रेडक्रस ओरष्टे उपशाखाको सातौं साधारण सभा

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Secretary General As Sy in NRCS office with Red Cross workers_0

पोखरा, १३ माघ । नेपाल रेडक्रस सोसाइटी ओरष्टे उपशाखा विरुवा –४ स्याङजाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको प्रमुख अतिथि विरुवा गाउँपालिका ४ का वडाध्यक्ष थमनराज गुरुङले उद्घघाटन गर्दै मानवीय सेवामा काम गर्ने रेडक्रसले जनचाहना र आवश्यकता अनुसार काम गर्नुपर्ने बताए । विशेष अतिथि रेडक्रसका जिल्ला सदस्य नारायणप्रसाद पोखरेलले रेडक्रसले विपत्तिको बेलामा गरेका कार्यहरु प्रशंसनीय भएको बताए ।

संस्थाका सचिव डिआर पोखरेलले ओरष्टेमा हालसम्म पनि एउटा एम्बुलेन्स नभएको हुँदा सबै मिलेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नुपर्ने आवश्यकता भएकोले सहयोग गर्ने आग्रह गरे । सचिव पोखरेलले रेडक्रसले अबको उद्देश्य भनेको ओरष्टेमा एम्बुलेन्स सञ्चालन गर्ने गरेको बताए ।

उपशाखा सभापति गंगाधर शर्माको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य सोमनाथ शर्मा, निवर्तनमा सभापति तारापति शर्मा, दिव्यप्रकाश माविका प्राचार्य टुकनारायण शर्मा, उपसभापति दिलीप थापा, सहसचिव ज्योतिप्रकाश थापा, सदस्य पीताम्बर शर्मा र आजीवन सदस्य अच्यूत पोखरेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width