पुरुषतर्फ एपीएफ र हेल्प नेपाल क्लब च्याम्पियनसीपको फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
Volleyball, Club Championship (1)

काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसीपको उपाधिका लागि भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा विभागीय एपीएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२, २५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

बिहीबार नै भएको अर्को सेमिफाइनल नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले एपिएफसँगको फाइनल भेट पक्का गरेको हो । हेल्प नेपालले पुलिसलाई २५–२१, २५–१६ र २५–१५ ले हरायो । हेल्प नेपाललाई ३ भारतीय खेलाडीको साथ रहेको छ ।

एपीएफ र न्यू–डायमण्ड महिलातर्फको फाइनलमा

क्लब च्याम्पियनसीप भलिबलको महिलातर्फ विभागीय एपीएफ र न्यू–डायमण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विभागीय एपीएफले अर्को विभागीय पुलिसलाई र न्यू डायमण्डले आर्मीलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका हुन् ।

विभागीय एपीएफले अर्को विभागीय पुलिसलाई २५–१५, २५–१६ र २५–२२ ले हराएको थियो । त्यस्तै, न्यू डायमण्डले आर्मीलाई २५–१५, २५–२२ र २५–१३ ले पराजित गर्दै फाइनल पुगेको हो ।

शुक्रबार, महिला पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । फाइनलमा पुरुषतर्फ एपीएफ र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ । महिलातर्फ विभागीय एपीएफ र न्यू–डायमण्ड स्पोर्टस् एकेडेमीबीच हुनेछ ।

त्यसअघि, दुवैतर्फको तेस्रो स्थानको खेल हुनेछ । महिलातर्फको तेस्रो स्थानका लागि विभागीय क्लबहरु पुलिसविरुद्ध आर्मीले खेल्नेछ । शुक्रबार नै पुरुषतर्फको तेस्रो स्थानका लागि विभागीय पुलिसविरुद्ध आर्मीले खेल्नेछ ।

नेपाल भलिबल संघ (एनभीए)को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पुरसकार पाउनेछन् । त्यस्तै, दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै