भलिबल कप्तान शाही १ लाख रुपैयाँको प्रतिभा पुरस्कारबाट सम्मानित

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Aruna Shahi (1)

पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।

पोखरा ३ नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा शाहीले पु¥याएको योगदानको कदरस्वरुप उनलाई सम्मान गरेके हो । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टीमले अहिलेसम्मकै उच्च प्रदर्शन गर्नुको साथै सम्पन्न साग गेममा रजत पदक जितेको थियो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट १ लाख रुपैयाँ सहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उक्त विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । यसअघि, अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित गरिसकेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई सम्मान गरेको थियो । यस्तै, एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले नेपाली महिला भलिबलले देशकै प्रतिष्ठा बढाएको उल्लेख गरे ।

साही अवसरमा पहिलो प्रयासमै त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको प्लस टु कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।कार्यक्रमको समापनको अवसरमा विद्याललय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए । विद्यालयले गत साउनमा कक्षा १२ को परीक्षामा नेपालभरमै सर्वोत्कृष्ट जिपिए ल्याउने मध्ये एक आफ्नी छात्रा शुरती पाण्डेलाई डेढ लाख नगदसहित सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width