पोखरा । नेपाल राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय खेलाडी संघ (एनएनआइपीए) ले २०७५ सालमा उत्कृष्ट खेल प्रदर्शन गरेका २८ खेलका खेलाडीलाई ‘एनएनआइपीए’ स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ ।
संघले फागुनको ६ गते बसन्तपृुर डबलीमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गर्न लागेको हो । अवार्ड कार्यक्रमलाई काठमाडौं महानगरपालिका, ग्लोबल आइएमई बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहयोग गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
अवार्डमा गत वर्ष इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्स (एसियाड) मा सहभागिता २८ खेलका १ जना उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । खेलाडीको छनोट प्रत्येक संघको सिफारिसका आधारमा हुने बताइएको छ ।
संघले फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लनटेनिस, कबड्डी, फेन्सिङ, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, स्पोर्ट्स क्लाइम्बिङ, पेन्कक सिलात, कुराँश, रोलर स्पोर्टस्, बास्केटबल, तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, कराँते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्तीका खेलाडीलाई अवार्ड प्रदान गर्नेछ ।
उत्कृष्ट खेलाडीले अवार्ड सहित समान १०/१० हजार रुपैयाँ पाउनेछन् । तिमध्ये एक पुरुष र एक महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट दुई जनाले समान १/१ लाख रुपैयाँ पाउनेछन् ।
पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा ‘गजराज आदर्श खेलाडी’ को अवार्डबाट एक जना खेलाडीलाई ३५ हजार रुपैयाँ सहित सम्मान गरिने संघले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१