रोहितराज महाराजको भव्य स्वागत

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
gggggg

पोखराअन्तर्राष्ट्रिय ख्यातिप्राप्त भागवत्चार्य रोहितराज महाराजलाई पोखरा ८, रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरले स्वागत सम्मान गरेको छ ।

सिक्किमबाट आएका महाराजलाई मन्दिर सञ्चालक समिति अध्यक्ष लिलाम्बर सापकोटा, चिउली पाचे तमु समाजका प्रमुख सल्लाहकार प्रथम अक्षयकोषदाता एवं समाजसेवी डब्लु्ओटु गमबहादुर गुरुङ, समाजसेवी तथा धार्मिक व्यक्तित्व मोति गिरी लगायतले स्वागत सम्मान गरेका हुन् ।

सो अवसरमा समाजसेवी गमबहादुर गुरुङले महाराजसँगको भेटले खुसी लागेको भन्दै पोखरामा अन्तर्राष्ट्रिय ध्यानकेन्द्र स्थापना गर्ने सोच रहेको जानकारी गराए । सो अवसरमा समाजसेवी गुरुङले आफ्नी आमा देउकुमारी गुरुङको स्मृतिमा १ लाख ५१ हजार ५ सय ५५ रुपैयाँ मन्दिरलाई हस्तान्तरण गरे । त्यस्तै, उनले आफ्नी धर्मपत्नी तीलकुमारी गुरुङ उपस्थितिमा मन्दिरका ज्येष्ठ नागरिक कम्मल र आर्थिक सहयोग समेत प्रदान गरे ।

कार्यक्रममा महाराजले समाजसेवी गुरुङको आस्थाप्रति प्रशंसा गरे । सो अवसरमा सिक्किमका मिलन सिलवालले मन्दिरका भारतीय रुपैयाँ २२ हजार सहयोग गरे । स्मृति पुस्तकालय संरक्षक दीलमाया अछामी र उनीकी धर्मपत्नी विजया अछामीले आफ्नो २३ औं विवाहगाँठ अवसरमा ५ हजार प्रदान गरे ।

कार्यक्रममा चिउली पाचे तमु समाज अध्यक्ष सु.रणबहादुर गुरुङ, चिउली पाचे तमु समाजआवद्ध आमा समूह पदाधिकारी, मन्दिर पुजारी, समिति पदाधिकारी लगायतको उपस्थिति थियो ।
श्रीकृष्ण प्रमाणमी मन्दिर सञ्चालक समिति अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चिउली पाचे आमा समूह अध्यक्ष पदमसुब्बा गुरुङले स्वागत मन्तब्य र कार्यक्रम संचालन समाजसेवी तथा धार्मिक व्यक्तित्व मोति गिरीले गरेका थिए ।
..

Related News

सम्बन्धित समाचार

hero news full width