पर्यटन प्रवद्र्धनमा स्की च्याम्पियनसीप

आदर्श समाज सम्वाददाता
माघ १६, २०७६
ski 1

पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा १, मुक्तिनाथ परिसरमा स्की प्रतियोगिता हुँदैछ । नेपाल स्की संघको आयोजनामा माघ २० मा तेश्रो राष्ट्रिय च्याम्पियनसिप स्की प्रतियोगिता हुन लागेको हो । आयोजकका अनुसार उक्त प्रतियोगिताको पूर्वसन्ध्यामा माघ १८ र १९ गते निःशुल्क तालिम समेत प्रदान गरिने छ ।

संघले हिमाली जिल्लामा हिउँ पर्यटन प्रवद्र्धन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको स् की समन्वयकर्ता सुरज गुरुङले बताए ।बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले समेत यो प्रतियोगिता संचालनमा सघाउने भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर विभिन्न कार्यक्रम संचालन गर्ने योजना समेत रहेको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।गत वर्ष समेत मुस्ताङमा दोश्रो राष्ट्रिय च्याम्पियनसीप भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width