ओली र मोदीले आइसिपीको संयुक्त उद्घाटन गर्ने

एजेन्सी
माघ ७, २०७६
nepal-india-diplomacy_d1d0a444-56d9-11e8-ae13-d985d3701f4e

पोखरा, ७ माघ । भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको मंगलवार उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा आइसिपी उद्घाटन गर्न लागेका हुन् । दुबै प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारबाट र समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आइसिपी उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो।

जोगबनीमा आइसिपी निर्माण गर्दा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ। आइसिपीमा भन्सार, अध्यागमन, भण्डारण, पार्किङ, बैँकिङ सुविधा लगायतका सेवा उपलब्ध छन् । करिब १ सय ७० विघा क्षेत्रफलमा निर्मित आइसिपी सञ्चालनमा आएपछि नेपालको व्यापार र पारबाहन सहज हुने नेपालका लागि भारतीय राजदूत निलाम्बर आचार्यले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width