जितबहादुरलाई कखरा स्कुलको सम्मान

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Main Photo, Jeet Bdr KC, Samman

काठमाण्डौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी कखरा स्कुलबाट सम्मानीत भएका छन् ।

कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा कखराका प्रबन्ध संचालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसापत्र र नगद सहित सम्मान गरेका हुन् ।

सन १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसीपको म्याराथनमा केसीले कांस्य पदक जितेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै