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width