पोखरा । घरेलु आदर्श क्लब र लमजुङको त्रिवेणी युवा क्लब उपाधिका लागि मुख्यमन्त्री कप लिग फुटबलको फाइनल भिड्ने भएको छ ।
कास्कीको लिग लिडर क्लब र पाहुना टोली लमजुङको त्रिवेणीले प्रतियोगिता अन्तर्गत सोमबारको सेमिफाइनल खेलमा जित निकाल्दै फाइनलमा आमने–सामने हुने भएको हो ।
पोखरा–लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली कास्कीले तनहुँको भिमाद फुटबल क्लब र दोस्रो सेमिफाइनलमा लमजुङको त्रिवेणीले स्याङ्जाको होराइजन क्लबलाई हराउँदै फाइनल पक्का गरेको हो ।
आदर्श युवा क्लबले तनहुँमाथि टाइब्रेकरमा ५–३ ले जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निर्धारित ८० मिनेट र थप गरिएको समयमा समेत दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा भिमाद फुटबल क्लबका दीपक थापा गोल गर्नबाट चुके । उनको पेनाल्टी सूटआउटलाई आदर्शका कीपर विश्वास क्षत्रीले बचाउ गरेको थियो ।
आदर्शको तर्फबाट प्रहार गरेको पाँचै खेलाडीको पेनाल्टी गोलमा परिणत भएको थियो । आदर्शका बेलप्रसाद गुरुङ, अर्जुन गुरुङ, समीर कार्की, सुलेमान थापामगर र अर्जुन मगरको प्रहार गोलमा परिणत भएको हो ।
भिमादको दीपक थापाको प्रहार रोकिएपछि दबावमा रहेको भीमादका अन्य तीन खेलाडीले हानेको पेनाल्टी सूट आउट गोलमा परिणत भएको थियो । भिमादका राजन श्रेष्ठ, सुमिन थापा र विनोद घिमिरेले गोल गर्न सफल भए । आदर्शका गोलकीपर विश्वास क्षत्री ‘म्यान अफ दी म्याच’ बने ।
दोस्रो सेमिफाइनलमा लमजुङको त्रिवेणी क्लबले स्याङजाको होराइजन क्लबलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लमजुङको जितमा सन्दीप राना, आशिक गुरुङ र नवराज गुरुङ नायक बने ।
खेलको शुरुवाती तेस्रो मिनेटमै लमजुङका सन्दीपले टोलीलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि आशिक गुरुङको गोलबाट लमजुङले दोब्बर अग्रता बनायो । खेलको ७२ औं मिनेटमा नवराज गुरुङले निर्णायक तेस्रो गोल गरे ।
स्याङ्जाका लागि भने ७५ औं मिनेटमा सरोजकुमार क्षत्रीले शान्त्वना गोल फर्काए । लमजुङका सन्दीप राना ‘म्यान अफ दी म्याच’ बने ।
प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो १ बजे हुने आयोजक अखिल नेपाल फुटबल संघ गण्डकी प्रदेश समितिले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने म्याच कमिशनर एलबी ज्वारचनले बताए ।
ज्वारचनका अनुसार प्रतियोगिताको उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले समान ५÷५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१